Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • मोक्तान भाइबाट प्रेरणा लिन अग्रजहरुको आग्रह, यसरी सम्झे 'म्हेन्दो'का सम्पादकलाई
मोक्तान भाइबाट प्रेरणा लिन अग्रजहरुको आग्रह, यसरी सम्झे 'म्हेन्दो'का सम्पादकलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २९, २०८३

काठमाडौं– भाषाविद् अमृत योञ्जनले तामाङ भाषाको पहिलो हस्तलिखित पत्रिका ‘म्हेन्दो’का सम्पादक मोक्तान भाइ (शेरबहादुर मोक्तान) तामाङ समुदायको प्रेरक व्यक्ति भएको बताएका छन् । सोमबार मोक्तानको निधनको सातौं दिनको तिथिमा तामाङ पत्रकार संघले आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले उक्त भनाइ राखेका हुन् ।

जस्तोसुकै अवस्थामा पनि लेख्नुपर्छ भन्ने छाप छाडेर मोक्तान भाइ यस लोकबाट बिदा भएको योञ्जनको भनाइ थियो । ‘उहाँबाट जुनसुकै परिवेशको परिवेशको सामना गर्नुपर्छ र सिर्जनालाई रोक्नु हुदैन भन्ने प्रेरणा लिनुपर्छ,’ उनले भने । वि.सं. १९९८ मा भोजपुरमा जन्मिएका मोक्तान भाइको यही असार २३ गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।

मोक्तानले विभिन्न अप्ठ्यारा परिस्थिति सामना गरेर पनि ८६ वर्षको उमेरसम्मै पनि लेखन जारी राखेको भाषाविद् योञ्जनले बताए । उनले मोक्तान भाइसँगका भेटका प्रसंगसमेत साझा गरेका थिए । moktanbhai6-1783963405.jpg
 

Hardik health

मानवशास्त्री डा. मुक्तसिंह लामाले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो समुदायको हितका लागि काम गर्नुपर्छ भन्ने प्रेरणा मोक्तान भाइबाट लिन सकिने बताए । त्यसैगरी देशको शासन व्यवस्था अनुकूल नहुँदा पनि साहित्यमा कटिबद्ध भएर लागिपर्ने व्यक्तिका रुपमा मोक्तान भाइलाई आफूले पाएको डा. लामाको भनाइ थियो ।

‘आफ्नो जीविकाबाट बाहिर निस्केर तामाङ समाज साहित्य र दर्शनमा निरन्तर खोजिरहने । प्रतिकूल वातावरण हुँदा पनि मुख्य प्रेरणा लिनुपर्ने देखिन्छ,’ उनले भने, ‘अर्कोचाहिँ पाँचवटा व्यवस्थाविरुद्ध उहाँले संघर्ष गर्नुप¥यो । उहाँलाई चाहिँ राज्यले एक किसिमको ह्यारेसमेन्ट ग¥यो । त्यसलाई पनि जुध्दै हामी जानुपर्दो रहेछ भन्ने प्रेरणा हामीले लिनुपर्छ ।’ म्हेन्दो पत्रिकाका सम्पादक मोक्तान भाइले पञ्चायतकालदेखि माओवादी शासनकालसम्म पनि दुःख भोगेको सर्जकहरुले बताए । Moktanbhai3-1783963433.jpg
 

लेखक तथा अनुसन्धाता रवीन्द्र तामाङले मोक्तान भाइ मातृभाषा पत्रकारिताको सुरुवातकर्ता भएको उल्लेख गर्दै उनी अनुकरणीय व्यक्ति भएको बताए । ‘मोक्तान भाइ जसले हाम्रो पत्रकारिताको इतिहासलाई आरम्भ गर्नुभयो । मातृभाषाको पत्रकारिताको सुरुवात गर्नुभयो । त्यस मानेमा उहाँ हाम्रो अनुकरणीय व्यक्तित्व हुनुहुन्छ,’ लेखक तामाङले भने । तीन वर्षअघि आफ्नो भेट भएको प्रसंग सुनाउँदै उनले मोक्तान भाइको लेखनमा रहेको ‘नेपाल ओछ्यान, ओछ्यानमा, ओछ्यानमा’ शीर्षकको कविता सुनाएका थिए । अर्का लेखक तथा अनुसन्धाता खोजराज गोलेले मोक्तान भाइको नामकरण, उनले गरेको संघर्षबारे चर्चा गरेका थिए । खादाबारे मोक्तान भाइले निकै अघि नै सुन्दर बयान गरेको र यसै विषयले बेलाबेला प्रशासनमा तारिख धाउनुपरेको प्रसंग लेखक गोलेले निकालेका थिए । Moktanbhai5-1783963468.jpg
 

सैलुङ अनलाइनका सम्पादक एवं अनुसन्धानकर्ता इन्द्र तामाङले आफू मोक्तान भाइको ‘ह्याण्डराइटिङ’बाट प्रभावित भएको बताए । ‘उहाँ दुई–तीन घण्टा लेख्नुहुन्थ्यो । उहाँको ह्याण्डराइटिङ स्किल देख्दा म त छक्क परेँ,’ सम्पादक तामाङले भने, ‘एकपटक लेखेपछि त्यो काट्नै पर्दैनथ्यो । अन्त सार्नै पर्दैनथ्यो ।’ moktanbhai2-1783963510.jpg
 

तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले मोक्तान भाइको योगदानलाई स्मरणीय बनाइराख्न संघले काम गर्ने बताए । ‘तामाङ भाषा पत्रकारिताको इतिहास लामो रहेछ । यसको जग बसाल्ने काम गर्नुहुने मोक्तान भाइको योगदानलाई जीवित राख्न तामाङ पत्रकार संघले संस्थागतरुपमा चाँडै निर्णय लिने छ,’ उनले भने । वि.सं. २०१६ मा भोजपुरबाट तामाङ भाषाको हस्तलिखित पत्रिका ‘म्हेन्दो’ मोक्तान भाइ र गणेश योञ्जनको सम्पादनमा प्रकाशन भएको थियो ।


प्रकाशित मिति: सोमबार, असार २९, २०८३  २३:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP