Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ५, २०८२

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरे पनि त्यसको पालनामा सरोकारवालाहरुले बेवास्ता गरिरहेका छन् । आयोगले अनुगमन गर्दै उल्लंघन गर्नेमाथि स्पष्टीकरण सोध्ने काम गरिरहेको छ । तर, दल र उम्मेदवारहरु जिम्मेवार बनेका छैनन् । सोमबारदेखि आयोगले निर्वाचन प्रचारप्रसारका लागि खुला गरेको छ । यससँगै दल र उम्मेदवारहरुले आमसभादेखि विभिन्न माध्यमबाट चुनावी प्रचार सुरु गरेका छन् । यसरी प्रचार अभियान खुला हुँदा आचारसंहिता उल्लंघनका घटना थप बढ्नसक्छ ।

आयोगले यसैलाई मध्यनजर गर्दै ६४ बुँदे निर्देशन जारी गरेको छ । आयोगले राजनीतिक दल र दलका प्रतिनिधिका नाममा आइतबार जारी गरेको निर्देशनमा कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुनेलगायत उल्लेख छ । 

स्थानीय प्रशासनको अनुमति लिएरमात्र सार्वजनिकस्थलमा सभा, जुलुस गर्न आयोगले आग्रह गरेको छ । यसैगरी विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने, प्रचारमा बालबालिकाको प्रयोग नगर्न वा नगराउन आयोगले निर्देशन दिएको छ । यसैगरी निर्वाचनमा कुनै पनि धर्मको नाममा र कुनै साम्प्रदायिक विद्वेष फैलाउनेगरी प्रचारप्रसार नगर्न वा मत नमाग्न भनेको छ । निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईवटा दुई पांग्रे वा तीन पांग्रे वा चार पांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोगबाहेक अन्य सवारीसाधन र घोडा प्रयोग नगर्न निर्देशन दिएको छ ।

Hardik health

आयोगले जारी गरेको निर्देशनका यी बुँदाहरु कार्यान्वयन हुने हो भने पक्कै पनि निर्वाचन निष्पक्ष हुने छ । तर, दल र उम्मेदवारहरुले यसको पालना गर्नेमा आशंका छ । मतदातालाई प्रलोभनमा पार्न जुनसुकै हर्कत गर्ने प्रवृत्ति विगतका निर्वाचनहरुमा देखिएकै हो । त्यो प्रवृत्ति यो पटक नदोहोरियोस् । आयोगले निर्देशन जारी गरेर मात्र हुँदैन, यसको अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ र उल्लंघन गरिएको भेटिए तत्काल कारबाही चलाउनुपर्छ । यसतर्फ आयोगको ध्यान जाओस् । साथै, उम्मेदवार र राजनीतिक दलहरुले पनि जिम्मेवार बनेर निर्देशन कार्यान्वयन गर्नुको विकल्प छैन । किनकि, निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी सबैको हो ।
 


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP