Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • रविलाई तत्काल उन्मुक्ति नदिन कास्की अदालतको आदेश
रविविरुद्धको संगठित र सम्पत्ति शुद्धीकरण मुद्दा रविलाई तत्काल उन्मुक्ति नदिन कास्की अदालतको आदेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ५, २०८२

तत्काल उन्मुक्ति दिने महान्यायाधिवक्ताको निर्णय अस्वीकार

  • रविलाई उन्मुक्ति दिने प्रयासमा रुपन्देहीपछि कास्की अदालतको रोक
  • सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाको आरोपत्र संशोधन गर्न अस्वीकार
  • सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको आदेश पर्खिंदै दुई अदालत 
  • तीन मुद्दा थाप्लोमा बोकेर चुनावी प्रचारमा रवि 
  • लगालग दुई अदालतले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अस्वीकार गरेपछि महान्यायाधिवक्ता सविता भण्डारीमाथि नैतिक दबाब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन दुई जिल्ला अदालतले अस्वीकार गरेका छन् । रुपन्देही र कास्की जिल्ला अदालतले तत्काल मुद्दा फिर्ता लिन अस्वीकार गरेका हुन् । 

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा हुने आदेशलाई दुवै जिल्ला अदालतले कुर्ने भएका छन् । गत पुसमा महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । लगत्तै कास्की, रुपन्देही, काठमाडौं र पर्साका अदालतहरूलाई मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी थिइन् । यी जिल्लाहरूमा लामिछानेविरुद्ध संगठित र सम्पत्ति शुद्धीकरण मुद्दा छन् । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयहरूले मुद्दा फिर्ताका लागि आरोपपत्र संशोधनको निवेदन पेस गरेका थिए । कास्की अदालतमा पनि निवेदन थियो ।

उक्त निवेदनको सोमबार सुनुवाइ गर्दै न्यायाधीश नितिश राईको एकल इजलासले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नलिन आदेश दियो । न्यायाधीश राईले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेका हुन् । 

Hardik health

इजलास अधिकृत गुरुदेव आचार्यका अनुसार सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय हुने न्यायाधीश राईको इजलासबाट भएको हो । यसअघि रुपन्देही अदालतले यस्तै प्रकृतिको आदेश गरेको थियो । ६ माघमा न्यायाधीश श्यामलाल घिमिरेको इजलासले निवेदनमाथि सुनुवाइ गर्दै आदेश दियो, ‘उक्त विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै रहेको बुझिन आएकोले त्यसको अन्तरिम आदेशको विषयमा अन्तिम टुंगो लागेपछि मात्रै पेस गर्नू ।’

लगालग दुई अदालतले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अस्वीकार गरेपछि महान्यायाधिवक्ता भण्डारीमाथि नैतिक दबाब परेको छ । भण्डारीले ३० पुसमै मुद्दा फिर्ता लिनेगरी आरोपपत्र संशोधन गराउन निर्णय गराएकी हुन् । दुई गम्भीर मुद्दाबाट लामिछानेलाई उन्मुक्ति दिने षड्यन्त्रको आधारमा आरोपपत्र संशोधनको प्रयास भएको हो । उस्तै प्रकृतिको अन्य प्रतिवादीको मुद्दा फिर्ता नलिने तर रविको मात्रै लिने महान्यायाधिवक्ताको निर्णय विवादित नै भयो ।

विवादकै कारण महान्यायाधिवक्ता भण्डारीले अन्यको पनि मुद्दा फिर्ता लिन आरोपपत्र संशोधनमा स्वीकृति दिने निर्णय गरिन् । त्यो निर्णयले लामिछानेमात्रै नभई गोर्खा मिडियाका सबै (५० जना) आरोपीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उन्मुक्ति हुन्थ्यो । तर, सर्वोच्चमा २ माघमै त्यसविरुद्ध युवराज सफलको रिट दर्ता भयो । त्यहाँ ८ जेठमा सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशहरू मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकियो । तर, न्यायाधीश ढकालले हेर्न नमिल्ने भयो । 

त्यसपछि अर्को पेसी ११ माघमा तोकियो । न्यायाधीशहरू मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार अभियोगपत्र संशोधन गर्ने थप प्रमाण के फेला परेको हो ? सक्कल फाइलसहित पेस गर्न आदेश दियो । 

यससँगै लामिछानेसहित ५० जना सहकारी ठगी आरोपीहरूविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको हो । यदि कास्की र रुपन्देही अदालतले सरकारी वकिल कार्यालयको निवेदनअनुसार आरोपपत्र संशोधन गरेको भए लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, लीला पछाइ, सहकारीका पूर्वअध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईले उन्मुक्ति पाउने थिए । सहकारी पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समिति संयोजक सागर केसी, सदस्य दिनेश रोका, ललिता तमाङ, लेखा अधिकृत सृष्टि मानन्थर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्धको पनि आरोपपत्र संशोधन हुने थियो । तर, अदालतको आदेशले यो प्रक्रिया रोकियो ।

लामिछाने हाल चुनावी अभियानमा छन् । कतिपय मतदाताले सहकारी ठगी गरेको भन्दै उनलाई प्रश्न गर्दै आएका छन् । उनी यसमा जवाफविहीन हुँदै आएका छन् ।  
 


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP