काठमाडौं- परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएका छन् ।
परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।
परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहनुहुनेछ । उहाँ यही फागुन ७ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।