Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास
युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ४, २०८२

सियोल- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै उत्तर कोरियाले प्योङयाङमा नयाँ आवासीय जिल्ला निर्माण सम्पन्न गरेको जनाएको छ । युद्धमा खटिएका सैनिकप्रति सम्मान प्रकट गर्ने र आन्तरिक एकतालाई सुदृढ बनाउने सन्देशसहित यो कदम सार्वजनिक गरिएको हो ।

राज्य सञ्चारमाध्यमले सोमबार प्रसारित गरेका तस्बिरहरूमा नेता किम जोङ उनलाई नयाँ सडक ‘सेपिओल स्ट्रिट’मा हिँडिरहेको र परिवारका लागि बनाइएका घरहरूको अवलोकन गरिरहेको देखिन्छ । उनीसँग उनकी छोरी किम जु एई पनि उपस्थित रहेको बताइएको छ ।

किम जु एईलाई राज्य प्रचारमा बढ्दो रूपमा देखाउन थालिएको छ । उक्त अवसरमा उनले ‘युवा शहीदहरू’ ले मातृभूमिका लागि सबै बलिदान दिएको भन्दै उनीहरूका परिवारप्रति राज्यको दायित्व निर्वाह गरिने प्रतिवद्धता व्यक्त गरेकाे बताइएको छ ।

Hardik health

हालका महिनाहरूमा प्योङयाङले युक्रेन युद्धमा सहभागी सैनिकहरूको भूमिकालाई सम्मानपूर्वक प्रस्तुत गर्ने प्रचार अभियान तीव्र बनाएको छ । स्मारक पर्खाल स्थापना, सङ्ग्रहालय निर्माण तथा विभिन्न सार्वजनिक कार्यक्रममार्फत युद्धमा खटिएकाहरूलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गरिएको छ । विश्लेषकहरूका अनुसार यस्तो कदमले बाह्य मोर्चामा संलग्नताबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई नियन्त्रण गर्दै आन्तरिक समर्थन मजबुत पार्ने उद्देश्य राखेको देखिन्छ ।

उत्तर कोरियाले हालैका महिनाहरूमा हजारौँ सैनिकसँगै तोपखाना र मिसाइलसहित ठूलो परिमाणमा सैन्य सामग्री रुस पठाएको जनाइएको छ । यसले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्ध प्रयासलाई सघाएको विश्लेषण गरिएको छ । यही बीच, प्योङयाङले वासिङ्टनसँगको अलग्गै तनावपूर्ण सम्बन्धको सामना गरिरहेको छ । दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले गत साता सांसदहरूलाई दिएको जानकारीअनुसार युद्धमा तैनाथ करिब छ हजार उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका अनुमान गरिएको छ ।

यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । यसअघि गत वर्ष करिब ६०० जनाको मृत्यु भएको अनुमान प्रस्तुत गरिएको थियो । गुप्तचर अधिकारीहरूको आकलनमा उत्तर कोरियाली सेनाले आधुनिक युद्धको अनुभवसँगै रूसी प्राविधिक सहयोग पनि प्राप्त गरिरहेको छ, जसले उनीहरूको हतियार प्रणालीको कार्यक्षमता सुधार्न सहयोग पुर्‍याउन सक्छ ।

नयाँ आवासीय सडकको उद्घाटन यसै महिनाको अन्त्यमा हुन लागेको सत्तारूढ पार्टीको प्रमुख सम्मेलनअघि गरिएको हो । सो सम्मेलनमा किमले आगामी पाँच वर्षका लागि आन्तरिक तथा वैदेशिक नीतिका प्राथमिकता सार्वजनिक गर्ने र शासन नियन्त्रण अझ कडा बनाउने थप कदम घोषणा गर्ने अपेक्षा गरिएको छ । युद्धको मोर्चाबाट फर्केका वा त्यहाँ ज्यान गुमाएकाहरूका परिवारलाई राज्यको संरक्षणमा ल्याउने यो पहललाई त्यसै रणनीतिक सन्दर्भमा हेरिएको छ ।

 


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP