Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन बिच मंगलबार भेटवार्ता हुँदै
प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन बिच मंगलबार भेटवार्ता हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ४, २०८२

नयाँदिल्ली-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन बिच मंगलबार मुम्बईमा भेटवार्ता भई भारत-फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उद्घाटन गर्ने जनाइएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोन फेब्रुअरी १७-१९ सम्म भारतको आधिकारिक भ्रमणमा रहने तथा प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतले आयोजना गरेको “एआई इम्प्याक्ट“ शिखर सम्मेलनमा भाग लिनेसमेत जनाइएको छ । 

फेब्रुअरी-१७ दिउँसो ३ः१५ बजे उनीहरुले मुम्बईको लोक भवनमा द्विपक्षीय छलफल गर्ने आधिकारिक विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा उनीहरूले भारत–फ्रान्स रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्ने अपेक्षा गरी गएको छ । उनीहरूको छलफल रणनीतिक साझेदारीलाई सुदृढ पार्ने र नयाँ तथा उदीयमान क्षेत्रहरूमा विविधीकरण गर्ने विषयमा केन्द्रित हुने  जनाइएको छ ।

Hardik health

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोनले क्षेत्रीय र विश्वव्यापी महत्वका सवालहरुमा पनि विचार आदान–प्रदान गर्ने जनाइएको छ ।म्याक्रोनको भ्रमण रक्षा, अन्तरिक्ष, आणविक ऊर्जा, जलवायु, शिक्षा र जनता–जनता आदानप्रदानमा भारत र फ्रान्स बीचको साझेदारीको पृष्ठभूमिका बिच भएको उल्लेख गरिएको छ ।

विदेश मन्त्रालयका अनुसार मुम्बईमा उनीहरुले एमओयू आदान – प्रदान गर्नेछन् । होटल ताजमहल प्यालेसले भारत–फ्रान्स इनोभेसन फोरमको आयोजना गर्नेछ भने गेटवे अफ इन्डियामा भारत–फ्रान्स इनोभेसन र सांस्कृतिक स्मारकको उद्घाटन हुने छ ।इमानुएल म्याक्रोन र प्रथम महिला मेडम ब्रिगिट म्याक्रोनले फेब्रुअरी १६–१९ मा भारत भ्रमणको क्रममा मुम्बई र दिल्लीकोसमेत भ्रमण गर्ने जनाइएको छ ।

नव प्रवर्तन वर्ष २०२६ दुवै देशहरूमा वर्षभरि मनाइनेछ भने यसले प्रविधि, अनुसन्धान र जनता आदानप्रदानमा सहयोगलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ । प्रधानमन्त्री मोदीको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भारत भ्रमणले कृतिम बौद्धिकता (एआई)का क्षेत्रमा सहयोग र उदीयमान प्रविधिहरूमा  ध्यान केन्द्रित गर्दै भारत–फ्रान्स रणनीतिक साझेदारीमा निरन्तरताको सङ्केत गरेको जनाइएको छ ।

नयाँदिल्ली एआईका क्षेत्रमा विश्वको सबै भन्दा महत्वपूर्ण वार्तामा केन्द्रित हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल एआई इम्प्याक्ट एक्सपोको उद्घाटन गर्ने तयारी गरेको जनाइएको छ ।प्रधानमन्त्री मोदीले शिखर सम्मेलन अघि, उनले भारत आएका प्रतिनिधिहरूलाई स्वागत गर्ने र इन्डिया एआई इम्प्याक्ट एक्सपो २०२६ को उद्घाटन गर्ने जनाइएको छ ।फेब्रुअरी १६ – २० सम्म, नयाँ दिल्लीमा आयोजित पहिलो अन्तर्राष्ट्रिय एआई शिखर सम्मेलन “इम्प्याक्ट समिट” विश्वव्यापी  एआई भविष्यलाई आकार दिने बताइएको छ ।


 


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP