Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ४, २०८२

प्रतिनिधिसभा सदस्य चुन्ने मिति अब १७ दिनमात्र बाँकी छ । उम्मेदवारहरु आजबाट औपचारिकरुपमा घरदैलो गर्न र प्रचारमा सहभागी हुँदै छन् । यसअघि पनि उम्मेदवारले आफ्नो क्षेत्रका मतदातालाई एकसरो मत मागिसकेका छन् । मत माग्न हरेक दलको र उम्मेदवारको एजेण्डा चाहिन्छ । त्यो घोषणापत्र, वाचापत्र वा प्रतिबद्धतापत्र जेसुकै होस्, मत दिने आधार तय गर्ने रोडम्याप यही नै हो । निर्वाचन आयोगले फागुन ३ गतेसम्ममा सबै दललाई घोषणापत्र ल्याइसक्न भनेको थियो ।

मतदानको दिन तीन हप्तामात्र बाँकी छँदा पनि कतिपय ठुला भनिने दलले घोषणापत्र ल्याएका छैनन् । यसरी घोषणापत्र नल्याउने दलमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी हुन् । आफूलाई पहिलो पार्टी बन्ने र आफ्नो दलको नेताको नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका दलहरुले अहिलेसम्म पनि घोषणापत्र ल्याउन नसक्नुलाई कसरी हेर्ने ?

अरु दलका नेतालाई गाली गर्दै निर्वाचनमा जाने बानी परेका हाम्रा दलहरुलाई पक्कै पनि थाहा छ, अलि छिटो ल्याएका घोषणापत्रमाथि जनताले प्रश्न गर्ने छन् । आफू प्रश्न गर्ने तर अरुको प्रश्नबाट भाग्ने दलीय उम्मेदवारको थिति बनेको देखिन्छ । यसैले चुनावी माहोलले छपक्कै छोपिसकेको छ । कसलाई मत दिने भन्ने विषयमा घोषणापत्रका एजेण्डामा छलफल हुने समय घर्किसकेको छ ।

Hardik health

यस्तो अन्तिम अवस्थामा झारा टार्ने हिसाबले दलहरुले औपचारिकता पूरा गर्नमात्र घोषणापत्र सार्वजनिक गर्ने गरेको देखिन्छ । अहिलेका दल सोच्छन्, एजेण्डाले मत पाउँदैन, नीतिले जित्दैन, अनुहार देखाए पुग्छ । यसरी नै टिकट बाँडेका छन् । लोकप्रियतावादको आडमा बाँडिएका टिकट लिएर उम्मेदवारहरु घरदैलोमा छन् ।

प्रधानमन्त्रीका दाबेदार नेताहरुको क्षेत्रमा चुनावी रन्को छुट्दा अरु क्षेत्र छायामा परेका छन् । प्रमुख दलका उम्मेदवारसँग एजेण्डा नहुँदा उनीहरु घरदैलोमा नमस्कार गर्ने र फर्कनेबाहेक अरु छलफल हुन सकेको छैन । प्रतिनिधिसभाका सदस्यहरुको मुख्य काम ऐनकानुन संशोधन गर्नु हो । विकासको बाटोहरु खोल्नु हो । देशलाई समृद्धिको यात्रामा लैजाने खाका बनाउनु हो ।

ठूला भनिएका दलमा ‘हामीलाई जिताए,’ हुने अरुलाई जिताए नहुने शैलीमा दलहरु प्रस्तुत भइरहेका छन् । राष्ट्रिय हितको मुद्दामा दलहरु एक हुने खालको नीति र एजेण्डा प्रस्तुत गर्न सक्नुपर्छ । यस्ता एजेण्डामा बहस गर्ने पर्याप्त समय दिन दलहरुले उम्मेदवारी फाइनल गरेकै दिन घोषणापत्र ल्याउनुपर्छ । ढिलाइ गरी जनता अलमल्याउने, निर्वाचन आयोगको निर्देशन पनि अटेर गर्ने, अनि औपचारिकतामात्र पूरा गर्ने दल भोलि देश र जनताप्रति जवाफदेही बन्लान् ? यो गैरजिम्मेवारीपनप्रति अहिले नै गम्भीर प्रश्न खडा भइसकेको छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP