Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • ड्रोन विवादमा उत्तर कोरियाको कडा चेतावनी
ड्रोन विवादमा उत्तर कोरियाको कडा चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १, २०८२

सियोल- कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच उत्तर कोरियाले कथित दक्षिण कोरियाली ड्रोन उडान दोहोरिए कडा प्रतिआक्रमण गर्ने स्पष्ट चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको पछिल्लो ‘खेद’ अभिव्यक्तिलाई विवेकपूर्ण कदम माने पनि भविष्यमा यस्ता गतिविधि नरोके परिणाम गम्भीर हुने सङ्केत गरेकी हुन् ।

दक्षिण कोरियाली एकीकरण मन्त्री चुङ डोङ–युङले मङ्गलबार कथित नागरिक ड्रोन उडानप्रति ‘गहिरो खेद’ व्यक्त गर्दै सियोल सरकारले युद्धद्वारा विभाजित दुई राष्ट्रबीच ‘आपसी मान्यता र शान्तिपूर्ण सहअस्तित्व’ चाहेको बताएका थिए । उनको उक्त अभिव्यक्तिपछि किम यो जोङको प्रतिक्रिया सार्वजनिक भएको हो ।

उत्तर कोरियाले गत महिना दक्षिण कोरियामाथि सेप्टेम्बर र जनवरीमा आफ्नो भू–भागमाथि निगरानी ड्रोन उडाएको आरोप लगाउँदै प्रतिशोधको चेतावनी दिएको थियो । तर दक्षिण कोरियाली सरकारले निर्दिष्ट मितिमा कुनै आधिकारिक ड्रोन सञ्चालन नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेको छ । यद्यपि, सीमावर्ती क्षेत्रबाट ड्रोन उडाएको आशङ्कामा तीन जना सर्वसाधारणमाथि अनुसन्धान भइरहेको कानून कार्यान्वयन अधिकारीहरूले बताएका छन् ।

Hardik health

किम यो जोङले चुङको अभिव्यक्तिले ‘विवेकपूर्ण व्यवहार’ देखाए पनि सरकारी स्तरको औपचारिक र पर्याप्त कदम नभएको टिप्पणी गरेकी छन्  । उनले सियोलले यस्ता गतिविधि रोक्न कडा र ठोस उपाय अवलम्बन गर्नुपर्ने धारणा राखेकी छन्  । “उत्तर कोरियाको अपरिहार्य सार्वभौमिकता उल्लङ्घन गर्ने उक्साहट दोहोरिए त्यसले भयानक प्रतिक्रिया निम्त्याउनेछ”, उनले चेतावनी दिइन्  । विभिन्न प्रतिआक्रमण योजना तयार अवस्थामा रहेको र आवश्यक परे तीमध्ये कुनै एक लागू गरिने उनले स्पष्ट गरेकी छन्  ।

अन्तर–कोरियाली मामिला हेर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले कथित ड्रोन उडान तनाव न्यूनीकरणको नीतिसँग मेल नखाने बताउँदै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने जनाएको छ ।विश्लेषकहरूका अनुसार फेब्रुअरीको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको सम्मेलन हुनुअघि उत्तर कोरियाले दक्षिण कोरिया विरोधी भावना चर्काउने प्रयास गरेको हुनसक्छ । सो सम्मेलनका क्रममा नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा ‘दुई–राज्य’ प्रणालीलाई संवैधानिक रूपमा थप्ने प्रस्ताव अघि सार्न सक्ने अनुमान गरिएको छ ।

सन् २०१९ यता दुई कोरियाबीच कुनै सार्वजनिक वार्ता भएको छैन । पछिल्ला वर्षहरूमा आणविक कार्यक्रमलाई लिएर गहिरिँदै गएको गतिरोध र ड्रोन जस्ता घटनाले वैमनस्य झनै बढाएको छ । यस घटनाक्रमले लामो समयदेखि अवरुद्ध संवाद पुनः सुरु गर्ने प्रयासमा थप जटिलता ल्याउने आकलन गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP