Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • निर्वाचन रुपन्देही-२ : उम्मेदवारका बीचमा सालिन प्रचार शैली
निर्वाचन रुपन्देही-२ : उम्मेदवारका बीचमा सालिन प्रचार शैली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १, २०८२

रुपन्देही- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ का उम्मेदवारका बीचमा सालिन प्रचार शैली देखिएको छ ।  प्रचारप्रसारमा अन्य पार्टीका उम्मेदवारको आलोचना भन्दा आफ्ना चुनावी मुद्दालाई आम मतदातालाई बुझाउने गरी प्रचार अभियानमा उनीहरु लागेका  छन् । 

नेकपा (एमाले) का उम्मेदवार बिष्णुप्रसाद पौडेल निर्वाचन चुनावी प्रचारप्रसारका हरेक कार्यक्रम, भेटघाट र छलफलमा आफूले यस क्षेत्रमा अहिलेसम्म गरेका कामका बारेमा मतदातालाई बुझाउने र आगामी योजनाका बारेमा बुझाउने गर्छन् । “चुनावका बेला अन्यलाई गाली गर्ने, आलोचना गरेर हाम्रो समाजको भावनात्मक सम्बन्धमा बिगार्नु भन्दा हामीले यस क्षेत्रको विकासका लागि विगतमा गरेका काम जनतालाई बुझाउन सके मात्र प्रयाप्त हुन्छ”, उनी भन्छन्, “त्यसैले अरुको आलोचना भन्दा जनता माझ हामीले विगतमा गरेका काम र आगामी दिनमा यहाँको विकास र समृद्धिका लागि गर्ने योजनाका बारेमा जनतालाई बुझाउँदा पुग्छ ।”

निर्वाचन प्रचारप्रसारका क्रममा उनले यस क्षेत्रमा आफू पटक–पटक निर्वाचित भएर गएपछि गरेका विकास निर्माणका कामको फेरहिस्तनै प्रस्तुत गरेका छन्र् । संसदीय निर्वाचनमा पटकपटक निर्वाचित भएपछि उनले सरकारमा विभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका  पौडेलले तीन कार्यकाल उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।  नेता पौडेल राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्ति भएकाले जिल्लाको मुख्य केन्द्र मानिने क्षेत्र नं २ मा पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग यसपटक प्राय सबै नयाँ प्रतिस्पर्धी चुनावी मैदानमा नयाँ छन् । नयाँ उम्मेदवारको चुनावी प्रचारप्रसार शैली पनि निक्कै भद्र र शालिन देखिन्छ । यसैले पनि यहाँका मतदाताबाट उम्मेदवारले राम्रो प्रशंसा पाएका छन् ।

नेपाली कांगे्रसका तर्फबाट यही निर्वाचन क्षेत्रमा उम्मेदवार चुन्नप्रसाद पौडेलको चुनावी प्रचारप्रसारको शैली पनि भद्र र शालिन रहेको देखिन्छ ।  उनले राजनीतिक भन्दा सामाजिक क्षेत्रमा आफूले गरेका योगदानसहित मतदाता माझ प्रस्तुत हुनुहुन्छ । व्यावसायिक क्षेत्रबाट आफूले यस क्षेत्रको धार्मिक, सामाजिक र व्यवसायीक क्षेत्रमा रोजगारी जस्ता विषय उनका चुनावी मुद्दा बनेका छन् । उनले पनि आफ्नो विगतको काम र आगामी दिनमा राजनीतिलाई सामाजिक क्षेत्रको रुपमा लैजाने मतदाता माझ प्रतिबद्धता व्यक्त गरे ।

Hardik health

उनले रुपन्देही जिल्लालाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्ने साथै उद्योग व्यापार क्षेत्रमा लगानी मैत्री कानुन निर्माणमा आफ्नो प्राथमिकता रहने चुनावी प्रतिबद्धता जनाउने गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यस क्षेत्रमा उम्मेदवार बनेका सुरज पाण्डे युवा नेता छन् । यस क्षेत्रका लागि नौलो अनुहार रहेपनि उनको बाबुको राजनीतिक विरासतले मतदाता माझ पुग्न सहज बनेको छ । उनका बाबु भक्तिप्रसाद पाण्डे २०६४ सालमा एमाले नेता पौडेलसँग चुनावी प्रतिष्पर्धामा थिए ।  २२ वर्षपछि उनै एमाले नेता पौडेलसँग लडन पुनः छोरा पाण्डे चुनावी मैदानमा आएका छन् । 

तत्कालीन माओवादी जनयुद्धकाल देखिनै बाबु भक्तिप्रसाद पार्टीको केन्द्रीय नेतृत्वसँग जोडिएर योगदान गरेकाले उनले पनि बाबुकै शैलीमा मतदाता माझ सहज र सरल भएर प्रस्तुत गरेका छन् । यसँगै उमेरदेखि तत्कालीन माओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराईको सचिवालयमा बसेर काम गरेकाले पनि उनको सरल र सहज देखिन्छन् ।

युवा उम्मेदवार पाण्डे आफु जेनजी समूहका भावना र पुराना पाका राजनीतिक नेतृत्वको अनुभवलाई एकसाथ अघि बढाउने ऐजेण्डा बनाएका  छन् । उनले आफ्नो यो अभियानले यस क्षेत्रको समग्र विकासलाई समेट्ने बताए ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेल चुनावी मैदानमा छन् ।  रास्वापाबाट उम्मेदवार बनेका खरेल अधिवक्ता हुन् । उनले पनि मतदाता माझ भेट्दा जेनजी आन्दोलन पछिको उपलब्धिलाई संस्थागत गर्ने, भ्रष्टाचार निवारण र सुशासनका विषयलाई चुनावी मुद्दा बनाएर मतदाता माझ पुगेका छन् । 

यस्तै रुपन्देही-२ मा अर्का युवा उम्मेदवार डा कलम भुसाल (निकोलस) पनि प्रतिस्पर्धामा रहेका छन् । चिकित्सकसमेत रहेका भुसाल नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका हुन् । यसअघि विसं २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका डा भुषालको कानुनी प्रक्रियाका कारण निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । 

यो निर्वाचन क्षेत्रमा एमाले नेता पौडेलले विसं २०६४ को पहिलो संविधानसभा, विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचन र विसं २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार निर्वाचित  भएका छन् । पौडेलले २०६४ मा तत्कालीन माओवादी नेता भक्ति पाण्डे, २०७० मा तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, २०७४ मा नेपाली कांग्रेसका नेता युवराज गिरी र २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का गणेश पौडेललाई पराजित गरेका थिए । 

रुपन्देही क्षेत्र नं २ बाट यसपटक ४० जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमालेका उपाध्यक्ष पौडेल, कांग्रेसका व्यवसायीक पृष्ठभूमिका पौडेल, नेपाली कम्युष्टि पार्टीबाट युवा उम्मेदवार पाण्डे र रास्वपाका युवा उम्मेदवार खरेलबीच हुने देखिन्छ । क्षेत्र नं २ मा बुटवल उप-महानगपालिकाका १ देखि १३ नम्बर सम्मका वडा, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडा र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्दछन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा १९ दलका १९ र स्वतन्त्र २० गरी ३९ जना चुनावी मैदानमा छन् । रुपन्देही-२ मा सैनामैना नगरपालिकाको १ देखि ४ नम्बर वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ नम्बर वडा र बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडासम्म समेटिएको छ । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा एक लाख ३५ हजार ५० जना मतदाता रहेका छन् । 

उम्मेदवारले आफैले जित्ने दाबी गरिरहेपनि कसले बाजी मार्छ भन्ने अवस्था अहिल्यै भन्न सकिने अवस्था छैन । एमाले र कांग्रेसको परम्परागत मतसँगै नयाँ थपिएका र बसाइँ सरेर आएका मतदाताको झुकाव कता रहन्छ भन्ने कुराले नै जित–हारको निक्र्यौल गर्नेछ । निर्वाचन नजिकिँदैे गर्दा दलहरु तथा तिनका उम्मेदवारले प्रचारप्रसार गर्ने क्रममा आचारसंहितालाई पनि पालना गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ ।  जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आफूहरुले नियमित आचारसंहिता कार्यान्वयन गराउन अनुगमनलाई निरन्तरता दिइएको बताए । 

उनले आचारसंहिता विपरीतका छिटफुट घटना बाहेक सबै क्षेत्रमा सौहाद्रपूर्ण अवस्थानै रहेको पाइएको बताए । रुपन्देही निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले पनि क्षेत्रमा निर्वाचन आचारसंहितालगायत सुरक्षाका विषयमा हालसम्म कुनै समस्या नदेखिएको बताए । उनले पनि अनुभवी र सचेत उम्मेदवारसँगै सचेत मतदाता भएको क्षेत्रमा प्रायः सबै उम्मेदवारको प्रचार शैलीले आचारसंहिता उल्ङ्घनमा खासै गुनासो नआएको बताए।


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP