Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • ज्यालाका लागि हरेक वर्ष आन्दोलन
ज्यालाका लागि हरेक वर्ष आन्दोलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २९, २०७७
Hardik health
    इलाम — बगानमा कार्यरत आफूहरूलाई तोकिएबमोजिम ज्याला नदिएको र जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूर रोजगारदाता÷उद्योगीसँग असन्तुष्ट छन् । प्रत्येक दुईदुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन् । ‘कोरोनाको यस्तो महामारीमा समेत चिया श्रमिकले जोखिम मोलेर काम गर्दै आएका छन् तर रोजगारदाताहरू संवेदनशील बनेकै छैनन्’, श्रमिकले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘चियाको मूल्य विगतको वर्षभन्दा चार गुणाले वृद्धि भएको छ तर हामीले पाउनुपर्ने सेवासुविधा भने उस्तै छ’, अखिल नेपाल चिया मजदूर संघका अध्यक्ष सीता सापकोटाले भनिन् । श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्ने व्यवस्था छ । विसं २०७७ साउन १ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन । विसं २०७५ साउन १ गतेदेखि वृद्धि भएको दैनिक रु १०७ बराबरको रकम २०७५ साउन १ देखि २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिइ सक्ने भनी २०७६ वैशाख ३० गते सम्झौता भएकामा हालसम्म पनि नपाएको चिया श्रमिकको गुनासो छ । श्रमिकले नयाँ विषयका लागि रोजगारदातालाई ध्यानाकर्षण गराएको नभई कानूनअनुसार ज्याला दिन अनुरोध गरेको चिया श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए । श्रमिकले अहिलेसम्म आङ्खनै ज्यालाबाट सामाजिक सुरक्षा कर तिर्दै आएको भए पनि सूचीकृत नभएकाले त्यसबाट पाउने सेवासुविधासमेत नपाएको गुनासो गरेका छन् । आफूले तिरेको करबाट आएको सेवासुविधा पनि रोजगारदाताले नै लिने गरेपछि श्रमिक आक्रमक भएका हुन् । आङ्खनो ज्यालाबाट तिरेको करबाट आउने सुविधा आफैलाई दिनुपर्नेसमेत श्रमिकले माग गरेका छन् । ‘ज्यालाबाट तिर्ने सञ्चय कोष हामी आफैँले पाउनुपर्छ’, संघका केन्द्रीय अध्यक्ष तामाङले भने, ‘सञ्चयकोष पनि पाइँदैन भने कर तिर्नुको के अर्थ रह्यो र ?’ कोरोना महामारीका समयमा काम गर्दा आफूहरूलाई सतर्क रहने सामग्रीबाट समेत रोजगारदाताले वञ्जित गराएको श्रमिकको भनाइ छ । नेपालमा व्यावसायिक चिया खेती शुरुभएदेखि नै श्रमिक र मालिकबीच टकराव शुरु भएको देखिन्छ । चियाको व्यावसायिक शुरुआत हुँदा त झन् पुरुष, महिला र बालबालिकामै पनि श्रममा विभेद देखिन्छ । चियाको व्यावसायिक इतिहास हेर्दा श्रमिकले २०४७ सालसम्म दैनिक रु १७ ज्यालामा चिया बगानमा काम गर्थे । विसं २०४६÷४७ को जनान्दोलनपछि चिया बगानका श्रमिकले पनि ज्याला वृद्धिको आवाज उठाउन थाले । उनीहरूले पहिलो पटक न्यूनतम ज्याला वृद्धिको माग राख्दै चिया मालिकसमक्ष मागपत्र बुझाएका थिए । मागपत्रपछि शतप्रतिशत वृद्धि भई उनीहरूको न्यूनतम ज्याला रु ३२ पुगेको थियो । यस्तै श्रमिकले प्रत्येक दुईदुई वर्षमा ज्याला वृद्धिको माग गर्दै मागपत्र बुझाउन थाले । मागपत्र नबुझाएसम्म रोजगारदाताले उनीहरूको न्यूनतम ज्याला वृद्धि गरेनन् । श्रमिकको मागपत्र तथा आन्दोलनका कारण २०४९ मा न्यूनतम ज्याला दैनिक रु ४० तोकियो । यसरी नै श्रमिकको ज्याला रु ५४, ६०, ७२, ९५, १०२, १२७, १४५, १५५, १७२, २०२, २२७, २५३ हुँदै २७८ पुग्यो । गत वर्षसमेत श्रमिकले आङ्खनो ज्याला बढाउन माग गर्दै आन्दोलन गरेका थिए । तीन महीना लामो आन्दोलनपछि रोजगारदाताले श्रम ऐनअनुसारको ज्याला दिने भएपछि श्रमिक काममा फर्र्किकएका थिए । रोजगारदाता–श्रमिक, रोजगारदाता–किसानबीचको असन्तुष्टिकै कारण वर्षेनी पटकपटक आन्दोलन हुने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP