Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • तनहुँमा आचारसंहिता उल्लंघनका १६ उजुरी
तनहुँमा आचारसंहिता उल्लंघनका १६ उजुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २९, २०८२

दमौली -  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लंघनका १६ वटा उजुरी परेका बताउँदै त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टिकरण लिई आचारसंहिताको कार्यान्वयनका लागि सचेत गराइएको जानकारी दिए । 

तनहुँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार श्रीराम न्यौपानेद्वारा केही सामुदायिक विद्यालयमा वितरण गरिएको डिजिटल स्मार्ट बोर्डमा तस्बिर/सङ्केत भएका बारेमा उजुरी परेपछि उक्त बोर्डबाट न्यौपानेको फोटो हटाउन लगाइएको प्रजिअ तिवारीले बताए। उनका अनुसार सोबाहेक राजनीतिक दलले भीड प्रर्दशनी गरेको, झण्डा धेरै प्रयोग गरेको, सरकारी कर्मचारी पनि निर्वाचनको प्रचारमा हिडेकोलगायत विषयमा उजुरी परेका छन् ।

Hardik health

उजुरीका बारेमा सम्बन्धित पक्षलाई सचेत गराई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले उल्लेख गरे। निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।

आचारसंहिता उल्लंघन अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीलाई जिम्मेवारी तोकिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको आवश्यक पर्ने भएकाले आचारसंहिता पालना गर्न अनुरोध गरिएको रेग्मीले बताए ।

प्रचारप्रसारका क्रममा कानुन र निर्वाचन आचारसंहिताको पालना अनिवार्य गर्नुपर्ने उल्लेख गर्दै रेग्मीले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकार भएका पक्षलाई मर्यादित व्यवहार गर्न आग्रह गरे ।  निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको छ भने निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी नियमित अनुगमन भइरहेको छ । कुनै पनि किसिमका आचारसंहिता उल्लंघन, अवाञ्छित गतिविधि वा गुनासो देखिए तत्काल जानकारी गराउन उनले आग्रह गरे ।

तनहुँ क्षेत्र नं १ मा १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भगवती न्यौपाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट विद्यानाथ ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा स्वर्णिम वाग्ले, नेकपा (माओवादी)बाट ओमविक्रम पन्त, श्रम संस्कृति पार्टीबाट काशीराम गुरुङ, आमजनता पार्टीबाट चिजामाया अधिकारी, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, मङ्गोल अर्गनाइजेसन पार्टीबाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट मञ्जिल राना, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीबाट रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, स्वतन्त्र उम्मेदवार लेखनाथ खनाल, स्वतन्त्र उम्मेदवार सन्देश रानाभाट लौडारी, नेशनल रिपब्लिक नेपालबाट सुमन थापा मगर प्रतिस्पर्धामा छन्  । 

तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत भेषराज पौडेलले यस क्षेत्रमा कुनै उजुरी नपरेको जानकारी दिए । यस क्षेत्रमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा हुन्  ।  नेपाली कांग्रेसबाट शङ्कर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीबाट सोमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रीराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर गोतामे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमबहादुर ठकुरी, नेपाल जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल अर्गनाइजेशनबाट सुष्मा आले, नेशनल रिपब्लिक नेपालबाट नमबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण अधिकारी र नेकपा (माओवादी)बाट गणेशबहादुर लामगादे प्रतिस्पर्धामा छन् ।  निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।


प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP