Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #दीपमाला ढकाल मिस नेपाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु
महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २८, २०८२
Photo By RSS-Hari Bhetwal

काठमाडौं -  आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ । यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको हाे  ।

क्रियसन नेपालको आयोजनामा सम्पन्न उक्त अभियानमा संस्थाका स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता रहेको थियो ।  अभियानअन्तर्गत मन्दिर परिसर, आर्यघाट, कैलाश डाँडा क्षेत्र आसपास तथा साधु–सन्त बस्ने स्थानमा विशेष सफाइ गरिएको थियो । साथै फोहर संकलनलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको छ भने सरसफाइमा खटिने सफाइकर्मीलाई पहिचानयुक्त ज्याकेटसमेत प्रदान गरिएको छ ।

 क्रियसन नेपाल विगत केही वर्षदेखि कोषसँग सहकार्य गर्दै सरसफाइ अभियानमा सक्रिय रूपमा संलग्न हुँदै आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए । उनले भने, “महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ, क्रियसन नेपालले आज सरसफाइसहित डस्टबिन र ज्याकेट वितरण गर्नुका साथै आगामी शिवरात्रिमा स्वयंसेवक परिचालन गर्ने प्रतिबद्धता जनाएको छ ।”

Hardik health

यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी तयारी अघि बढाइएको कोषले जनाएको छ । व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ, यातायात, स्वयंसेवक परिचालन, आवास व्यवस्था, प्रचार–प्रसार तथा समन्वय जस्ता क्षेत्रमा उपसमिति सक्रिय रूपमा खटिएका प्रवक्ता जोशीले बताए  ।

महाशिवरात्रिका दिन लाखौँ भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने अनुमान कोषले गरेको छ । स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु आउने भएकाले भीड व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्वयंसेवकको परिचालनमार्फत सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गरिने कोषले जनाएको छ । आपतकालीन उद्धार, प्राथमिक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिले पर्वको धार्मिक, सांस्कृतिक तथा व्यवस्थापकीय पक्षलाई समन्वय गर्दै सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य लिएको छ ।महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपतिनाथ क्षेत्रमा साधु–सन्तहरूको आगमन उल्लेख्य रूपमा बढेको छ । भारतका विभिन्न अखडा तथा सम्प्रदायका साधु–सन्तसमेत पशुपति क्षेत्रमा आइपुगी आ–आफ्ना धुनी स्थापना गर्न थालेका छन् । 

पशुपति क्षेत्रका वनकाली, मृगस्थली, राममन्दिर क्षेत्रलगायत स्थानमा साधु–सन्तहरू ध्यान, तपस्या तथा साधनामा तल्लीन देखिन्छन् । यसले पशुपति क्षेत्रलाई थप आध्यात्मिक र धार्मिक वातावरणले ओतप्रोत बनाएको छ । कोषका अनुसार यस वर्षको महाशिवरात्रि फागुन ३ गते परेको छ । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइने यस दिन भगवान् शिवको पूजा–आराधना, रुद्राभिषेक, दीपप्रज्वलन तथा रातभर जाग्राम बस्ने परम्परा रहेको छ । पशुपतिनाथमा विशेष पूजाअर्चना, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ ।

महाशिवरात्रिलाई स्वच्छ, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गर्न कोष, नेपाल सरकार तथा सम्बन्धित निकायबीच समन्वयलाई तीव्र बनाइएको छ । सरसफाइ अभियानलाई निरन्तरता दिँदै वातावरणीय स्वच्छता कायम राख्न सर्वसाधारणलाई पनि सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ । पर्वलाई भव्य र सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै कोषले श्रद्धालुलाई निर्धारित मार्ग, समय र सुरक्षा निर्देशिकाको पालना गर्न अनुरोध गरेको छ । महाशिवरात्रिको तयारीसँगै पशुपति क्षेत्र यतिबेला धार्मिक उत्साह, आध्यात्मिक ऊर्जा र चहलपहलले भरिएको देखिन्छ ।


प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओली पछि हट्दा जोगियो कार्कीको पद
ओली पछि हट्दा जोगियो कार्कीको पद बिहीबार, साउन २१, २०८३
पाँच समितिको बैठक बस्दै 
पाँच समितिको बैठक बस्दै  बिहीबार, साउन २१, २०८३
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै बिहीबार, साउन २१, २०८३
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP