Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #दीपमाला ढकाल मिस नेपाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको होः प्रधानमन्त्री कार्की
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको होः प्रधानमन्त्री कार्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २८, २०८२

काठमाडौं  - प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हुने भएकाले सोहीअनुसार कामकाज भइरहेको बताएकी छिन्  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रण गरी सुशासन कायम गर्ने सन्दर्भमा सरकार अहोरात्र खटिरहेको बताइन्  । 

प्रधानमन्त्री कार्कीले मुलुकमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको मूलभूत माग राखी जेनजी युवाको अगुवाइमा गत भदौमा भएको आन्दोलनलाई गम्भीर सन्देशका रूपमा लिन सबैसँग अनुरोध गरिन्  । उनले जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले नागरिकमैत्री प्रशासनको अनुभूति गराउने, भ्रष्टाचार नियन्त्रणलगायत समग्र शासकीय सुधारका कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेको स्पष्ट गरिन् । 

सरकारले राज्यकोषमा अनावश्यक भार पार्नेगरी भएका निर्णयहरू रोकेर सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको जानकारी दिँदै उनले भनिन्, “राज्यकोषमा भार पार्ने गरी हुने अनावश्यक भर्तीहरू रोकेका छौँ । पर्याप्त तयारी नगरी स्रोतसाधन दुरुपयोग गर्ने उद्देश्यले रातो किताबमा समावेश गरिएका कैयौँ योजनाका बजेट कटौती गरेका छौँ ।” राज्यका स्रोत–साधनको दुरुपयोगविरुद्ध सरकार निर्मम ढङ्गले प्रस्तुत भएको दावी गर्दै उहाँले अवाञ्छित सुविधाहरू लिने र स्रोतसाधन दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिएको स्पष्ट गरिन् । 

प्रधानमन्त्री कार्कीले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक सेवाहरूलाई सरल, शीघ्र र सुलभ बनाउन सरकार संवेदनशील रहेको बताइन्  । “नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायतका सार्वजनिक सेवा सरल, शीघ्र र सुलभ ढङ्गले प्रदान गर्न सरकार संवेदनशील भई लागिपरेको छ”, उनले भनिन् । 

Hardik health

आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी ‘सुशासनको मार्गचित्र’ तयार गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भनिन्, “सुशासनको दीर्घकालीन आधार निर्माण गर्न हामीले मार्गचित्र तयार गरिएको छ, जसलाई आगामी सरकारले अघि बढाउने विश्वास लिएका छौँ ।”

प्रधानमन्त्री कार्कीले सुशासन प्रवद्र्धन र भ्रष्टाचार निवारणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका महत्वपूर्ण रहेको बताइन् ।  पछिल्लो समय आयोग थप सक्रिय देखिएको उल्लेख गर्दै उहाँले भ्रष्टाचारविरुद्धका काम, कारबाहीलाई अझ सशक्त र प्रभावकारी बनाउन अख्तियार प्राप्त राज्यका संरचनाहरूलाई व्यावसायिक एवं स्वतन्त्र बनाउने पक्षमा सरकार रहेको स्पष्ट गरिन् । उहाँले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धिअनुरूप दोस्रो राष्ट्रिय नीति निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी पनि दिइन्  । 

प्रधानमन्त्री कार्कीले ‘जेनजी’ आन्दोलनपछि मुलुकमा थप द्वन्द्व चर्किन नदिन र शान्ति सुव्यवस्था कायम राख्दै निर्वाचनको वातावरण बनाउन सरकार केन्द्रित रहेको स्पष्ट गरिन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले ‘जेनजी पुस्ता’को भावनाअनुसार सुशासन कायम गर्न थप कदम उठाउने विश्वास पनि व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन् , “भ्रष्टाचार नियन्त्रणका लागि हामीकहाँ पर्याप्त संरचना छन्, कानुनी र नीतिगत व्यवस्था पनि छन् । तर पनि भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकिरहेको छैन । विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्यसहित सुशासनको माग राखी गत भदौमा जेनजी युवा सडक आन्दोलनमा किन आउनुुप¥यो र केहीले जीवन गुमाउनुपरेको अवस्था छ,  यी प्रश्नको जवाफ कसले दिने ।”

यस किसिमका संवेदनशील प्रश्नहरूले राज्य संयन्त्रलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको उल्लेख गर्दै उनले भनिन् , “भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो । त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संरचनाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्दछ र जवाफदेही पनि बन्नुपर्दछ ।”

प्रधानमन्त्री कार्कीले कार्यकारी जिम्मेवारीबाट पन्छिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन् , “जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्गभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्ने छैनौँ । प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार हो ।”

जिम्मेवारीबोध र नैतिक चेतनाको अभावले सुशासन कमजोर बनेको धारणा पनि प्रधानमन्त्री कार्कीले राखिन् । आफ्नो जिम्मेवारीको बोध प्रत्येक राष्ट्रसेवक कर्मचारी, राजनीतिक नेतृत्व र अन्य सरोकारवालामा हुनु जरुरी रहेको पनि उनले स्पष्ट परिन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सदाचार स्थापनाको महाअभियानका रूपमा लिन पनि प्रधानमन्त्री कार्कीले आग्रह गरिन् । “यस मञ्चबाट सबैलाई म के आग्रह गर्न चाहन्छु भने आउँदो फागुन २१ को निर्वाचनलाई पनि मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रूपमा लिऊँ”, उनले अपिल गरिन् , “स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरूको थलो प्रतिनिधि सभालाई बनाऔँ ।”


प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओली पछि हट्दा जोगियो कार्कीको पद
ओली पछि हट्दा जोगियो कार्कीको पद बिहीबार, साउन २१, २०८३
पाँच समितिको बैठक बस्दै 
पाँच समितिको बैठक बस्दै  बिहीबार, साउन २१, २०८३
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै बिहीबार, साउन २१, २०८३
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP