काठमाडौं- मंगलबार आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निमी शेर्पाले सरकारले आदिवासीकाे मुद्दा नसुनेको बताइन् ।
आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानको रजत जयन्तीको अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ,एनएफडिनको आयोजनामा भएकाे तीन दिने नेपाल आदिवासी ज्ञान सम्मेलनमा उनले सरकारसमक्ष साे गुनासाे गरेकी हुन् ।
कार्यक्रममा प्रधानमन्त्री सुसिला कार्की प्रमुख अतिथिमा उपस्थित नहुँदा असन्तुष्टि जनाइन् । 'प्रधानमन्त्री हामी आदिवासीकाे कार्यक्रममा नआउने ,हाम्राे कुरा कसले सुन्ने? ' उनले भनिन् ' मौलिक जाँड रक्सी बनाउने समूदायलाई प्रहरीले हतकड्डी लगाएर लग्छ । हाम्राे रैथाने सीप कलालाई सरकारले उपेक्षित गरेकाे छ । हालै मात्र यस्ता घटना भएकाे छ। ' क्षतिपूर्तिको माग गर्दै उनले सरकारसँग जवाफ मागिन् ।
नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न विभिन्न चरणमा देशका विभिन्न क्षेत्रबाट सहभागी र प्रतिनिधित्वहरुसँग बहस ,खाना महोत्सव र ८१ वटा कार्यपत्र प्रस्तुतिकरण भएको थियो ।कार्यक्रमका संयोजक डा गणेश गुरुङले ज्ञान सम्मेलनको समग्रमा समीक्षा गरेका थिए ।