एएनआई- विश्व बैंकको सहयोगमा अफगानिस्तानको गजनी प्रान्तमा तीनवटा सफा पिउने पानी आपूर्ति नेटवर्कको निर्माण सुरु भएको टोलो न्यूजले जनाएको छ । दुइ करोड अफगानको लागतमा ब्यान्ड, खोग्यानी र जानखान जिल्लामा निर्माण पहलहरू भइरहेका जनाइएको हाे ।
परियोजना पूरा भए पछि यस क्षेत्रका करिब एक हजार परिवारलाई स्वच्छ पिउने पानी उपलब्ध हुने अपेक्षा गरिएको छ । गजनी ग्रामीण पुनर्वास तथा विकास विभागका परियोजना कार्यान्वयन प्रमुख सइद-उर-रहमान सइदले ’गजनीको खोग्यानी, अब बन्द र जानखान जिल्लामा तिनवटा जलापूर्ति आपूर्ति नेटवर्कको निर्माण सुरु भएको उल्लेख गर्दै एक हजार घर परिवारहरू यसबाट लाभान्वित हुने बताएका छन् ।
स्थानीय बासिन्दाहरूले लामो खडेरी पछि पिउने पानीको पहुँचमा गम्भीर चुनौतिहरूको सामना गरिरहेको जनाउदै निरन्तर सहयोग गर्न आग्रह गरेका छन् । गजनीको अब बन्द जिल्लाका बासिन्दाहरुले गाउँका ३०० घर मध्ये ९० प्रतिशत घरमा पानी नभएको उल्लेख गर्दै बाँकी १० प्रतिशतले टाढाका क्षेत्रबाट कार र मोटरसाइकलबाट पानी ल्याउने गरेको जनाएका छन् ।
टोलो न्यूजले रिपोर्ट गरे अनुसार गजनी ग्रामीण पुनर्वास तथा विकास विभागका अनुसार विश्व बैंकको सहयोगमा यस वर्ष प्रान्तका विभिन्न जिल्लाहरूमा १० वटा सफा पिउने पानी आपूर्ति नेटवर्कहरू सम्पन्न भइसकेका छन् ।