चितवन - चितवन जिल्लाको भरतपुर महानगरपालिका-२ पुलचोकस्थित नारायणी नदिमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको भरतपुर महानगरपालिका-२० बस्ने २० वर्षिय सविना परियार नारायणी पुलबाट सो नदिनमा हाम फालेकी थिईन् ।
सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमाण्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो ।
उद्धारपश्चात उनलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाईएको छ ।