Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #दीपमाला ढकाल मिस नेपाल
  • #फिफा
Search Here
समाचार
  • Home
  • समाचार
  • संसद् विघटनले विधायन प्रक्रिया प्रभावितः मन्त्री सिन्हा
संसद् विघटनले विधायन प्रक्रिया प्रभावितः मन्त्री सिन्हा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २६, २०८२

काठमाडौं -  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन्  । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरिमा) को प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले संविधान अनुकूल र सङ्घीय प्रणालीअनुसार कानुन सुधार निरन्तर जारी रहेको सभालाई जानकारी दिए ।  उनका अनुसार संविधान जारी भएपछिका वर्षहरूमा हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेका छन । मौजुदा कानुनलाई संविधान र सङ्घीय शासन प्रणाली अनुकूल बनाउन विभिन्न मितिमा केही नेपाल ऐन संशोधन गर्ने ऐनहरूमार्फत व्यापक सुधार गरिएको उनले सभामा चर्चा गरे  । 

मन्त्री सिन्हाका अनुसार केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ अन्तर्गत १९३ वटा ऐन संशोधन गरिएको छ भने २०७४ सालको ऐनमार्फत ३६ ऐन संशोधन र १५ ऐन खारेज गरिएको थियो । त्यसैगरी २०७५ सालमा क्रमश १०४ ऐन संशोधन र ५ ऐन खारेज, तथा मुलुकी संहितासँग सम्बन्धित ऐनमार्फत ५ वटा ऐन संशोधन गरिएको उहाँले उल्लेख गरे  ।

Hardik health

मौलिक हक कार्यान्वयनका लागि संविधान बमोजिम आवश्यक १६ वटा मौलिक हकसम्बन्धी ऐन २०७५ असोज २ मै जारी भइसकेको छ । ती ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली तयार भइसकेको मन्त्री सिंन्हाले जानकारी गराए । आवासको अधिकारसम्बन्धी ऐनलगायत अन्य केही ऐन कार्यान्वयनका लागि भने आवश्यक नियमावली अझै सम्बन्धित मन्त्रालयमा मस्यौदा चरणमै रहेको उनको भनाइ छ । 

विधेयकको वर्तमान अवस्थाबारे जानकारी दिने क्रममा उनले संसद् विघटनका कारण ३० वटा विधेयक निष्क्रिय भएको बताए । साथै विधायन ऐन, २०८१ जारी भएपछि सङ्घीय संसद्मा पेस गरिने १२१ वटा विधेयकको प्राथमिकता क्रमसहित सूची २०८२ असार ३२ गते पेस गरिएको भए पनि प्रतिनिधिसभा विघटनका कारण धेरै विधेयकको मस्यौदा कार्य अघि बढ्न नसकेको जानकारी दिए ।

प्रत्यायोजित विधायन, २०८१ अनुसार निर्देशिका, कार्यविधि र नियमावली दर्ताका लागि चैत २ गतेसम्मको समयसीमा तोकिएको छ । तोकिएको अवधिभित्र दर्ता नभएमा ती प्रत्यायोजित विधायन पुनर्लेखन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको मन्त्री सिंन्हाले बताए । 


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन बिहीबार, साउन २१, २०८३
मतदाता नामावली संकलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
मतदाता नामावली संकलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह बिहीबार, साउन २१, २०८३
बाढीले बगाउँदा मृत्यु
बाढीले बगाउँदा मृत्यु बिहीबार, साउन २१, २०८३
चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक
चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक बिहीबार, साउन २१, २०८३
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ बिहीबार, साउन २१, २०८३
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते बिहीबार, साउन २१, २०८३
ओली पछि हट्दा जोगियो कार्कीको पद
ओली पछि हट्दा जोगियो कार्कीको पद बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP