Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • पाेर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित
पाेर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २६, २०८२

एपी- पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र-वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो विजयी भएका छन् । उनले कट्टर दक्षिणपन्थी उम्मेद्वार आन्द्रे भेन्टुरालाई पराजित गर्दै स्पष्ट बहुमतसहित जित हासिल गरेका हुन् ।

आधिकारिक परिणामअनुसार ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा सेगुरोले ६६.७ प्रतिशत मत प्राप्त गरी लिस्बनस्थित नदी किनारको राष्ट्रपतीय निवास ‘गुलाबी दरबार’ मा पाँच वर्षे कार्यकालका लागि निर्वाचित भए । भेन्टुराले ३३.३ प्रतिशत मत प्राप्त गरे। यो निर्वाचनलाई भेन्टुराको उग्र र उत्तेजक राजनीतिक अभियानप्रतिको जनसमर्थन कति गहिरो छ भन्ने परीक्षणका रूपमा हेरिएको थियो । उनको चेगा पार्टीले सो शैलीकै कारण पोर्चुगलको संसद्मा दोस्रो ठूलो दलको हैसियत बनाएको छ । यस मतपत्रले हालैका वर्षहरूमा युरोपभर देखिएको परिवर्तन र लोकप्रियतावादी राजनीतिप्रतिको जनआकांक्षाको मापनसमेत गरेको विश्लेषकहरूले बताएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सामाजिक सञ्जालमार्फत सेगुरोलाई बधाई दिँदै पोर्चुगलको आवाज साझा युरोपेली मूल्यमान्यताका पक्षमा अझ बलियो रहेको उल्लेख गरे ।
दीर्घकालीन समाजवादी राजनीतिज्ञ सेगुरोले आफूलाई मध्यमार्गी उम्मेद्वारका रूपमा प्रस्तुत गरे । उनले केन्द्र-दक्षिणपन्थी अल्पसङ्ख्यक सरकारसँग सहकार्य गर्दै भेन्टुराको स्थापना विरोधी र आप्रवासीविरोधी उग्र भाष्यलाई अस्वीकार गर्ने सङ्केत दिए। बढ्दो लोकप्रियतावादी लहरलाई रोक्न चाहने बायाँ र दायाँ दुवै धारका मुख्यधाराका राजनीतिज्ञहरूको समर्थन पनि उनले प्राप्त गरे ।

पोर्चुगलमा राष्ट्रपति पद प्रायः औपचारिक र प्रतीकात्मक मानिन्छ । परम्परागत रूपमा राष्ट्रपतिले राजनीतिक विवादमा मध्यस्थता गर्दै तनाव कम गर्ने र दलगत द्वन्द्वभन्दा माथि उभिने भूमिका निर्वाह गर्दछन् । यद्यपि राष्ट्रपतिसँग संसद्बाट पारित कानूनहरूमा भिटो लगाउने अधिकारजस्ता प्रभावशाली औजार छन्, यद्यपि त्यस्ता भिटोहरू संसद्ले उल्ट्याउन सक्छ । यसबाहेक संसद् विघटन गरी समयअगावै चुनाव घोषणा गर्ने अधिकार पनि राष्ट्रपतिसँग रहने गर्दछ, जसलाई पोर्चुगलको राजनीतिक भाषामा ‘परमाणु बम’ भनेर चिनिन्छ ।

Hardik health

मे महिनामा पोर्चुगलले तीन वर्षभित्र तेस्रो आम चुनाव सम्पन्न गरेको थियो, जुन पछिल्ला दशकहरूकै सबैभन्दा गम्भीर राजनीतिक अस्थिरताको अवस्था मानिएको छ । यस्तो पृष्ठभूमिमा राजनीतिक स्थिरता कायम गर्नु नयाँ राष्ट्रपतिका लागि प्रमुख चुनौती रहने देखिएको छ ।

वाक्पटु र नाटकीय शैलीका राजनीतिज्ञका रूपमा चिनिनुहुने भेन्टुरा राजनीतिक समझदारीभन्दा बढी टकरावपूर्ण दृष्टिकोणको पक्षमा उभिएा थिए । उनले पोर्चुगलमा व्यापक ‘परिवर्तन’ ल्याउने लक्ष्यका साथ अभियान चलाउनु भयो । “मैले फरक बाटो सम्भव छ भनेर देखाउने प्रयास गरेँ, हामीलाई फरक प्रकारको राष्ट्रपति चाहिएको थियो”, भेन्टुराले पत्रकारहरूलाई भने ।

रनअफ चरणसम्म पुग्नु नै भेन्टुरा र उहाँको पार्टीका लागि एउटा महत्त्वपूर्ण कोसेढुङ्गा मानिएको छ । उनको प्रमुख एजेन्डामध्ये एक अत्यधिक आप्रवासन रोक्नु रहेको छ, किनकि हालैका वर्षहरूमा पोर्चुगलमा विदेशी कामदारहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ ।

“पोर्चुगल हाम्रो हो”, भेन्टुराले अभियानका क्रममा दोहोर्‍याए । अभियान अवधिमा उहाँले देशभर ‘यो बङ्गलादेश होइन’ र ‘आप्रवासीहरूलाई कल्याणमा निर्भर बन्न दिनु हुँदैन’ भन्ने सन्देश भएका बिलबोर्डहरू प्रयोग गरे । सात वर्षभन्दा कम समयअघि स्थापना गरिएको चेगा पार्टीले उल्लेखनीय जनसमर्थन बटुल्दै मे १८ मा सम्पन्न आम चुनावमा संसद्को दोस्रो ठूलो दल बन्न सफल भएको थियो ।

सेगुरोले आगामी महिना वर्तमान केन्द्र-दक्षिणपन्थी राष्ट्रपति मार्सेलो रेबेलो डे सौसालाई प्रतिस्थापन गर्ने छन्। डे सौसाले संविधानले तोकेको दुई कार्यकाल पूरा गरिसकेका  छन् ।
 


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP