Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #दीपमाला ढकाल मिस नेपाल
  • #फिफा
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु
नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २६, २०८२

नारायणगढ- नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु भएको छ । बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन आयोजना गरिएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा  राष्ट्रिय निकुञ्जका प्रमुख, बागमती प्रदेशअन्तर्गतका डिभिजन वन कार्यालयका प्रमुखहरू, वन्यजन्तु संरक्षण विभाग,  सामुदायिक  वनका प्रतिनिधि, वन्यजन्तु संरक्षणका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा विज्ञसहित २०० भन्दा बढीको सहभागिता रहेको छ । 

सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, चुनौती तथा भावी रणनीतिका विषयमा छलफल गरिने प्रमुख आचार्यले जानकारी दिए । उनले भने, “आगामी दिनमा बागमती प्रदेशको एक सशक्त संरक्षण प्रतीकका रूपमा सालकलाई अघि बढाउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

Hardik health

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । हाल सालक लोपोन्मुख अवस्थामा पुगेको छ । किसानको साथीका रूपमा परिचित सालकले बालीनालीमा हानिकारक कीरोफट्याङ्ग्रा खाने भएकाले यसको संरक्षण अपरिहार्य रहेको आचार्यले बताए ।

प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम बनाई कार्यान्वयन अघि बढाएको छ । आउँदो वर्षदेखि नियमित र योजनाबद्ध रूपमा सालक संरक्षणका कार्यक्रम सञ्चालन गर्ने बागमती प्रदेश सरकारको योजना रहेको जनाइएको छ ।

सालक एक स्तनधारी जनावर हो । विश्वमा सालकका आठ प्रजाति पाइन्छन् भने नेपालमा कालो (चाइनिज) र  तामे (इन्डियन) गरी दुई प्रजाति पाइन्छन् । सालक नेपालका ६१ जिल्लामा तथा बागमती प्रदेशका सबै जिल्लामा पाइने गरिएको तथ्याङ्क छ ।

वन्यजन्तु  संरक्षण ऐन, २०२९ अनुसार सालकको चोरी
सिकारी तथा अवैध व्यापारमा संलग्न भएमा गम्भीर अपराध मानिनेछ । दोषी ठहर भएमा रु १० लाखसम्म जरिवाना तथा १५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।

सालक निर्दोष र पारिस्थितिकीय दृष्टिले महत्वपूर्ण जनावर भएकाले यसको महत्त्व सबैले बुझ्न आवश्यक रहेको उनले बताए । यसैबीच सम्मेलनले आजै ‘माडी घोषणापत्र’ जारी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 
 


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभाको बैठक सुरु
राष्ट्रियसभाको बैठक सुरु बिहीबार, साउन २१, २०८३
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन बिहीबार, साउन २१, २०८३
मतदाता नामावली संकलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
मतदाता नामावली संकलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह बिहीबार, साउन २१, २०८३
बाढीले बगाउँदा मृत्यु
बाढीले बगाउँदा मृत्यु बिहीबार, साउन २१, २०८३
चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक
चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक बिहीबार, साउन २१, २०८३
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ बिहीबार, साउन २१, २०८३
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP