Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #दीपमाला ढकाल मिस नेपाल
  • #फिफा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जिम्मेवार बन्न छाडेर दल बदल्नमै होड !
जिम्मेवार बन्न छाडेर दल बदल्नमै होड !
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २६, २०८२

कांग्रेस छाडेर एमाले प्रवेश गरेका कपिलवस्तुका वीरेन्द्रकुमार कनौडियाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने मौका पाए । माघ ३ गते एमाले प्रवेश गरेका उनी कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट उम्मेदवारका लागि एक्लो नाम सिफारिसमा परेका थिए । कनौडियाले सोही साँझ एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को टिकट पाए । कनौडिया यसअघि प्रदेशसभामा कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेतासमेत थिए ।

अघिल्लो निर्वाचनमा सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेका अमरेश सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे । रास्वपा प्रवेश गर्नासाथ उनले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न टिकट पाए । सोही क्षेत्रमा कांग्रेसबाट निर्वाचित हुँदै आएका अमरेशलाई २०७९ मा उक्त दलले कारबाही गरेको थियो । यसरी नै यो निर्वाचनमा दल अदलबदल गर्नेको संख्या बढ्दो छ । कांग्रेस सभापति गगन थापा होस् या एमाले अध्यक्ष केपी शर्मा ओली । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल होस् या रास्वपा सभापति रवि लामिछाने, अरु दलबाट आएकाहरुलाई छाती फुलाएर स्वागत गरिरहेका छन् । 

निर्वाचन जति नजिकियो दल फेर्ने प्रवृत्ति बढ्दो छ । जनआक्रोशका कारण भदौ २३ र २४ मा जेन-जी विद्रोह भयो । दलका नेताहरु जनताको आक्रोशलाई सम्बोधन गर्न निर्वाचन हुन लागेको बताउँछन् । तर दलप्रति आक्रोश बढ्नुका एउटा कारण अरु दलबाट आएकालाई सुरुमै अवसर दिनु पनि हो । वर्षौं पार्टीमा दुःख गर्ने इमान्दार र सक्षम नेता कार्यकर्ताले अवसर नपाउँदा तरमाराहरु सधैँ तर मार्न सफल हुन्छन् । 

Hardik health

कुनै व्यक्ति निकै विवादित हुन्छन् । तर आफ्नो दलमा आएपछि ‘सात खुन माफ’ हुन्छ । सुनपानी छर्र्किएर चोखो बनाएझैं चोखो बनाउने गरिन्छ । यो घटनाले लामो समय पार्टीमा खटेका नेताहरु निराश हुन्छन् । यतिमात्र हैन नजिकबाट नियालिरहेका सर्वसाधारणदेखि कार्याकर्तालेसमेत यस्ता घटना मूल्यांकन गरिरहेका हुन्छन् । जसले गर्दा नै हो, हरेक निर्वाचनमा नयाँलाई मौका दिनुपर्छ भनेर मत बदल्ने गरेको । यसले राजनीतिक दलका नेताहरुको बेइमानीमाथि न्याय त मिल्छ तर राजनीतिक स्थिरता भने पाउँदैन । 

हाम्रो जस्तो मुलुक हरेक निर्वाचनमा यस्तै लहरका कारण प्रताडित हुँदै आएको छ । दलले यस्तो विषय थाहा पत्तो नपाएझैं मौन बसेको देखिन्छ । हुन त हाम्रोमा ‘आफ्नो आङमा भैसी नदेख्ने, अर्काको आङमा जुम्रा पनि देख्ने’ भन्ने उक्ति व्यवहारमै देखिन्छ । अब जनताप्रति र देशप्रति उत्तरदायी हुने हो भने यस्तो अदलीबदली रोक्नुपर्छ । जनताले नरुचाएका नेतालाई आफ्नो दलमा भित्र्याएर फोहोरी राजनीति नगरेकै राम्रो ।
 


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दोषारोपण छाडेर छिटो समाधान खोज
दोषारोपण छाडेर छिटो समाधान खोज बिहीबार, साउन २१, २०८३
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP