Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #दीपमाला ढकाल मिस नेपाल
  • #फिफा
Search Here
समाचार
  • Home
  • समाचार
  • निर्वाचनअघि दल अदलबदलको बढ्दो लहर
निर्वाचनअघि दल अदलबदलको बढ्दो लहर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २६, २०८२
  • मंगलबार खोटाङमा एमालेबाट केपिलासगढी गाउँपालिका अध्यक्षमा निर्वाचित पूर्वअध्यक्ष कृष्णकुमार राई र शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश 
  • शनिबार कांग्रेस महामन्त्री प्रदीप पौडेलले गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यसहित पाँच जनालाई कांग्रेसमा भित्र्याए
  • पार्टीभित्रको किचलो देखाउँदै कांग्रेस छाडेका कपिलवस्तुका वीरेन्द्रकुमार कनौडियाले कपिलवस्तु-३ बाट पाए टिकट

काठमाडौं- सुनसरीका कांग्रेस नेता डा. अब्दुल हुसेन अन्सारी माघ ५ गते एमाले प्रवेश गरे । कांग्रेसमा विशेष महाधिवेशनको कलहले उनी एमाले पसेका थिए । एमाले पसेकै दिन उनले सुनसरी-४ को टिकट पाए । यद्यपि, भोलिपल्टै उनको टिकट खोसियो । यो क्षेत्रमा एमालेले जगदिश कुशियतलाई उम्मेदवार बनायो ।

पार्टीभित्र किचलो देखाउँदै कांग्रेस छाडेका कपिलवस्तुका वीरेन्द्रकुमार कनौडियाले भने हुसेनको नियति भोग्नुपरेन । माघ ३ गते एमाले प्रवेश गरेका उनी कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट उम्मेदवारका लागि एक्लो नाम सिफारिसमा परेका थिए । कनौडियाले सोही साँझ एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को टिकट पाए । कनौडिया यसअघि प्रदेश सभामा कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेतासमेत रहेका थिए । 

हेर्दा सामान्य लागे पनि निर्वाचनपूर्व हुने दल अदलबदलले उम्मेदवारहरूको विश्वसनीयता, दलको निष्पक्षता र राजनीतिक स्थिरतामा प्रश्न उठाउँछ ।
अर्जुन अर्याल
उपप्राध्यापक, त्रिवि

माघ १४ गते कांग्रेस सभापति गगन थापाले आफ्नो चुनावी क्षेत्रमा चार जना वडा अध्यक्षलाई कांग्रेस प्रवेश गराए । सर्लाही-४ मा पर्ने गोडैता नगरपालिका-५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता भने भोलिपल्टै आफ्नो पार्टी जनता समाजवादी पार्टी (जसपा) फर्किए ।

Hardik health

यी त निर्वाचन नजिकिँदा भएका रोचक प्रवेश हुन् । यी बाहेक हिजोआज दलहरुले आफ्नो चुनावी क्षेत्रमा पार्टी प्रवेश गराउने कार्यक्रम बढाइरहेका छन् । दल अदलबदल गर्दै खादामाला लगाउनेको लहर दैनिक बढिरहेकै छ । 

शनिबारमात्र कांग्रेस महामन्त्री प्रदीप पौडेलले गतिशील लोकतान्त्रिक पार्टी (गलोपा)का केन्द्रीय सदस्यसहित पाँच जनालाई कांग्रेस प्रवेश गराए । कांग्रेस सभापति थापाको उपस्थितिमा काभ्रे-२ बाट समानुपातिक उम्मेदवार रहेको गलोपाका केन्द्रीय सदस्य डा. अल्का सापकोटा र काठमाडौं-२ बाट समानुपातिक उम्मेदवार एवं केन्द्रीय सदस्य नग्मा खरेल छन् । यसैगरी, संस्थापक केन्द्रीय सदस्य जगन्नाथ लामिछाने, बुसन केडी प्रसाईं र इन्दिरा खाती सुनार पनि कांग्रेस प्रवेश गरे । 

लामिछाने २०७९ को निर्वाचनमा यही क्षेत्रका प्रदेश सभा-२ बाट स्वतन्त्र उम्मेदवार थिए । कांग्रेसका पुराना कार्याकर्ता लामिछानेले त्यतिबेला कांग्रेसले श्याम खड्कालाई उम्मेदवार बनाएपछि असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका थिए । स्वतन्त्रबाट लडेका खतिवडाले त्यतिबेला ६५२ मत पाएका थिए । कांग्रेसका खड्काले ९ हजार ७४२ मत पाएर निर्वाचित भएका थिए ।

शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरे । उनलाई नेकपाका संयोजक पुष्पकमल दाहालले पार्टीमा स्वागत गरे । २०७४ मा बाह्रबिसे नगरपालिकामा एमालेबाट मेयर जितेका शेर्पाले माघ ९ गते एमाले परित्याग गरेका थिए ।

शेर्पाझैं मंगलबार खोटाङमा एमालेबाट निर्वाचित पूर्वगाउँपालिका अध्यक्ष कृष्णकुमार राई नेकपामा प्रवेश गरे । २०७४ सालमा एमालेबाट कोपिलासगढी गाउँपालिका अध्यक्ष निर्वाचित राई माघ २० गते नेकपामा प्रवेश गरेका हुन् । नेकपा प्रवेश गरेका राई एमालेका पूर्वसचिवालय सदस्य हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा भने पराजित भएका थिए । 

यसरी नै डोल्पामा मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेकी जुनु भण्डारी कांग्रेस प्रवेश गरिन् । माघ ९ गते उनी नेपाली कांग्रेस पार्टी प्रवेश गरेकी हुन् । शनिबारमात्र सप्तरी-३ अन्तर्गत पर्ने रुपनी गाउँपालिका अन्तर्गत तत्कालिन रायपुरका पूर्वगाविस उपाध्यक्ष हिरालाल मण्डल कांग्रेस छाडेर जनता समाजवादी पार्टी नेपालमा गरेका छन् । यो जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र हो । 

निर्वाचन नजिकिँदा पार्टीको प्रचार विभागहरुले आफ्नो दलमा धेरै नेता कार्याकर्ता भित्रिएको भन्दै प्रचारबाजी गर्न थालेका छन् । यसरी प्रचारबाजी गर्नेमा नेपाली कांग्रेस सबैभन्दा धेरै अगाडि देखिएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक अर्जुन अर्याल निर्वाचनको पूर्वसन्ध्यामा दल अदलबदल गर्नु गम्भीर समस्या भएको बताउँछन् । यसले दलहरुप्रति विश्वसनीयता र राजनीतिक स्थिरतामै प्रश्न उठाउने उनको भनाइ छ । नेपालमा दल अदलबलको घटना सामान्यजस्तो भए पनि यस्तो विषयमा दलहरु गम्भीर हुनुपर्ने अर्यालले बताए । 

‘हेर्दा सामान्य लागे पनि निर्वाचनपूर्व हुने दल अदलबदलले उम्मेदवारहरूको विश्वसनीयता, राजनीतिक दलका निष्पक्षता र राजनीतिक स्थिरतामा प्रश्न उठाउँछ,’ अर्यालले भने । यस्तो गतिविधि रोक्न कानुनी नियन्त्रणसमेत आवश्यक पर्ने उनी बताउँछन् ।

विश्वका धेरै देशले निर्वाचनपूर्व यस्ता गतिविधि रोक्न कानुनी प्रावधान नै राखेको देखिन्छ । थाइल्याण्डले उम्मेदवार हुन कम्तीमा ९० दिनसम्म लगातार एउटा दलको सदस्य हुनुपर्ने प्रावधान राखेको छ र ब्राजिलमा निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दलसँग कम्तीमा छ महिनाको सदस्यता हुनुपर्छ । 

संयुक्त अधिराज्यमा कञ्जर्भेटिभ र लेबर पार्टीहरूले उम्मेदवारहरूका लागि छ महिनादेखि एक वर्षसम्मको सदस्यता आवश्यक गर्छन् । साइप्रस र डेनमार्कका अधिकांश दलहरूले छ महिनादेखि एक वर्षसम्मको सदस्यता आवश्यक गर्छन् । स्वीडेन, रोमानिया, आयरल्याण्ड, क्रोएसिया, ग्रीस, र अस्ट्रियामा पनि यस्ता नियमहरू सामान्य छन् । 

नेपालमा भने उम्मेदवार बन्न खासै कडा प्रावधान छैन, जसले गर्दा उम्मेदवारहरूले सजिलै दल परिवर्तन गर्न सक्ने जानकारहरु बताउँछन् । जसले गर्दा वर्षौं पार्टीमा खटिरहेका इमान्दार र सक्षम नेता कार्यकर्ता ओझेलमा पर्ने र तरमाराहरु सधैँ तर मार्न सफल हुन्छन् ।

 


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभाको बैठक सुरु
राष्ट्रियसभाको बैठक सुरु बिहीबार, साउन २१, २०८३
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन बिहीबार, साउन २१, २०८३
मतदाता नामावली संकलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
मतदाता नामावली संकलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह बिहीबार, साउन २१, २०८३
बाढीले बगाउँदा मृत्यु
बाढीले बगाउँदा मृत्यु बिहीबार, साउन २१, २०८३
चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक
चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक बिहीबार, साउन २१, २०८३
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ बिहीबार, साउन २१, २०८३
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP