Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडाैं- ७ का उम्मेदवारको प्राथमिकताः स्थानीयका माग र मुद्दा सम्बोधन
काठमाडाैं- ७ का उम्मेदवारको प्राथमिकताः स्थानीयका माग र मुद्दा सम्बोधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २५, २०८२

काठमाडौं- सुगमताका हिसाबले राजधानीको सहरी क्षेत्र रहेर पनि न्यूनतम आधारभूत खानेपानी, ढल निकास, डुबान र गुठीसम्बन्धी समस्या झेलिरहेको काठमाडाैं निवार्चन क्षेत्र नं ७ का उम्मेदवारले मतदाताका यिनै माग र मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी गरिरहेका राजनीतिक दल र उम्मेदवारहरु मतदातासँगको भेटघाटमा स्थानीयले उठाएका आधारभूत आवश्यकता र पूर्वाधार निर्माणसम्बन्धी समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न पहल गर्ने आश्वासन दिइरहेका  छन् ।

यस निर्वाचन क्षेत्रबाट विसं २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजय भएका थिए । उनी आठ हजार ७४३ मतले विजयी भएको थिए । उनका निकटम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले) का श्यामकुमार घिमिरेले छ हजार ८०० मत ल्याएका थिए । सोही क्षेत्रबाट पराजुलीले पुनः उम्मेदवारी दिएका छन् ।

आगामी निर्वाचनका लागि काठमाडाैं क्षेत्र नं ७ बाट प्रत्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी(एमाले) का प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं, नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामा, जनता समाजवादी पार्र्टी नेपालका बाबुराम लामा, राष्ट्रिय जनमोर्चाका दीर्घकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) का गुणबहादुर बञ्जारा क्षेत्री, नेपाल मजदुर किसान पार्टीकी गणेश माया डङ्गोल चुनावी दौडमा छन् ।

Hardik health

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिनरत्न ताम्राकार, राष्ट्रिय एकता दलका विनोदकुमार गुरुङ, जय मातृभूमि पार्टीका वैकुण्ठ फुयाँल, श्रम संस्कृति पार्टीका मणिराम बहादुर प्रधान, नेपाल कम्युनिष्ट पार्टी(माओवादी) दीपक मानन्धर, उज्यालो नेपाल पार्टीकी विमला लामा, राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिह्न)का दिपीन पन्त र आमजनता पार्टी (एकल चुनाव चिह्न) प्रदीप भट्टराई चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, स्वतन्त्रतर्फ १० जनाको उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । सविता गमाल, सुजिता श्रेष्ठ, अञ्जला बज्राचार्य, पुष्प बानियाँ, शर्मिला फुयाँल, सुमन पुतुवार/महर्जन, अमन श्रेष्ठ, बुद्धिप्रसाद रेग्मी, भरत पौडेल र प्रकाश कुँवर चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

यस निर्वाचन क्षेत्रमा काठमाडाैं महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वटा वडा पर्छन् । महानगरका १६, १७, १८, २५ वडाका बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, म्हैपि, धोबीचौर, ठहिटी, भुरुञ्खेल, ढल्को, नरदेवी, न्हयौखा, मछिन्द्रटोल तथा तारकेश्वर नगरपालिकाका-३, ४, ५ का तीनपिपले, गोलढुङ्गा, लोलाङ र नागार्जुन नगरपालिकाका- १, २, ३ का रानीवन, ठूलोभर्‍याङ, गैरीगाउँ यस क्षेत्रमा पर्छन् ।

यस क्षेत्रमा ७८ वटा मतदान केन्द्र रहेका छन् भने मतदाता सङ्ख्या ६७ हजार ४११ छ । काठमाडाैं क्षेत्र ७ की निर्वाचन अधिकृत सविता शर्माले निर्वाचन आचारसंहितासम्बन्धी छलफल गरिरहेको जानकारी गराउँदै निर्वाचन प्रचारप्रसार व्यवस्थित तुल्याउन सर्वपक्षीय र सर्वदलीय छलफल आयोजना गरिएको बताए । उनका अनुसार यस क्षेत्रबाट २७ जना उम्मेदवारमा १० जना स्वतन्त्र रहनुभएको छ भने साथै पाँच जना महिला उम्मेदवार छन् ।

उज्यालो नेपाल पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवार विमला लामाले जनताको काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, बेरोजगारी अन्त्य, पर्यटन प्रवद्र्धन र भ्रष्टाचारमुक्त देश बनाउने आफ्नो प्रमुख एजेन्डा रहेको बताए । महिला उद्यमीसमेत रहेकी लामाले भनिन्, “महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दिने आँट गर्दैनन् । अवसर पनि दिँइदैन । अध्याँरो राजनीतिलाई उज्यालो बनाउनेतर्फ लाग्नुस् भनेर मतदाताले हौसला दिनुभएको छ ।”

रास्वपाका उम्मेदवार पराजुलीले मतदाताले भविष्यको बाटो कोर्न, सुशासन कायम गर्न, नीतिनियम बनाउनमा ध्यान केन्द्रित गर्न सुझाव दिएको बताए । उनले जनताहरुले राजनीतिक स्थायित्व चाहेको बताउँदै जनताका आशा र विश्वासलाई यथार्थमा परिवर्तन गर्न आसन्न चुनाव पर्खिरहेको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई सांस्कृतिक नगरीका रुपमा अघि बढाउन सम्पदा संरक्षण र पुनःनिर्माणको एजेन्डालाई निरन्तरता दिने बताए । उनले जनतासँगको समन्वय र सहकार्यमा स्थानीय आवश्यकता खानेपानी, ढल निकास, डुबान क्षेत्र, सांस्कृतिक सम्पदा, बाजागाजा संरक्षणलगायत प्राथमिकतामा राखेको बताए ।

 यसअघि बागमती प्रदेशसभा सदस्यसमेत रहिसकेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वसन्तप्रसाद मानन्धरले विकाससँग जोडेर कानुन निर्माणमा ध्यान दिने जनतासामु प्रतिबद्धता गरेको बताए । उनले पहिला पनि जनप्रतिनिधिका रुपमा काम गरिसकेका हुनाले जनताले विश्वास गरेको र मत आफ्नो पक्षमा हुने विश्वास व्यक्त गरे ।

आगामी हुने निर्वाचनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ६५ राजनीतिक दलले ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दलले ५७ निर्वाचन चिन्हमा चुनाव लड्दैछन् ।

यसपटकको निर्वाचनका लागि मुलुकभर ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कुल करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् ।


प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री बिहीबार, साउन २१, २०८३
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह बिहीबार, साउन २१, २०८३
जनर्लिस्ट युनियन अफ नयाँ नेतृत्व निर्विरोध चयन
जनर्लिस्ट युनियन अफ नयाँ नेतृत्व निर्विरोध चयन बिहीबार, साउन २१, २०८३
राष्ट्रियसभाको बैठक सुरु
राष्ट्रियसभाको बैठक सुरु बिहीबार, साउन २१, २०८३
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन बिहीबार, साउन २१, २०८३
मतदाता नामावली संकलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
मतदाता नामावली संकलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह बिहीबार, साउन २१, २०८३
बाढीले बगाउँदा मृत्यु
बाढीले बगाउँदा मृत्यु बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP