Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • बंगलादेश चुनाव र शक्ति सन्तुलन
बंगलादेश चुनाव र शक्ति सन्तुलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २५, २०८२

एएफपी- अर्को हप्ता हुने बंगलादेशको निर्वाचनले भारतसँगको सम्बन्धलाई परीक्षण गर्ने र चीनको प्रभावलाई थप गहिरो बनाउने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् । बेइजिङले दक्षिण एसियामा आफ्नो पहुँच विस्तार गर्न खोजिरहेका बेला यो चुनावले क्षेत्रीय शक्ति सन्तुलनलाई पुनः आकार दिन सक्ने उनीहरूको ठहर हाे ।

अगस्ट २०२४ मा विद्यार्थी नेतृत्वको जनविद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको शासन अन्त्य भएको थियो । त्यसपछि फेब्रुअरी १२ मा हुने निर्वाचन बंगलादेशको पहिलो आम चुनाव हो । भारतले प्रत्यर्पण अनुरोध अस्वीकार गर्दै हसिनालाई शरण दिएको विषयले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको ढाकाको अन्तरिम सरकार असन्तुष्ट बनेको छ । यसले चीन र पाकिस्तानसँगको सम्बन्धलाई तीव्र बनाएको देखिन्छ ।

सत्र करोड जनसङ्ख्या भएको मुस्लिम बहुल राष्ट्र बंगलादेशले हसिनाको शासनकालमा चीनसँग व्यापार र रक्षा सम्बन्ध बलियो बनाएको थियो । यद्यपि त्यस अवधिमा नयाँदिल्ली ढाकाको प्रमुख साझेदार मानिन्थ्यो । यो सन्तुलन अहिले परिवर्तनतर्फ गएको विश्लेषकहरूको भनाइ छ ।

अमेरिकास्थित काउन्सिल अन फरेन रिलेसन्सका वरिष्ठ फेलो जोशुआ कुर्लेन्ट्जिकका अनुसार अन्तरिम र भावी सरकार चीनतर्फ झुकेको देखिन्छ । बंगलादेश बंगालको खाडी क्षेत्रमा चीनको रणनीतिक सोचको केन्द्र बन्दै गएको र ढाकाले चीन समर्थक भूमिका खेल्ने विश्वास बेइजिङमा बढेको उनले बताए ।

Hardik health

युनुसको पहिलो राजकीय भ्रमण चीनमा हुनु र जनवरीमा भारत नजिकैको प्रस्तावित उत्तरी एयरबेसमा ड्रोन प्लान्टसम्बन्धी रक्षा सम्झौता हुनु यस परिवर्तनको सङ्केतका रूपमा हेरिएको छ । ढाका विश्वविद्यालयका देलवर हुसेनले चुनावको नतिजा जे भए पनि बंगलादेश-चीन सम्बन्ध अझ गहिरो हुने सम्भावना उच्च रहेको बताए ।

यसको विपरित, हसिना अपदस्थ भएयता नयाँदिल्ली र ढाकाबीच तनाव देखिएको छ । भारतले बंगलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि हिंसा भएको भन्दै चिन्ता व्यक्त गरेको छ भने ढाकाले हिंसाको परिमाण बढाइचढाइ गरिएको आरोप लगाएको छ । सन् २०२५ मा साम्प्रदायिक हिंसामा करिब ७० अल्पसङ्ख्यकको मृत्यु भएको प्रहरी तथ्याङ्कले देखाउँछ ।

तर मेलमिलापका प्रयास पनि भएका छन् । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले जनवरीमा ढाका भ्रमण गर्नुभयो भने प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेता खालिदा जियाको निधनमा शोक सन्देश पठाए । यद्यपि एक बंगलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिगबाट हटाइएपछि बंगलादेशले भारतमा हुने टि-२० विश्वकपबाट पछि हट्ने निर्णयले सम्बन्ध थप चिसिएको थियो ।

अन्तर्राष्ट्रिय सङ्कट समूहका प्रवीण डोन्टीका अनुसार दुवै पक्ष बिग्रिएको सम्बन्ध नसम्हाल्नुको लागतबारे सचेत छन् । ढाकाले पाकिस्तानसँग प्रत्यक्ष उडान पुनः सुरु गरे पनि नयाँ सरकारले नयाँदिल्लीसँगको सम्बन्ध कमजोर नबनाई इस्लामाबादसँग सम्बन्ध सामान्य बनाउने सम्भावना रहेको विज्ञहरूको धारणा छ ।

सेवानिवृत्त कूटनीतिज्ञहरूले चीनसँगको बढ्दो सहकार्यले अनिवार्य रूपमा भारतसँग शत्रुता बढाउँछ भन्ने निष्कर्ष सही नहुने बताएका छन् । उनीहरूका अनुसार व्यापार, पूर्वाधार र आपूर्तिका आवश्यकता हेर्दा बंगलादेशले दुवै शक्तिसँग सन्तुलित सम्बन्ध राख्न सक्ने आधार अझै कायम छ ।
 


प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP