Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानमा विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु हुने
जापानमा विश्वकै ठूलो आणविक संयन्त्र पुनः सुरु हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २३, २०८२

एएफपी- जापानले विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र अर्को हप्ता पुनः सञ्चालनमा ल्याउने भएको छ । सन् २०११ को फुकुसिमा आणविक प्रकोपपछि पहिलो पटक पुनः सुरु गर्ने प्रयास अलार्मसँग सम्बन्धित गडबडीका कारण अस्थायी रूपमा निलम्बन गरेका थिए  ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) द्वारा सञ्चालित काशीवाजाकी-कारिवा आणविक संयन्त्रका प्रमुख ताकेयुकी इनागाकीले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ९ मा रिएक्टर सुरु गर्ने योजना रहेको जानकारी दिए । टेप्कोले जनवरी २१ मा रिएक्टर पुनः सञ्चालनमा ल्याएको थियो । तर अनुगमन प्रणालीबाट अलार्म बजेसँगै भोलिपल्ट रिएक्टर बन्द गरिएको थियो ।

इनागाकीका अनुसार कन्फिगरेसनमा भएको त्रुटिका कारण अलार्मले एउटा केबलमा विद्युतीय प्रवाहमा सानो परिवर्तन देखाएको थियो । ती परिवर्तनहरू अझै पनि सुरक्षित दायरा भित्र नै रहेकाले सुरक्षा जोखिम नभएको उनले स्पष्ट पारे ।

Hardik health

रिएक्टर सञ्चालन गर्न सुरक्षित रहेको निष्कर्षपछि कम्पनीले अब अलार्मको सेटिङ परिवर्तन गरेको इनागाकीले बताए । उनका अनुसार अर्को चरणमा व्यापक निरीक्षण गरिनेछ र मार्च १८ मा वा त्यसपछि व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ । काशीवाजाकी-कारिवा संयन्त्र सम्भावित उत्पादन क्षमताका आधारमा विश्वकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र मानिन्छ । यद्यपि, यसका सात रिएक्टरमध्ये हाल एउटा मात्र रिएक्टर पुनः सुरु गरिँदैछ ।

सन् २०११ मा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण फुकुसिमा आणविक संयन्त्रका तीन रिएक्टर पग्लिएपछि जापानले अधिकांश आणविक ऊर्जा केन्द्रहरू बन्द गरेको थियो । त्यसयता काशीवाजाकी–कारिवा पनि लामो समयदेखि बन्द अवस्थामा थियो ।

ऊर्जा स्रोतमा सीमितता भएको जापानले जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने र कृत्रिम बौद्धिकता (एआई) को विस्तारसँगै बढ्दो ऊर्जा माग पूरा गर्ने लक्ष्यसहित आणविक ऊर्जालाई पुनर्जीवित गर्न चाहेको छ ।

काशीवाजाकी–कारिवा सन् २०११ पछि टेप्कोद्वारा सञ्चालनमा ल्याइने पहिलो आणविक एकाइ हो । टेप्कोले फुकुसिमा दाइची संयन्त्र पनि सञ्चालन गरेको थियो, जुन हाल चरणबद्ध रूपमा बन्द गर्ने प्रक्रियामा छ । संयन्त्र वरपरको क्षेत्रमा जनमत भने गहिरो रूपमा विभाजित देखिन्छ । निगाता प्रान्तले सेप्टेम्बरमा गरेको सर्वेक्षणअनुसार करिब ६० प्रतिशत बासिन्दाले पुनः सञ्चालनको विरोध गरेका छन् भने ३७ प्रतिशतले समर्थन जनाएका छन् ।

जनवरीमा पुनः सुरुको विरोध गर्ने सात समूहले करिब ४० हजारको हस्ताक्षर सङ्कलन गरी टेप्को र जापानको आणविक नियमन प्राधिकरणसमक्ष निवेदन पेस गरेका थिए । उनीहरूले संयन्त्र सक्रिय भूकम्पीय फल्ट जोनमा अवस्थित रहेको र सन् २००७ मा शक्तिशाली भूकम्पको प्रभावमा परेको तथ्य औँल्याउँदै सुरक्षा चिन्ता व्यक्त गरेका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP