Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • बंगलादेशमा इस्लामवादी उम्मेदवारको चुनावी चुनौती
बंगलादेशमा इस्लामवादी उम्मेदवारको चुनावी चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २३, २०८२

एएफपी- बंगलादेशको सबैभन्दा ठूलो इस्लामवादी दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेद्वार शफिकुर रहमान यसअघि तीन पटक चुनाव लडेर पराजित भएका थिए । यसपटक भने उनी अन्ततः विजय हासिल गर्ने आशामा  छन्।

सन् २०२४ को जनविद्रोहपछि १५ वर्षसम्म सत्तामा रहनुभएकी प्रधानमन्त्री शेख हसिना अपदस्थ भएपछि बंगलादेशका मतदाताहरूले पहिलो पटक बिहीबार मतदान गदैछन् । सो विद्रोहपछि इस्लामवादी गतिविधिमाथि गरिएको लामो दमनको अन्त्य भएको मानिन्छ ।

सतसठ्ठी वर्षीय चिकित्सक तथा धार्मिक प्रचारक रहमानले नेतृत्व गरेका ११-दलीय गठबन्धनले चुनाव जित्ने सम्भावना रहेको दाबी गरिएको छ । तर आलोचकहरू र अल्पसङ्ख्यक समुदाय भने इस्लामवादी विजय आफ्नै अधिकार र सुरक्षामाथि असर पार्न सक्ने चिन्तामा छन् ।

रहमानले चुनावी अभियानमा समाजको नैतिक नवीकरणका लागि आफू उभिएको बताउँदै सुशासन, स्थिरता, शान्ति र समृद्धिको वाचा गरेका  छन् । सफल भएमा उनले संवैधानिक रूपमा धर्मनिरपेक्ष बंगलादेशमा पहिलो इस्लामवादी नेतृत्वको सरकार गठन गर्न सक्नेछ ।

Hardik health

सेतो दाह्री र सेतो पहिरनमा देखिनुहुने रहमानको जमात-ए-इस्लामी पार्टीले पुरुष उम्मेद्वारहरू मात्र उठाएको छ । यसले महिला अधिकारका विषयमा आलोचना पनि निम्त्याएको छ । पूर्वप्रधानमन्त्री हसिनाले भारतको नजिकिँदो नीतिका साथ इस्लामवादी समर्थक र चरमपन्थीहरूमाथि कडा कारबाही गरेकी थिइन् । उनको पतनपछि धेरै इस्लामवादी नेताहरू जेलबाट रिहा भएका छन् ।

उत्तरपूर्वी मौलभीबाजार जिल्लामा जन्मिएका रहमान सन् १९९६, २००१ र २०१८ मा संसद् चुनाव लडेका तिए   । उनकी पत्नी अमीना शफिक पनि चिकित्सक हुनुहुन्छ र सन् २०१८ मा आरक्षित महिला सिटमा निर्वाचित भएकी थिइन् ।

गत वर्ष महिलाको रोजगारी र भूमिकासम्बन्धी उनका अभिव्यक्तिले व्यापक आलोचना जन्माएको थियो । सामाजिक सञ्जालमा महिलाविरोधी टिप्पणी भएको एक पोस्टपछि ढाकामा महिलाहरूले विरोध प्रदर्शनसमेत गरेका थिए । रहमानले उक्त पोस्ट आफूले नगरेको र खाता ह्याक भएको दाबी गरे छ ।

कतिपय महिला नेताहरूले उनीसँग महिला अधिकार र अल्पसङ्ख्यकप्रतिको दृष्टिकोण स्पष्ट पार्न माग गरेका छन् । विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृ ताजनुबा जाबिनले स्पष्ट प्रतिबद्धता नहुँदासम्म महिला अधिकारको कुरा विश्वासयोग्य नहुने बताएकाे  छ ।

रहमानले इस्लामवादी समूहहरूको गठबन्धनको नेतृत्व गरिरहनुभएको छ, जुन वैचारिक रूपमा मुस्लिम ब्रदरहुडसँग नजिक मानिन्छ । उनको दलमाथि सन् १९७१ को स्वतन्त्रता युद्धका बेला पाकिस्तानलाई समर्थन गरेको आरोप पनि लाग्दै आएको छ ।

यद्यपि, पार्टीको विद्यार्थी संगठनले देशभरका विश्वविद्यालय निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको छ । विश्लेषकहरूका अनुसार उनको समायोजनशील स्वभाव नै उनको प्रमुख शक्ति हो । बंगलादेशको करिब १० प्रतिशत जनसङ्ख्या गैर-मुस्लिम रहेको सन्दर्भमा अल्पसङ्ख्यक समुदाय अझै चिन्तित छ । रहमानले जाति वा धर्मको भेद नगरी सबैको अधिकार रक्षा गरिने आश्वासन दिएका छन् र एक जना हिन्दू उम्मेदवारलाई पनि पार्टी सूचीमा समावेश गरेका छन् ।

उनले भारतसँग सन्तुलित सम्बन्धको पक्षमा बोल्दै मेलमिलापमुखी विदेश नीतिको सङ्केत दिएका छन् । तर उनको गठबन्धनमा रहेका केही कट्टरपन्थी समूहले सांस्कृतिक गतिविधि र महिला खेलकुदमाथि प्रतिबन्धको माग गर्दै आएका छन् । थप उग्र तत्वहरूद्वारा सुफी तीर्थस्थलमाथि आक्रमणजस्ता घटनाले पनि चिन्ता बढाएको छ ।
 
 


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP