एएनआई- डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि गरेकाे छ । डलरमा लगातार गिरावटको बावजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्यूजले जनाएको हाे ।
विगत सात महिना देखि घरेलु बजारमा डलर कमजोर भई हाल प्रति डलर करिब ६५ अफगानीमा कारोबार भइरहेको जनाइएको छ । यद्देपी पिठो, चामल र खाना पकाउने तेल जस्ता आवश्यक वस्तुहरूको मुल्य तीव्र वृद्धि रेकर्ड गरेको छ ।
टोलो न्यूजलाई उद्धृत गर्दै एक प्रतिवेदनले विनिमय दर घटेता पनि प्रमुख वस्तुहरूको मूल्य १००-१,००० अफगान भन्दा बढीको बीचमा बढेको बताइएको छ । यसैबीच, द अफगानिस्तान बैङ्कले सतर्क मौद्रिक व्यवस्थापनका कारण अफगानिस्तान यस क्षेत्रको सबैभन्दा स्थिर मुद्राहरू मध्ये एक रहेको उल्लेख गरेको टोलो न्यूजले जनाएको छ ।
केन्द्रीय बैङङ्कका प्रवक्ता हासिबुल्लाह नूरीले “विवेकपूर्ण र सन्तुलित मौद्रिक नीतिहरूको कार्यान्वयन, निर्यात वृद्धि, अधिक पारदर्शिता, लागु औषध तस्करीको रोकथाम र अफगानको प्रवद्र्धनका माध्यमबाट केन्द्रीय बैङ्कले राष्ट्रिय मुद्राको स्थिरतालाई बलियो बनाउन मद्दत गरेको बताएका छन्।
विविध आश्वासनहरूका बावजुद, बढ्दो लागतले विशेष गरी दैनिक आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेका कम आय भएका परिवारहरूमा दबाब बढाएको जनाइएको छ । चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्टले मूल्यवृद्धिलाई मुद्रा चालमा मात्र श्रेय नदिइ बजारलाई स्थिर बनाउन कदम चालेकोमा जोड दिएको टोलो न्यूजले जनाएको छ ।
चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्टका कार्यवाहक प्रमुख मोहम्मद वली अमिनीले “निजी क्षेत्रका माध्यमबाट चेम्बर अफ कमर्सले खाद्यान्न र आवश्यक वस्तुहरूको पर्याप्त उपलब्धता सुनिश्चित गर्न प्रयास गरिरहेको बताएका छन् ।
टोलो न्यूजले चलिरहेको आयात र पारवहन प्रतिबन्धहरूले दैनिक ज्यालामा निर्भर हुने कमजोर परिवारहरूमा भारी असर गरिरहेको छ जनाएको छ ।