Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • इरान-अमेरिका ओमान वार्ता तयारी
इरान-अमेरिका ओमान वार्ता तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २३, २०८२

एएफपी- घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका शुक्रबार ओमानमा वार्ता गर्न तयारी अवस्थामा पुगेका छन् । वासिङ्टनले इरानी आणविक कार्यक्रमसहित अन्य विषयमा कूटनीतिक प्रगतिको सम्भावना छ कि छैन भन्ने जाँच गर्ने उद्देश्यले सैन्य कारबाहीलाई अस्वीकार गर्दै वार्तामा जान लागेको जनाएको हाे ।

वार्ता स्थान, समय र ढाँचाबारे लामो अनिश्चिततापछि बुधबार राति पुष्टि भएको छ । गत जुनमा संयुक्त राज्य अमेरिकाले इरानका आणविक साइटहरूमा आक्रमण गरी यस मुलुकविरुद्ध इजरायलको युद्धमा सामेल भएपछि दुई देशबीच हुने यो पहिलो प्रत्यक्ष कूटनीतिक सम्पर्क गरेकाे छ । संयुक्त राज्य अमेरिकातर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टिभ विटकफले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने इरानतर्फबाट विदेशमन्त्री अब्बास अराघची वार्तामा सहभागी छन् ।

अराघचीले वार्ताअघि सामाजिक सञ्जाल एक्समा लेख्दै इरान खुला आँखा र गत वर्षका अनुभवका साथ कूटनीतिमा प्रवेश गरिरहेको बताए । उनले इरान राम्रो विश्वासका साथ संलग्न हुने र आफ्नो अधिकारमा दृढ रहने स्पष्ट पारे । प्रतिबद्धताहरूको सम्मान अनिवार्य रहेको उल्लेख गर्दै उनले समानता, आपसी सम्मान र पारस्परिक हित दीगो सम्झौताका आधारस्तम्भ भएको बताए ।

इरानले बिहीबार शान्ति कायम राख्न कूटनीतिको प्रयोग गर्ने कुनै अवसर नछोड्ने जिम्मेवारी रहेको जनाउँदै वासिङ्टनले जिम्मेवारी, यथार्थवाद र गम्भीरताका साथ छलफलमा भाग लिने अपेक्षा व्यक्त गरेको छ ।अमेरिकी प्रतिनिधिमण्डल इरानको ‘शून्य आणविक क्षमता’ को लक्ष्यबारे अन्वेषण गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ । प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पसँग कूटनीतिबाहेक अन्य विकल्प पनि रहेको चेतावनी दिए ।

Hardik health

यो बैठक इरानमा धर्मगुरु नेतृत्वविरुद्ध फैलिएको राष्ट्रव्यापी विरोध प्रदर्शन दबाइएपछि एक महिनाभित्र आयोजना हुन लागेको हो । अधिकार समूहहरूका अनुसार ती प्रदर्शनहरू अभूतपूर्व दमनका कारण हजारौँको ज्यान गएको थियो । ट्रम्पले बिहीबार इरानका सन्दर्भमा उनीहरू वार्ता गरिरहेको टिप्पणी गरे । उनले अमेरिकी नौसैनिक शक्ति क्षेत्रमा तैनाथ रहेको उल्लेख गर्दै इरानले आक्रमण गर्न नचाहने दाबी पनि गरे ।

यसअघि ट्रम्पले प्रदर्शनकारीमाथिको दमनलाई लिएर सैन्य कारबाहीको चेतावनी दिएका थिए । तर हाल उनको ध्यान इरानी आणविक कार्यक्रममा केन्द्रित देखिएको छ, जसलाई पश्चिमी देशहरूले हतियार निर्माणतर्फ लक्षित हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा ट्रम्पले सबै विकल्प खुला राख्ने बताए । उनका अनुसार गैरसैन्य उपायबाट सम्भव सबै प्रयास गरिनेछ र अन्तिम विकल्पका रूपमा मात्र सैन्य कदम रोजिनेछ ।

यसैबीच, जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले दोहाबाट इरानी नेतृत्वलाई गम्भीर रूपमा वार्तामा प्रवेश गर्न आग्रह गर्दै क्षेत्रमा सैन्य तनाव बढ्ने खतरा रहेको बताए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले पनि पक्षहरू कूटनीतिका लागि स्थान खोजिरहेको सङ्केत देखिएको टिप्पणी गरे ।

वार्तामा क्षेत्रीय देशहरूको सहभागिता, तेहरानका प्रोक्सी समूहहरूको समर्थन र ब्यालिस्टिक मिसाइल कार्यक्रम समेट्ने विषयमा मतभेद देखिएको छ । इरानले यी विषयमा आपत्ति जनाउँदै आएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार वासिङ्टनले वार्तामा क्षेत्रीय शक्तिहरूलाई बाहिर राख्न सहमति जनाएको छ, यद्यपि आणविक मुद्दासँगै मिसाइल र सशस्त्र समूहसम्बन्धी छलफल सम्झौताको ढाँचा बनाउन केन्द्रित रहने जनाइएको छ ।

अमेरिकास्थित एक अनुसन्धान संस्थाले इरानले केही अमेरिकी मागप्रति लचिलोपन देखाएको मूल्याङ्कन गरेको छ । यसले कूटनीतिक समाधानको सम्भावना अझै अनिश्चित रहेको सङ्केत दिएको छ । क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढ्दै गएको छ । संयुक्त राज्य अमेरिकाले विमान वाहक युएसएस अब्राहम लिङ्कनको नेतृत्वमा नौसैनिक समूह परिचालन गरेको छ । इरानले भने आक्रमण भएमा अमेरिकी आधारहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दोहोर्‍याएको छ ।

इरानी सेनाका प्रवक्ताले देश रक्षा गर्न पूर्ण रूपमा तयार रहेको र सम्झौता वा युद्धबीचको छनोट वासिङ्टनकै हातमा रहेको बताएका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP