Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी टेकबाट टाढिँदै इयु
अमेरिकी टेकबाट टाढिँदै इयु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २२, २०८२

एएफपी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (इयु) ले विदेशी शक्तिमाथिको आर्थिक निर्भरता घटाउने कुरा गर्दा त्यसको मुख्य अर्थ चीन नै मानिन्थ्यो । तर ट्रम्पको पुनरागमनसँगै ब्रसेल्सको ध्यान अब अमेरिकी प्रविधितर्फ केन्द्रित हुन थालेको हाे ।

व्यापारमा दबाब सिर्जना गर्नेदेखि ग्रिनल्यान्ड कब्जाको धम्कीसम्म ट्रम्पका अभिव्यक्तिहरू तीव्र बन्दै गएपछि, चाहेको खण्डमा उहाँले युरोपलाई डिजिटल रूपमा ठप्प पार्न सक्ने चिन्ता बढेको छ । ग्रिनल्यान्ड विषयमा ट्रम्प पछि हटेपछि इयुका उच्च अधिकारीहरूले भू–राजनीतिक झड्काप्रति सङ्घ अत्यन्तै असुरक्षित रहेको चेतावनी दिँदै रक्षा, ऊर्जा र प्रविधिमा रणनीतिक आत्मनिर्भरताको आवश्यकता औँल्याउन थालेका छन् ।

सन् २०२३ को इयु प्रतिवेदनअनुसार, २७ देशको यो सङ्घ डिजिटल उत्पादन, सेवा, पूर्वाधार र बौद्धिक सम्पत्तिको ८० प्रतिशतभन्दा बढीका लागि विदेशी देशहरूमा निर्भर छ । यही निर्भरता घटाउने प्रयासस्वरूप युरोपले अमेरिकी प्रविधिमाथिको निर्भरता क्रमशः कम गर्न थालेको देखिन्छ ।

यसको पछिल्लो उदाहरण गत साता देखियो । फ्रान्सले सरकारी कर्मचारीलाई चाँडै जुम वा माइक्रोसफ्ट टिम्सजस्ता उपकरणको सट्टा स्वदेशी विकल्प प्रयोग गर्न निर्देशन दिने तयारी गरेको बतायो । ब्रसेल्सका लागि वास्तविक चेतावनी भने गत वर्ष आएको थियो । वासिङ्टनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूमाथि प्रतिबन्ध लगायो । यसका कारण उनीहरू अमेजन र गुगलजस्ता अमेरिकी प्रविधिबाट वञ्चित भए ।

Hardik health

यस घटनाले युरोपेली जीवनशैलीलाई आधार दिने धेरै उपकरणमाथि अमेरिकाको कति बलियो नियन्त्रण छ भन्ने स्पष्ट पारेको छ । इयुकी प्रविधि आयुक्त हेन्ना भिर्कुनेनले विगत एक वर्षमा अत्यन्त महत्त्वपूर्ण प्रविधिमा कुनै एक देश वा कम्पनीमाथि निर्भर नहुने आवश्यकता सबैले गम्भीर रूपमा महसुस गरेको बताए । उनले यस्ता निर्भरताहरू हतियारका रूपमा प्रयोग हुन सक्ने चेतावनी पनि दिए ।

भिर्कुनेनले आगामी मार्चमा क्लाउड, कृत्रिम बौद्धिकता (एआई) र चिप्स समेटिएको ‘टेक सार्वभौमिकता’ सम्बन्धी ठूलो प्याकेज सार्वजनिक गर्ने तयारी गरेका छन् । यिनै क्षेत्रमा इयुले बढी स्वायत्तता निर्माण गर्न चाहेको छ । युरोपेली डिजिटल एसएमई एलायन्सका महासचिव सेबास्टियानो टोफालेट्टीले डिजिटल प्रविधि अब तटस्थ उपकरण मात्र नरहेको बताए । उनका अनुसार, क्लाउड, एआई वा प्लेटफर्मजस्ता आधारभूत पूर्वाधार युरोपबाहिरबाट नियन्त्रण हुँदा नियम, डाटा र अन्ततः दबाब पनि बाहिरकै हातमा पुग्छ ।

सदस्य राष्ट्रहरूमध्ये फ्रान्स र जर्मनी यस अभियानमा अग्रणी देखिएका छन् । जर्मनीको उत्तरी राज्य श्लेसविग–होल्स्टाइनले गत वर्ष माइक्रोसफ्ट त्यागेर खुला स्रोत सफ्टवेयर अपनाउँदै डिजिटल सार्वभौमिकताको उदाहरण प्रस्तुत गरेको थियो । राज्यका डिजिटलकरण मन्त्री डिर्क श्रोएड्टरले सुरुआतमा यो कदम आर्थिक कारणले चालिएको भए पनि राजनीतिक तनावले यसको महत्त्व झन् बढाएको बताए ।

छ महिनाभित्र राज्यले ४० हजारभन्दा बढी मेलबक्स माइक्रोसफ्ट एक्सचेन्ज र आउटलुकबाट ओपन–एक्सचेन्ज र थन्डरबर्डमा सार्‍यो । केही चुनौती आए पनि यसले डिजिटल स्वतन्त्रता सम्भव छ भन्ने सन्देश दिएको उहाँको भनाइ छ । यस्तै, युरोपेली संसद्ले पनि माइक्रोसफ्टलगायत उपकरणमाथिको निर्भरता पुनरावलोकन गरिरहेको छ ।

इयु स्तरमा पनि पहलहरू अघि बढिरहेका छन् । फ्रान्सेली कम्पनी मिस्त्राल र जर्मनीको एसएपीले युरोपेली एआई–आधारित क्लाउड समाधानमा सहकार्य गर्ने सहमति जनाएका छन् । फ्रान्स, जर्मनी, इटाली र नेदरल्यान्ड्सले साझा युरोपेली डिजिटल पूर्वाधार निर्माणका लागि आयोगको नेतृत्वमा संयुक्त प्रयास थालेका छन् ।
आज इयुका धेरै नीतिहरू सार्वभौमिकताको दृष्टिकोणबाट हेरिन थालेका छन् । डिजिटल युरो विकासको काम अघि बढिरहेको छ, जसलाई थोमस पिकेट्टीसहित दर्जनौँ अर्थशास्त्रीले युरोपेली सार्वभौमिकताको आवश्यक सुरक्षा भनेका छन् । यसअघि सन् २०२४ मा मास्टरकार्ड, भिसा र पेपलको विकल्पका रूपमा ‘वेरो’ नामक युरोपेली भुक्तानी प्रणाली सुरु भइसकेको छ ।

तर ब्रसेल्सस्थित थिङ्कट्याङ्क सेर्रेका जाक मेयर्सले प्रविधि सार्वभौमिकताको लक्ष्य स्पष्ट हुनुपर्ने चेतावनी दिनुभएको छ । यदि उद्देश्य राजनीतिक दबाब झेल्ने हो भने अमेरिकाविरुद्ध बढी ‘दबाब सिर्जना गर्ने क्षमता’ विकासमा ध्यान दिनु उपयुक्त हुने उहाँको तर्क छ । उनका अनुसार, अमेरिकी प्रविधि प्रयोग घटाउनु भन्दा चिप निर्माण मेसिनरी, कर्पोरेट सफ्टवेयर र दूरसञ्चार उपकरणजस्ता क्षेत्रमा युरोपमाथि अमेरिकाको निर्भरता बलियो बनाउनु प्रभावकारी रणनीति हुन सक्छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP