Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २१, २०८२

लुम्बिनी- लुम्बिनी प्रदशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएको छ ।उनले लुम्बिनी प्रदेश संवेदनशीलसँगै राम्रो रहेको उल्लेख गर्दै अब कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा रहेको बताए  ।

प्रदेशको नवौँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा आज राप्ती उपत्यका (देउखुरी) आज सम्पन्न  मूल समारोह कार्यक्रममा उनले सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गरे । 

उनहाँले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उँचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । “खेतको फाँट जोगाउनुपर्छ, मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ”, उनले भने, “धान फल्ने फाँट जोगायौँ भने कोही भोकै बस्नुपर्दैन ।” कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै गर्दा सङ्घीयतालाई बलियो बनाउने काम प्रदेशबाट भएको बताए । सङ्घीयताका कारण जनताको घरआँगनमा विकास पुगेको र जनताले त्यसको अनुभूति गर्न पाएको उनको भनाइ छ । 

Ncell
Hardik health

“आज सङ्घीयताका कारण प्रदेश स्थापना भयो, प्रदेशले गरेका कामहरूको अनुभूति नागरिकहरूले गर्न पाउनुभएको छ”, उनले भने, “आज केही भएन, प्रदेश बोझिलो भयो भन्नेहरूलाई एक पटक प्रदेशमा भएको खर्चहरूको विवरण हेरेर मात्रै मूल्याङ्कन गर्न अनुरोध गर्दछु, गलत भाष्य खडा गर्ने काम नगरियोस् ।”

प्रदेश बोझिलो नभई विकास निर्माणको आधारका रूपमा स्थापित हुँदै गएको उनले स्पष्ट पारे । यसका साथै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर लागू गरेको जानकारी दिए ।  “अहिले सुशासन र पारदर्शिताको कुरा बढी उठाइएको छ, प्रदेश सरकारले पहिल्यै यस क्षेत्रमा कानुनी आधार तयार पारेर काम गरिसकेको छ”, उनले भने, “प्रदेशको काम र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएका छौँ ।”

प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा कानुन निर्माण गर्ने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने पक्षलाई बलियो बनाउँदै लगेको बताए।  उनले ऐन र कानुन निर्माण गरेर प्रदेशलाई यो अवस्थासम्म ल्याउन सफल भएको बताए ।

“कानुन निर्माणमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा छ, कार्यान्वयन तहमा पनि त्यसैगरी अघि बढिरहेको छ”, उनले भने, “अब हामी जनतासँग जोडिएका कानुन बनाउने गरी भूमिका बढाइरहेका छौँ ।” पूर्वमुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको विकासका लागि सुशासन आवश्यक रहेको बताए । समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन पूर्वाधार तथा मानवीय श्रमशक्तिको विकास अनिवार्य रहेको उनको भनाइ छ । “लुम्बिनीलाई समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन कृषि र पर्यटनलाई केन्द्रमा राखेर योजना बनाउन आवश्यक छ”, उनले भने, “समृद्धिको कामलाई अघि बढाउन सुशासन चाहिन्छ, त्यस दिशामा प्रदेशले कामको गति बढाउन जरुरी छ ।”

कार्यक्रममा प्रदेशसभाले आयोजना गरेको खुला वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय बर्दियाकी पूर्णिमा ओली, दोस्रो स्थान हासिल गर्ने माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल घोराहीकी सलिना पौडेल र तृतीय स्थान हासिल गर्ने सोही विद्यालयका सिद्धान्त अधिकारीलाई पुरस्कृत गरिएको थियो ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP