Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २१, २०८२

काठमाडौं -  सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रियता हाम्रो अस्तित्वको आधार भएको उल्लेख गर्दै राष्ट्रियता र समृद्धि सँगसँगै अघि बढ्न विकासका योजनाहरूले नागरिकको पहिचान, संस्कृति र जीवनशैलीलाई सम्मानित गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।  उपराष्ट्रपति यादवले बुधबार काठमाडौंमा आदिवासी जनजाति आयोगको पाँचौं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन्  ।  

उहाँले विकासको नाममा विस्थापन होइन, सशक्तीकरण र अवसर विस्तार गर्न जरुरी रहेको बताउनुभयो । ‘नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रलाई आत्मसात गर्दै विविधताबीचको एकता, सामाजिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको संरक्षण गर्ने संकल्प लिएको छ’ उनले भने, ‘समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने जिम्मेवारी संवैधानिक आयोगहरूको हो।’

उनले आदिवासी जनजाति आयोगलाई संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनमा मार्गदर्शक भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक निकायका रूपमा रहेको उल्लेख गरे । आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृति राष्ट्रिय गौरवका आधारस्तम्भ भएको बताउँदै उहाँले यसलाई जगेर्ना, संरक्षण र संवद्र्धन गर्नु सामूहिक जिम्मेवारी भएको उल्लेख गरे ।

Hardik health

उपराष्ट्रपति यादवले आयोगले अनुसन्धान, परामर्श, नीति सिफारिस र समन्वयलाई सशक्त बनाउँदै अधिकारलाई व्यवहारमा अनुभूत हुने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले विकासका योजनाले आदिवासी जनजातिको भाषा, संस्कृति र जीवनशैली विस्थापित नहोस् भन्ने संवेदनशीलता कायम राख्नुपर्ने आवश्यकता औंल्याए ।

समाजका सबै वर्गले आफूलाई राज्यको समान हिस्सेदारका रूपमा अनुभूत गर्न सक्ने वातावरण निर्माण गर्न आयोगले मार्गदर्शक भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले आदिवासी जनजाति समुदायको सशक्तीकरणले दिगो शान्ति, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले निर्वाचन नेतृत्व चयन मात्र नभई नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएको बताए । निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदारका रूपमा अनुभूत गराउने वातावरण निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे । 

सम्बोधनको अन्त्यमा उपराष्ट्रपति यादवले आदिवासी जनजाति आयोग परिवार तथा सम्पूर्ण आदिवासी जनजाति समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दै राज्यका सबै निकाय, नागरिक समाज र सरोकारवाला पक्षबीच सहकार्य निरन्तर कायम रहोस् भन्ने आग्रह पनि गरे ।


 


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता बुधबार, माघ २१, २०८२
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी बुधबार, माघ २१, २०८२
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं बुधबार, माघ २१, २०८२
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल बुधबार, माघ २१, २०८२
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP