Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २१, २०८२

देवदह- रुपन्देहीको भैरहवामा रात्रिकालीन बजार सञ्चालनका लागि पहल गरिने भएको छ । सिद्धार्थ सञ्जाल, रुपन्देहीले यस क्षेत्रमा रात्रिकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार (सिद्धार्थनगर नगरपालिका), जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आवश्यक परामर्श तथा पहल गर्ने भएको हो ।

यही माघ १९ र २० गते नवलपरासी (बर्दघाट–सुस्ता–पूर्व), नवलपुरको कावासोती नगरपालिका–१५ स्थित बाघखोरमा भएको सञ्जालको समीक्षा तथा योजना बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । अध्यक्ष ज्ञवालीले विगतमा पनि रात्रिकालीन बजार सञ्चालनका लागि समिति बने पनि आवश्यक काम अघि बढ्न भने बाँकी रहेको बताए । 

उनले बजार सञ्चालनका लागि विशेष गरी प्रहरी–प्रशासन र स्थानीय सरकारको साथ र सहयोग आवश्यक रहेकामा जोड दिए । सञ्जालले विगतमा पनि पहल गरेको र पुनः पहल थाल्ने उनले जानकारी दिए । यसमा सिद्धार्थनगर नगरपालिकाले विशेष चासो राख्नुपर्ने उनको भनाइ छ ।

“नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक बेलहिया नाका हुँदै भित्रिने गरेका छन्, तर गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार भैरहवामा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिएको छैन, बेलहिया हुँदै अन्यत्र जाने पर्यटकलाई कम्तीमा एकदिन भए पनि भैरहवामा बसाउन रात्रीकालीन बजार सञ्चालनको अत्यन्तै आवश्यकता छ”, अध्यक्ष ज्ञवालीले भने ।

Hardik health

हप्तामा कम्तीमा दुईदिन रात्रिकालीन बजार सञ्चालन गरी स्थानीय खानाका परिकारको स्टल राख्ने, विभिन्न जातजाति तथा समुदायबाट सांस्कृतिक प्रस्तुति, गौतमबुद्धको जीवनीमा आधारित वृत्तचित्र देखाउनुका साथै विभिन्न कार्यक्रम आयोजना गर्न सकिने उनको भनाइ छ ।

रात्रिकालीन बजार सञ्चालन भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने र यस क्षेत्रको आर्थिक गतिविधिलाई अझ चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष ज्ञवालीले बताए ।समीक्षा तथा योजना बैठकले १८ बुँदे वार्षिक कार्ययोजना तय गरेको सिद्धार्थ सञ्जालका महासचिव मधुप्रसाद पन्थीले बताए ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि दबाबमूलक कार्यक्रम र सम्बन्धित ठाउँमा छलफल, पर्यटन प्रवद्र्धनसम्बन्धी योजना ल्याएर पर्यटकका समस्या समाधानका लागि पहल तथा पर्यटकीय र धार्मिकस्थलको पहिचान गरी प्रचारप्रसारको योजना ल्याउने निर्णय भएको महासचिव पन्थीले जानकारी दिए।

त्यस्तै विभिन्न संघ-संस्थासँग छलफल तथा अन्तक्र्रिया गरी समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल, उद्योगी–व्यवसायी र वस्तुगत संघ- संस्थाको गुनासो सुनी सम्बन्धित ठाउँमा पेस, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायसँग समन्वय गरी छलफल तथा अन्तक्र्रिया, स्थानीय विकास र भौतिक निर्माणसँग सम्बन्धित विषयमा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल, समग्र भैरहवाको विकासका अवसर तथा चुनौती विषयक छलफल कार्यक्रम एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि सम्बन्धित निकायसँग छलफल गर्ने योजना रहेको उनले बताए ।

त्यसैगरी सीमा क्षेत्र व्यवस्थित गर्न आवश्यक पहल, सरकारी कार्यालयहरुसँग समन्वय गरी आवश्यक सल्लाह–सुझाव दिने तथा यहाँका समस्याबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने र यस क्षेत्रमा महोत्सव सञ्चालनका लागि स्थायी मण्डप नभएकाले भैरहवा मण्डपका लागि जग्गाकोे व्यवस्थापनका निम्ति सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको सञ्जालका उपाध्यक्ष डा शान्तकुमार शर्माले बताए । करिब अढाइ वर्षअघि भैरहवा क्षेत्रका संघ–संस्थाको भेला गरी शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यवसाय क्षेत्रको विकासका लागि आवाज बुलन्द गर्ने उद्देश्यले सिद्धार्थ सञ्जाल, रुपन्देही गठन भएको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । 
 


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव बुधबार, माघ २१, २०८२
न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र
न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्र बुधबार, माघ २१, २०८२
एलपीजी ग्याँस अभाव भन्दै फैलिएको हल्ला निराधार
एलपीजी ग्याँस अभाव भन्दै फैलिएको हल्ला निराधार बुधबार, माघ २१, २०८२
विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी
विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी बुधबार, माघ २१, २०८२
विसं २०८३ को पात्रो फागुन २ गतेदेखि बजारमा आउने
विसं २०८३ को पात्रो फागुन २ गतेदेखि बजारमा आउने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP