Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, माघ २१, २०८२

 

जनताले अब नारा होइन, नतिजा खोजिरहेका छन् । रोजगारी, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष सुधार चाहेका छन् । जनताको यो भावना बुझेको छु । यसलाई सम्बोधन गर्न सक्ने भनेको कांग्रेसले मात्रै हो ।      
नरेन्द्रकुमार केरुङ
कांग्रेस उम्मेदवार

काठमाडौं- पाँचथरमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले परम्परागत नाराभन्दा प्रत्यक्ष नतिजा र देखिने कामलाई मुख्य एजेण्डा बनाएका छन् । रोजगारी, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनजस्ता आधारभूत क्षेत्रमा मतदाताले तत्काल सुधारको माग गर्न थालेपछि सोहीअनुसार उम्मेदवारहरूले चुनावी एजेण्डा बनाएका हुन् । पाँचथरको गाउँबस्ती हुँदै बजारसम्म फैलिएको एउटै आवाज छ, ‘अब भाषण होइन, काम चाहियो ।’

मेरो उम्मेदवारी देशको सार्वभौमसत्ता र जनअधिकारको संरक्षणसँग जोडिएको छ । राष्ट्रियता जोगाउन, संविधानको रक्षा गर्न र लोकतन्त्र जोगाउन म चुनावी मैदानमा आएको हुँ ।
अइन्द्रसुन्दर नेम्बाङ
एमाले उम्मेदवार

Hardik health

यही जनभावनालाई आधार बनाएर नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ आफूलाई काममा विश्वास गर्ने नेताका रूपमा प्रस्तुत गरिरहेका छन् । घरदैलो अभियानमा मतदाताबाट आएको प्रतिक्रियालाई उद्धृत गर्दै केरुङले प्रभावसँग भने, ‘जनताले अब नारा होइन, नतिजा खोजिरहेका छन् । रोजगारी, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष सुधार चाहिएको बताएका छन् ।’ 

जहाँ-जहाँ पुगेको छु, जनताको प्रतिक्रिया उत्साहजनक छ । समृद्ध पाँचथर र विकसित पाँचथर बनाउन नेतृत्व गर्दै संसद्मा पाँचथरको आवाज सशक्तरूपमा उठाउने मेरो प्रतिबद्धता छ । 
हर्क नेम्बाङ
नेकपा उम्मेदवार

पहिलोपटक प्रतिनिधिसभा उम्मेदवार बनेका केरुङ आफू र जनताबीचको सम्बन्ध पुरानो भएको दाबी गर्छन् । ३५ वर्षदेखि जनसेवामा सक्रिय रहेको उल्लेख गर्दै उनले जिल्लाको दुर्दिम्बादेखि फलैंचासम्मका बस्तीमा जनताको पीडा र चाहना नजिकबाट बुझेको दाबी गरेका छन् ।

जेन-जी विद्रोहपछि बदलिएको राजनीतिक वातावरणमा पुरानो दलको उम्मेदवार हुनु असहज नभई झनै सहज भएको केरुङको दाबी छ । ‘परिवर्तनको जग नै नेपाली कांग्रेस हो,’ उनी भन्छन् । निर्वाचित भए प्रत्येक तीन महिनामा ‘सांसदसँग जनता’ कार्यक्रम सञ्चालन गर्ने, कृषि उद्योगलाई पाँचथरको समृद्धिको मेरुदण्ड बनाउने र युवालाई जिल्लामै रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन् । अलैंची, अदुवा, जडीबुटी, अम्रिसो, किबी, आलु र नासपातीजस्ता उत्पादनको प्रशोधन र मूल्य अभिवृद्धिमा जोड दिने उनको प्रतिबद्धता छ ।

नेकपा एमालेले पाँचथरको चुनावलाई केवल स्थानीय प्रतिस्पर्धा नभई राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा गर्ने निर्णायक लडाइँका रूपमा व्याख्या गरेको छ । एमालेबाट उम्मेदवार बनेका अइन्द्रसुन्दर नेम्बाङ आफ्नो उम्मेदवारी देशको सार्वभौमसत्ता र जनअधिकारको संरक्षणसँग जोडिएको बताउँछन् । दोस्रो संविधानसभा सदस्यसमेत रहेका नेम्बाङका लागि यो प्रतिनिधिसभा निर्वाचन पहिलो अवसर हो । पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले २०७४ र २०७९ मा हासिल गरेको जितको विरासत जोगाउँदै एमालेको ‘ह्याट्रिक’ जित कायम राख्ने जिम्मेवारीसमेत उनकै काँधमा छ । 

‘मेरो उम्मेदवारी राष्ट्रियता जोगाउन, संविधानको रक्षा गर्न र लोकतन्त्र जोगाउन हो,’ नेम्बाङ भन्छन् । एमालेको पार्टी संगठन पूर्णरूपमा एकताबद्ध रहेको दाबी गर्दै उनले संगठनात्मक शक्ति, कार्यकर्ताको एकता र जनताको उत्साहलाई आफ्नो जितको मुख्य आधार बताएका छन् । कुम्मायक र तुम्बेवाका खानेपानी समस्या समाधानतर्फ अघि बढेको, पाँचथर अस्पताललाई पूर्वी क्षेत्रकै प्रमुख स्वास्थ्य संस्थाका रूपमा विकास गरिएको र शिक्षा क्षेत्रमा सुधार भइरहेको उनको दाबी छ । कृषि, पर्यटन र उद्योगलाई जोडेर रोजगारी सिर्जना गर्ने एमालेको एजेण्डालाई उनले मुख्य चुनावी प्रतिवद्धताका रूपमा अघि सारेका छन् ।

प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हर्क नेम्बाङ पनि प्रभावशाली रूपमा देखिएका छन् । पहिलोपटक संसदीय चुनावमा होमिएका उनले २६ वर्षदेखि पार्टीको पूर्णकालीन कार्यकर्ताका रूपमा पाँचथरको जनस्तरमा काम गरेको अनुभवलाई जितका लागि आफ्नो मुख्य पुँजी मानेका छन् । ‘जहाँ-जहाँ पुगेको छु, जनताको प्रतिक्रिया उत्साहजनक छ,’ उनले भने । 

निर्वाचनमा जित हासिल भएमा समृद्ध पाँचथर र विकसित पाँचथर बनाउन नेतृत्व गर्ने र संसद्मा पाँचथरको आवाज सशक्तरूपमा उठाउने उनको प्रतिबद्धता छ । यसबाहेक उनले पहाडी जिल्लामा तीव्र बसाइँसराइ गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औंल्याएका छन् । ताप्लेजुङ र तेह्रथुमसमेतलाई समेट्नेगरी सरकारी मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव, हरेक घर आत्मनिर्भर नारासहित कृषि केन्द्रित रोजगारी कार्यक्रम अघि सारेका छन् ।

तीन प्रमुख उम्मेदवारबीचको त्रिपक्षीय प्रतिस्पर्धाले पाँचथरको निर्वाचनलाई थप रोचक बनाएको छ । तर मतदाताको साझा चाहना एउटै छ, ‘यो चुनाव जित्नेले भाषण होइन, देखिने, मापनयोग्य र जनताको जीवनमा प्रत्यक्ष असर गर्ने काम गरेर देखाउनुपर्ने छ ।’ यही दबाबले यसपटक पाँचथरको चुनावलाई सिटको लडाइँमात्र नभई विश्वास, विश्वसनीयता र नतिजाको परीक्षा बनाइदिएको छ ।

चुनावी प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महेन्द्रविक्रम थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । श्रम संस्कृति पार्टीबाट मुन्धुमी गायक हस्तराज सेर्मा (ब्रबिम), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट तेजकुमार कुरुम्बाङ, उज्यालो नेपाल पार्टीबाट टेकबहादुर लिम्बू, जनता समाजवादी पार्टीबाट मचिन्द्र बेघा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भानुभक्त फियाक, राष्ट्रिय मुक्ति पार्टीबाट मित्र लिङ्देन, मंगोल नेसनल अर्गनाइजेसनबाट रामकुमार तुम्रोक, नेकपा माओवादीबाट विजय नेम्बाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रकाश काफ्ले र नेपाल मजदुर किसान पार्टीबाट लछुमन तामाङ उम्मेदवार छन् ।

कांग्रेस, एमाले र नेकपाबाहेक अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज सेर्माले चुनावी माहोल बनाएका छन् । उनले जिल्लाको गाउँ-गाउँसम्म माटो चुनाव चिह्नमा भोट मागिसकेका छन् । उनले प्रभावसँग भने, ‘यसपटक जित माटोको हुन्छ, मैले जित्छु । पाँचथरे जनताले माटोलाई माया गर्नुहुन्छ ।’

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाँचथरमा एक लाख ४३ हजार ४०७ जना मतदाता छन् । १०२ मतदानस्थलमा १७९ वटा मतदान केन्द्र छन् । यीमध्ये २९ वटा अति संवेदनशील, ६६ वटा संवेदनशील र सातवटा सामान्य स्थितिका मतदानस्थल छन् । 

यस्तो छ विगतको चुनावी परिणाम
गत प्रतिनिधिसभा निर्वाचनमा देशमै सर्वाधिक कम मतान्तरले कुनै उम्मेदवार निर्वाचित भए भने उनी हुन्- वसन्तकुमार नेम्बाङ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा उनी तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनप्राप्त कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बेलाई ४६ मतान्तरले पराजित गर्दै संसद् पुगे । 

निर्वाचन आयोगका अनुसार नेम्बाङले ३२ हजार १३५ मत र आङ्देम्बेले ३२ हजार ८९ मत पाए । त्यसअघि २०७४ मा यहाँ एमाले-माओवादीको वाम गठबन्धनबाट नेम्बाङ नै निर्वाचित भएका थिए । २०७० को संविधानसभा निर्वाचनमा भने पाँचथरमा दुईवटा निर्वाचन क्षेत्र थिए । क्षेत्र नम्बर-१ बाट एमालेका गणेश काम्बाङ र क्षेत्र नम्बर-२ बाट कांग्रेसका भीष्मराज निर्वाचित भएका थिए । त्यसअघि २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर-१ बाट कांग्रेसका पूर्णकुमार सेर्मा र क्षेत्र नम्बर-२ बाट एमालेका डम्बरसिंह सम्बाहाम्फे निर्वाचित भएका थिए ।

त्यसअघि २०४८ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा दुवै क्षेत्रमा एमाले उम्मेदवार निर्वाचित भएका थिए । क्षेत्र नम्बर-१ बाट वसन्तकुमार नेम्बाङ र क्षेत्र नम्बर-२ बाट डम्बरसिंह सम्बाहाम्फे निर्वाचित भएको इतिहास छ । तर, २०५१ को मध्यावधि निर्वाचनमा भने दुवै क्षेत्र एमालेले गुमाएको थियो । त्यसबेला क्षेत्र नम्बर १ मा कांग्रेसका दीपकप्रकाश बास्कोटा र क्षेत्र नम्बर २ मा राप्रपाका पद्मसुन्दर लावती निर्वाचित भएका थिए ।  आगामी २१ फागुनमा हुने निर्वाचनमा भने को निर्वाचित हुन्छन् ? निर्वाचन परिणामले नै बताउने छ ।


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP