Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २०, २०८२

लोकप्रिय बन्दै गएको स्वास्थ्य बिमामा सरकारले कडाइ गर्ने भएको छ । फागुन १ बाट स्वास्थ्य बिमा सेवामा बहिरंग (ओपिडी)तर्फ २५ हजार रुपैयाँमात्र रकम दिने सीमा सरकारले तोकेको हो । पहिले अर्कै सर्त देखाउने आफ्नो टार्गेट पूरा भएपछि सबै सर्त लुकाएर आफू अनुकूल गर्ने निजी कम्पनी वा ठगलेझैं सरकारले पनि स्वास्थ्य बिमामा सीमा तोकेको हो ।

ओपिडी यस्तो सेवा हो, जुन बिरामीको घरमै बसेर उपचार हुन्छ, अर्थात् यसप्रकारको रोगलाई गम्भीर मानिन्न । यस्तो बिरामीलाई अस्पताल र बिरामीकै मिलेमतोमा ‘होल बडी चेकअप’ गर्ने, मिलेमतोमा औषधिको पनि धेरै पैसा लिने र विविध विषयमा मिलेमतोमा शुल्क बढी लिएर बिमाको भार बढाएको देखिएको छ । खासमा यसरी मिलेमतोमा पैसा लिनुको मुख्य कारण पनि सरकारी फ्रेममा बिल तयार पारिनु, कागज देखाएपछि पैसा आउनुजस्ता सरकारको कमजोरीकै कारण भएको हो ।

सरकारले अहिले कार्यक्रमका लागि राखेको बजेट रित्तिएको भन्दै पैसा निकासा नदिएपछि विभिन्न अस्पताल यो सेवाबाट बाहिरियो । त्रिवि शिक्षण अस्पतालले माघ १ गतेबाट यो सेवा दिन छाडेको छ । विभिन्न अस्पताललाई सरकारले १२ अर्ब रुपैयाँ भुक्तानी स्वास्थ्य बिमाबापत दिनुपर्ने देखिन्छ । स्वास्थ्य बिमा व्यवस्थाअनुसार एक वर्षका लागि तीन हजार ५०० रुपैयाँ बुझाउँदा पाँच जनासम्म सदस्य रहेका परिवारले एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्न पाउँछन् । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले बिमा गर्दा प्रत्येक थप बीमित सदस्यका लागि ७०० रुपैयाँ अतिरिक्त शुल्क लाग्छ ।

Hardik health

सरकारले विशेष लक्षित समूहहरूका लागि प्रिमियममा अनुदान प्रदान गरिरहेको छ । ७० वर्ष पुगेका, अति विपन्न, पूर्ण अपांगता भएका, एचआइभी संक्रमित वा गम्भीर कुष्ठरोगबाट ग्रसित मानिसहरूका लागि यो बिमा निःशुल्क दिइने गरिएको छ । ती प्रत्येक व्यक्तिले प्रत्येक वर्ष कम्तीमा एक लाख रुपैयाँको उपचार सुविधा पाउँछन् भने जटिल प्रकृतिका रोगले ग्रसितहरूलाई थप सुविधा दिइन्छ ।

यो सेवामा करिब एक करोडभन्दा बढी नागरिक आबद्ध भइसकेको अवस्थामा यसरी सीमा नतोक्दा मनपरि हुन थालेको भन्दै सुधारका लागि यो प्रयास थालेको बताइएको छ । तर सरकारले सीमा तोक्नुभन्दा कागजी मिलेमतोमा कडाइ गर्नुपर्छ । अहिले सरकारी अस्पतालमासमेत सम्पूर्ण शरीर जाँचको नाममा बिरामीमाथि लुट मच्चाइरहेको छ । यही कारण बिमा कार्यक्रम पनि प्रभावित भएको हो । कागजी फ्रेम मिलाएर सरकारी ढाँचा पु¥याउनासाथ सबै हुने मिलेमतोका कारण यो कार्यक्रम असफल हुन लागेको हो । त्यसैले सरकारले यस्तो बदनियत रोक्न आवश्यक कदम चाल्नुपर्छ । अनिमात्र बिमा कार्यक्रम सफल हुन्छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन शुक्रबार, जेठ १, २०८३
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’ बिहीबार, वैशाख ३१, २०८३
संसद्मा प्रधानमन्त्रीको अशोभनीय व्यवहार
संसद्मा प्रधानमन्त्रीको अशोभनीय व्यवहार मंगलबार, वैशाख २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP