Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल आदिवासी ज्ञान सम्मेलन हुँदै
नेपाल आदिवासी ज्ञान सम्मेलन हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १९, २०८२

काठमाडौं- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाउने भएको छ । रजत जयन्तीका अवसर पारेर प्रतिष्ठानले ‘नेपाल आदीवासी ज्ञान सम्मेलन-महोत्सव २०८२’ समेत आयोजना गर्ने घोषणा गरेको हाे ।

प्रतिष्ठानले आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत ‘ज्ञानको आदान-प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ रजत जयन्ती मनाउन लागिएको जानकारी दिएको छ । सम्मेलनमा प्रतिष्ठान स्थापनादेखि हालसम्म भएका उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे समेत जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङले यही माघ २७ गते आदिवासी जनजातिसँग सम्बन्धित १५ विषयगत शीर्षकमा आधारित ८१ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्ने  जानकारी दिए ।  उनका अनुसार ती कार्यपत्रमा आदिवासी जनजातिको भाषा, संस्कृति, मौलिक ज्ञान प्रणाली, परम्परागत सीप, प्राकृतिक स्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, लैङ्गिक समानता, जलवायु परिवर्तन, मानव अधिकार, नीति निर्माण तथा समावेशी विकासका विविध पक्ष समेटिएका छन् ।

Hardik health

उपाध्यक्ष गुरुङले भने, “आदिवासी जनजातिको मौलिक ज्ञान र अनुभवलाई अभिलेखीकरण गर्दै राष्ट्रिय विकाससँग जोड्नु आजको आवश्यकता हो, रजत जयन्ती तथा ज्ञान सम्मेलनले नीति निर्माण तहसम्म प्रभाव पार्ने अपेक्षा गरेका छौँ ।” उक्त सम्मेलन तथा महोत्सवकै अवसरमा प्रतिष्ठानका अध्यक्ष एवं प्रधानमन्त्री शुशिला कार्कीको प्रमुख आतिथ्यतामा रजत जयन्तीको औपचारिक समापन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । 

रजत जयन्ती तथा नेपाल आदीवासी ज्ञान सम्मेलन-महोत्सवमा नेपालका विभिन्न भू-भागका साथै विदेशबाट समेत कम्तीमा ८०० भन्दा बढी आदिवासी जनजाति अभियन्ता, अध्येता, विद्वान् व्यक्तित्व, अनुसन्धानकर्ता, युवा तथा विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ ।  सहभागीहरूले आदिवासी जनजातिका सवालमा अनुभव आदान–प्रदान गर्ने, बहस तथा संवादमार्फत साझा निष्कर्ष निकाल्ने अवसर पाउने आयोजकको विश्वास छ । 

प्रतिष्ठानले विगत २५ वर्षदेखि आदिवासी जनजातिको पहिचान, अधिकार, सशक्तीकरण, क्षमता विकास तथा समावेशी राज्य निर्माणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै रजत जयन्तीले संस्थाको भूमिका थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । साथै, सम्मेलनबाट निस्कने सुझाव र निष्कर्ष आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा उपयोगी हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १७:२२
#आदिवासी जनजाति #नेपाल_आदिवासी_ज्ञान
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना शुक्रबार, चैत ६, २०८२
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा शुक्रबार, चैत ६, २०८२
नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ
नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ शुक्रबार, चैत ६, २०८२
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण शुक्रबार, चैत ६, २०८२
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा 
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा  शुक्रबार, चैत ६, २०८२
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर शुक्रबार, चैत ६, २०८२
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP