Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • युद्धविरामसँगै गाजामा ‘रफाह नाका’ आवतजावतको लागि खोलिँदै
युद्धविरामसँगै गाजामा ‘रफाह नाका’ आवतजावतको लागि खोलिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १९, २०८२

एपी- इजिप्टसँग जोडिएको गाजाको एकमात्र प्रमुख नाका ‘रफाह’ सीमित आवागमनका साथ सोमबारदेखि पुनः सञ्चालन हुने तयारीमा रहेको छ । दुई वर्षभन्दा बढी समयदेखि युद्ध र नाकाबन्दीको मारमा परेका गाजावासीहरूले आइतबार आशा र अधैर्यका साथ नाका पुनः खोल्ने तयारी अवलोकन गरेका हुन् । 

इजरायलले हमाससँग भएको युद्धविराम कार्यान्वयनको प्रक्रियासँगै रफाह नाका पुनः खोलिने जनाएको छ। इजरायली अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा अत्यन्तै सीमित सङ्ख्यामा मानिसहरूलाई मात्र आवतजावतको अनुमति दिइनेछ । खान युनिसकी बासिन्दा घालिया अबु मुस्तफाले नाका खुल्नु सकारात्मक कदम भए पनि पार गर्न दिइने मानिसको सङ्ख्या सीमित हुनु गम्भीर समस्या भएको बताए ।

इजरायलले नाका परीक्षणका रूपमा आंशिक रूपमा खोलिएको र सोमबारदेखि बासिन्दाहरूलाई पार गर्न अनुमति दिइने जनाएको छ । तर सुरुमा थोरै मानिसहरूलाई मात्र आवागमनको अनुमति हुनेछ । रफाहकी विस्थापित बासिन्दा सुहाइला अल-अस्तालले गम्भीर बिरामी छोरीलाई उपचारका लागि विदेश लैजान आवश्यक रहेको भन्दै नाका स्थायी रूपमा खुल्नुपर्ने माग गरे ।

इजरायलको यो घोषणा युद्धविराम सुरु भएपछि भएको सबैभन्दा ठूलो हवाई आक्रमणको एक दिनपछि आएको हो । शनिबार भएको इजरायली आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जना प्यालेस्टिनी मारिएका थिए । इजरायलले हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

Hardik health

यसैबीच, गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठन गरिएको नयाँ ‘शान्ति बोर्ड’ का प्रमुख निकोले म्लादेनोभले सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभयो । उहाँले गाजा प्रशासनका लागि चयन गरिएको नयाँ प्यालेस्टिनी समितिसँग मिलेर भविष्यमा यस्ता घटना रोक्ने उपाय खोजिरहेको बताएका छन् ।

प्रारम्भिक चरणमा दैनिक सीमित आवतजावत
इजरायलले सन् २०२४ मेमा नियन्त्रणमा लिएपछि रफाह नाका प्रायः बन्द रहँदै आएको छ । हाल करिब २० हजार बिरामी प्यालेस्टिनी उपचारका लागि गाजा बाहिर जान पर्खिरहेका छन् भने युद्धका कारण बाहिर गएका हजारौँ मानिस स्वदेश फर्कन चाहिरहेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका अनुसार प्रारम्भिक चरणमा दैनिक ५० जना गम्भीर बिरामीलाई उपचारका लागि बाहिर जान अनुमति दिइनेछ । प्रत्येक बिरामीसँग दुई जना आफन्त जान पाउनेछन् । साथै, युद्धका क्रममा गाजाबाट बाहिर गएका ५० जनालाई दैनिक फर्कन अनुमति दिइनेछ ।

तर गाजा स्वास्थ्य मन्त्रालयका अधिकारी जाहर अल-वाहिदीले हालसम्म औपचारिक रूपमा चिकित्सकीय निकासी सुरु हुने सूचना नपाएको बताएका छन् । इजरायल र इजिप्टले नाका पार गर्ने व्यक्तिहरूको सुरक्षा जाँच गर्नेछन् भने युरोपेली सङ्घका सीमा सुरक्षा अधिकारीहरूले प्रक्रियाको निगरानी गर्नेछन् । प्रणाली सफल भएमा यात्रुहरूको संख्या क्रमशः बढाइने बताइएको छ ।

इजरायलले हालसम्म दुई दर्जनभन्दा बढी मानवीय संस्थालाई नयाँ नियम नमान्दा गाजामा काम गर्न प्रतिबन्ध लगाइसकेको छ । इजरायलले ती नियम हमासजस्ता सशस्त्र समूहहरू सहायता संस्थामा घुसपैठ रोक्नका लागि आवश्यक भएको दाबी गर्दै आएको छ । तर सहायता संस्थाहरूले यी प्रतिबन्धले गम्भीर मानवीय संकट झनै गहिरिने चेतावनी दिएका छन् ।

युद्धविराम र आगामी चरण
रफाह नाका युद्धअघि गाजाको मुख्य आवागमन मार्ग थियो । हाल युद्धविरामले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको दुई वर्षभन्दा लामो इजरायल-हमास युद्ध रोकेको छ । उक्त हमलामा इजरायलमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली प्रतिकारात्मक आक्रमणमा हालसम्म ७१ हजार ७९५ प्यालेस्टिनी मारिएका छन् । युद्धविरामको पहिलो चरणमा बन्धक र कैदी साटासाट, मानवीय सहायता वृद्धि तथा इजरायली सेना आंशिक रूपमा फिर्ता हुने व्यवस्था गरिएको छ ।

दोस्रो चरण अझ जटिल मानिएको छ, जसमा गाजाको शासनका लागि नयाँ प्यालेस्टिनी समिति, अन्तर्राष्ट्रिय सुरक्षा बलको तैनाथी, हमासको निशस्त्रीकरण र पुनर्निर्माण प्रक्रिया सुरु गर्ने विषय समावेश छन् ।


प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP