क्युएनए- संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ । उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार- आइतवार सम्मा १८ सय भन्दा बढी उडानहरू रद्द गर्न बाध्य पारेको बताएको हाे ।
यसै विच हाल रनवे र सडकमा हिउँ सफा गर्नका लागि ३०० जनाको सफाइ टोली तैनाथ गरिएको जनाइएको छ । यसैबीच, हाट्र्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतवार एटलान्टा जाने लगभग ५० वटा उडानहरू बाहेक ६०० भन्दा बढी उडानहरू रद्द गर्ने घोषणा गरेको थियो ।
अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावा सहितको तीव्र तटीय आँधीबेहरीको चेतावनी दिएको छ । आँधीसँगै आएको क्तिशाली ध्रुवीय हावाले दक्षिण फ्लोरिडाका केही भागहरूमा तापक्रम घट्ने र पश्चिम भर्जिनियामा तापक्रम-३३ डिग्री सेल्सियसमा पुग्ने अनुमान विभागले गरेएको छ ।