Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १८, २०८२

एएनआई- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरिसकेको दाबी गरेका छन् । साथै उनले चीनलाई पनि भेनेजुएलाको तेल किन्न खुला रूपमा आग्रह गरेका हुन् ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनलाई भेनेजुएलाको तेलमा ठूलो सम्झौता गर्न स्वागत रहेको बताए । उनले भारत चाँडै भेनेजुएलाको तेल खरिद प्रक्रियामा प्रवेश गर्ने र इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट आयात गर्ने योजना बनेको उल्लेख गरे । उनका अनुसार यस विषयमा सम्झौताको अवधारणा पहिल्यै तयार भइसकेको छ ।

“हामीले पहिले नै एउटा सम्झौता गरिसकेका छौँ । भारत आउँदैछ र उनीहरूले इरानबाट किन्नुको सट्टा भेनेजुएलाको तेल किन्न जाँदैछन् । त्यसैले हामीले सम्झौताको ढाँचा बनाइसकेका छौँ”, ट्रम्पले भने । उनले चीनलाई पनि भित्र आएर तेल किन्न स्वागत रहेको दोहोर्‍याए । तर भारत सरकारले अहिलेसम्म राष्ट्रपति ट्रम्पको यस टिप्पणीबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

Hardik health

यसअघि राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकालाई पाँच अर्ब २० करोड अमेरिकी डलर बराबरको पाँच करोड ब्यारेल तेल प्रस्ताव गरेको र त्यसमा सहमति भइसकेको दाबी गरेका थिए । साउदर्न बुलेभार्डको नाम परिवर्तन गरी डोनाल्ड ट्रम्प बुलेभार्ड बनाउने विषयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ नेतृत्वसँग निरन्तर संवाद भइरहेको बताए ।

“हामी नयाँ राष्ट्रपतिसँग र देश सञ्चालन गर्ने अन्य व्यक्तिहरूसँग कुरा गरिरहेका छौँ । उनीहरूले भने, हामीसँग पाँच करोड ब्यारेल तेल छ र यसलाई तुरुन्तै प्रशोधन गर्नुपर्छ किनकि भण्डारणको ठाउँ छैन । के तपाईँ लिनुहुन्छ ? मैले भनेँ, हामी लिन्छौँ”, ट्रम्पले भने। उनका अनुसार उक्त तेलको मूल्य पाँच अर्ब २० करोड अमेरिकी डलर बराबर पर्छ ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत पक्राउ गरेपछि बनेको अन्तरिम सरकारसँग अमेरिकाको सम्बन्ध राम्रो रहेको पनि उल्लेख गरे । “हामी अन्तरिम राष्ट्रपति रहेका व्यक्ति र अन्य सबैसँग राम्रो सम्बन्धमा छौँ । धेरै दबाब कम भएको छ”, उनले भने । मदुरोको नियन्त्रण अन्त्य भएपछि ट्रम्पले वासिङ्टनले भेनेजुएलालाई सङ्क्रमणकालमा सहयोग गर्ने र तेलसहित अन्य स्रोतमा पूर्ण पहुँच चाहेको स्पष्ट पारेका थिए । राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणीले न्युयोर्कस्थित समाचार संस्था सेमाफोरको हालैको रिपोर्टलाई पनि पुष्टि गरेको छ ।

उक्त रिपोर्टअनुसार अमेरिकाले भेनेजुएलाको तेलको पहिलो बिक्री गरेको छ, जसको मूल्य करिब ५० करोड अमेरिकी डलर छ । सेमाफोरका अनुसार तेल बिक्रीबाट प्राप्त हुने रकम हाल अमेरिकी सरकारको नियन्त्रणमा रहेको बैंक खातामा राखिएको छ । प्रशासनका एक अधिकारीले शुक्रबार जारी आदेशमा यसको सङ्केत गरेको र अर्का वरिष्ठ अधिकारीका अनुसार मुख्य खाता कतारमा अवस्थित रहेको जनाइएको छ ।
 


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP