Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • पर्यटन बोर्डको बजेट ८२ करोड
पर्यटन बोर्डको बजेट ८२ करोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २८, २०७७
Nepal-Tourism-Board
Hardik health
काठमाडौं– कोभिड–१९ महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ । वार्षिक रूपमा झण्डै रु दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७÷७८ का लागि करीब रु ८२ करोडको बजेट विनियोजन गरेको छ । बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्ययन÷अनुसन्धान, ‘डिजिटल मार्केटिङ’ र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर चालू आवको बजेट पारित गरेको हो । कोभिड–१९ महामारीका कारण पर्याप्त स्रोतको अभावमा यसपटकको बजेट घट्न गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले बताए । उनले भने, ‘अहिलेलाई मुस्किलले रु ८२ करोड विनियोजन गरिएको छ । यसका लागि पनि स्रोत जुट्न हम्मे पर्ने देखिन्छ, कोभिड महामारीको परिस्थिति हेरेर पछि नयाँ कार्यक्रम पनि समावेश हुन सक्छन् ।’ प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले यस पटकको बजेटमा अध्ययन, अनुसन्धान र डिजिटल मार्केटिङलाई दृष्टिगत गरी बजेट विनियोजन गरिएको बताए । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको गत आवकोे बजेट रु एक अर्ब ६३ करोड थियो । कोभिड–१९ महामारीका कारण पर्यटक आवागमन ठप्प भई आम्दानीको स्रोतको अभावमा बोर्डको बजेटमा भारी कटौती भएको छ । विदेशी पर्यटक आगमनबाट हुने आम्दानी नै बोर्डको मुख्य आर्थिक स्रोत रहेको छ । कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट ह्वात्तै घटाइएको बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पूर्वाधार विकासमा बजेट छुट्याएको छैन । नेपालको छोटो दूरीका मुख्य पर्यटकीय स्रोत बजार भारत र चीनमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतमा राखेर बजेट ल्याइएको छ । पर्यटन प्रवद्र्धनमा सबैलाई सँगसँगै समन्वयका साथ अघि बढाउन डिजिटल मार्केटिङको अवधारणालाई प्राथमिकता दिइएको प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले जानकारी दिए । उनले बजेट छोटो तर धेरै उपलब्धि हासिल गर्ने योजनाका साथ ल्याइएकाले बोर्डका अघिल्ला बजेटभन्दा यस पटकको बजेट निकै प्रगतिशील भएको दाबी गरे । यस पटकको बजेटले आन्तरिक पर्यटन प्रवद्र्धनलाई पनि विशेष जोड दिएकाले कोभिडपछिको पर्यटनलाई रिभाइवमा सहयोग पुग्ने विश्वास लिइएको छ । बोर्डले गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको चार महिनाको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रले रु ३७ अर्ब गुमाएको छ । यस क्षेत्रमा आबद्ध लाखौँ मजदूर तथा कर्मचारीले रोजगारी गुमाउनु परेको छ । पर्यटकीय गतिविधि सम्पूर्ण बन्द भएको तथा बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले आगामी वर्षको बजेटको आकार सानो भएको बोर्डका सञ्चालक समिति सदस्य तथा बजेट समितिका संयोजक अवधेशकुमार दासले बताए । बोर्डको प्रमुख आर्थिक स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम तथा पर्यटकबाट लिइने टुरिज्म सर्भिस फी (टिएसएफ) बाट आउने रकम हो । अहिले पर्यटक आगमन बन्द हुँदा यी दुवै आय प्रभावित भएका छन् । स्रोत नै नभएको अवस्थामा मितव्ययी भई बजेट निर्माण गरिएको संयोजक दासले बताए । पर्यटन बोर्डले कोरोनापछि सन् २०२० मा करीब दुई लाख पर्यटक आगमन हुने अपेक्षासहित करीब रु २४ करोड त्यसबाट आम्दानी हुने प्रक्षेपण गरेको छ । यस्तै बोर्ड र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संयुक्त खातामा रहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापतको रु १५ करोड, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने रु छ करोड एअर एसियाबाट प्राप्त हुनुपर्ने रु पाँच करोड, युएनडिपीबाट प्राप्त हुने करीब डेढ करोड रूपैयाँ र अन्य सञ्चित कोषको रकमबाट बजेट निर्माण गरिएको बोर्ड सदस्य दासले बताए । बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिड–१९ पछिको पर्यटन पुनरोत्थानका लागि तीन विषय गन्तव्य सुरक्षित छन् भनेर सन्देश प्रवाह गर्न, पर्यटकीय सेवामा प्रोत्साहनका कार्यक्रम र नेपाल केका लागि आकर्षण भन्ने स्टोरी क्रियसन गरी प्रवद्र्धन गर्ने गरी बजेटको कार्यान्वयन गरिनुपर्ने उल्लेख गरे । जोशीले कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलो लगानी जोखिममा रहेकाले सम्भावित जोखिम कम गर्दै छिटो पर्यटन पुनरोत्थानका लागि रणनीतिक योजनाका साथ अघि बढ्न जरुरी भएको बताए । रासस
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०८:०८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP