Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगान फर्केकाहरूको कठोर वास्तविकता
अफगान फर्केकाहरूको कठोर वास्तविकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १८, २०८२

एएफपी- घरेलु द्वन्द्व, असुरक्षा र गरिबीबाट ज्यान जोगाउँदै दशकौँअघि छिमेकी मुलुकतर्फ गएका लाखौँ अफगान नागरिक अहिले पुनः आफ्नो देश फर्कन बाध्य छन् । लामो समयसम्म शरण दिएका पाकिस्तान र इरानले पछिल्लो समय निर्वासन प्रक्रिया तीव्र पारेपछि लाखौँ अफगान सीमापार फर्किएका हुन् ।

परिवारसहित सीमामा आइपुगेका वा एक्लै फर्किएका सबैका लागि गरिबी, कमजोर पूर्वाधार र वातावरणीय समस्याले घेरिएको अफगानिस्तानमा नयाँ जीवन सुरु गर्नु ठूलो चुनौती बनेको छ । फर्किएपछि उनीहरूले भोग्नुपरेका मुख्य कठिनाइहरू के-के छन् भन्ने विषयमा एएफपीले स्थलगत अवस्था समेटेको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार सन् २०२३ को सेप्टेम्बरदेखि अहिलेसम्म इरान र पाकिस्तानबाट ५० लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किएका छन् । आइओएमका अफगानिस्तानस्थित उपप्रमुख मुत्या इजोरा मास्कुनका अनुसार यो सङ्ख्या देशको कुल जनसङ्ख्याको करिब १० प्रतिशत बराबर हो ।

गत वर्ष मात्रै करिब ३० लाख अफगानले सीमा पार गरी स्वदेश फर्किएका थिए । तीमध्ये धेरैले विदेशमा दशकौँ बिताएका थिए । यति ठूलो सङ्ख्यामा मानिसको आगमन कुनै पनि देशका लागि व्यवस्थापन गर्न अत्यन्त गाह्रो हुने मास्कुनको भनाइ छ । फर्किएपछि आवास सबैभन्दा गम्भीर समस्या बनेको छ । सेप्टेम्बर २०२३ देखि डिसेम्बर २०२४ को बीचमा फर्किएका एक हजार ३३९ आप्रवासीहरूमाथि गरिएको आइओएमको सर्वेक्षणअनुसार अफगानिस्तान आइपुगेको केही महिनापछि ८० प्रतिशत मानिससँग स्थायी घर थिएन । उनीहरू ढुङ्गा, माटो वा अस्थायी सामग्रीबाट बनाइएका झुपडीमा बस्न बाध्य थिए ।

Hardik health

यस्तै, संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसिआर) ले गत वर्ष जनवरीदेखि अगस्टसम्म फर्किएका अफगानहरूसँग गरेको अर्को सर्वेक्षणले पनि अवस्था कठिन रहेको देखाएको छ । सर्वेक्षणमा सहभागी तीन चौथाइ भाडामा बस्ने परिवारले भाडा तिर्न नसक्ने अवस्था रहेको बताएका थिए । धेरैजसो परिवारहरू चार जनासम्म एउटै कोठामा बस्न बाध्य रहेको तथ्य एक हजार ६५८ फर्केका व्यक्तिको विवरणबाट खुलेको छ ।

रोजगारीको अवस्था झनै निराशाजनक छ । आइओएमको सर्वेक्षणअनुसार पाकिस्तान र इरानबाट फर्किएका वयस्कमध्ये केवल ११ प्रतिशत मात्रै पूर्ण रूपमा रोजगारीमा छन् । युएनएचसिआरका अनुसार गत वर्षको सुरुका महिनामा फर्किएका मानिसहरूको औसत मासिक आम्दानी २२ डलरदेखि १४७ डलरसम्म मात्र थियो । यो आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन भएको देखिन्छ ।

आवास र रोजगारीसँगै आधारभूत सेवाको अभाव पनि ठूलो चुनौती बनेको छ। आइओएमका अनुसार फर्किएका आधाभन्दा बढी घरपरिवारमा स्थिर बिजुली आपूर्ति छैन । विशेषगरी महिलाको नेतृत्वमा रहेका घरपरिवारहरू अझ बढी जोखिममा छन् । यस्ता घरपरिवारमध्ये करिब आधाले सुरक्षित पिउने पानीको पहुँच पाउन गम्भीर सङ्घर्ष गरिरहेको आइओएमले जनाएको छ ।

सरकारले फर्केकाहरूका लागि केही राहत उपाय अघि बढाएको जनाएको छ । अफगान सरकारका उपप्रवक्ता हमदुल्ला फितरातले जनवरीको मध्यतिर देशभर फर्किएका नागरिकलाई तीन हजारभन्दा बढी जग्गा वितरण गरिएको जानकारी दिनुभएको थियो । सर्वोच्च नेतासँग भएको विशेष बैठकपछि यो प्रक्रिया थप तीव्र बनाइएको उनको भनाइ छ ।

अफगानिस्तान प्रवेश गरेपछि फर्किनेहरूले सामान्यतया यातायात खर्च, सिम कार्ड र केही नगद सहयोग पाउने गरेका छन् । तर यति ठूलो सङ्ख्यामा फर्किरहेका नागरिकका लागि यी सहायता पर्याप्त नभएको स्थानीय अवस्था र अन्तर्राष्ट्रिय संस्थाहरूको मूल्याङ्कनले देखाएको छ । दीर्घकालीन पुनःस्थापना, रोजगारी र आधारभूत सेवामा ठोस सुधार नभएसम्म फर्केकाहरूको जीवन अझै कठिन रहने सङ्केत स्पष्ट देखिन्छ ।
 


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP