सिन्ह्वा- भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी सरकारकाे विशेष दूत तथा कूटनीतिज्ञ लौरा डोगु औपचारिक कार्यसूचीका साथ भेनेजुएला आइपुगेको जानकारी दिएका छन् । शनिबार टेलिग्राममार्फत जानकारी सार्वजनिक गर्दै गिलले यो भ्रमण अमेरिका र भेनेजुएलाबीच जारी कूटनीतिक सम्पर्क र संवादको निरन्तर प्रयासको महत्वपूर्ण हिस्सा भएको बताएका हुन् ।
उनका अनुसार दुवै पक्षबीच हुने वार्ताको मुख्य उद्देश्य द्विपक्षीय चासोका राजनीतिक, कूटनीतिक र रणनीतिक विषयहरूमा स्पष्ट र व्यवहारिक कार्ययोजना (रोडम्याप) तय गर्नु हो। साथै विगतदेखि रहँदै आएका मतभेद, असहमति र विवादास्पद विषयहरूलाई शान्तिपूर्ण र कूटनीतिक संवादमार्फत सम्बोधन तथा समाधान गर्ने प्रयास गरिनेछ। विदेशमन्त्री गिलले यो सम्पूर्ण प्रक्रिया पारस्परिक सम्मान, समानता र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै अघि बढाइँदै आएकोमा जोड दिँदै, यी सिद्धान्तहरू नै अमेरिका-भेनेजुएला सम्बन्धलाई मार्गदर्शन गर्ने आधारभूत मान्यता भएको स्पष्ट पारे