Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १८, २०८२

मुलुक निर्वाचनमा होमिँदै गर्दा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन भने कमजोर बनेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक कार्यप्रगति विवरणले यसलाई उजागर गरेको छ । अर्थको प्रगति विवरणअनुसार सरकारले पुँजीगत खर्च गर्नै नसकेको देखिन्छ । राजस्व संकलनमा पनि लक्ष्य र उपलब्धिबीच ठूलो खाडल देखिएको छ । 

मन्त्रालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४६.०६ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेकामा पुस मसान्तसम्म नौ खर्ब चार अर्ब ६४ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४०.८२ प्रतिशत अर्थात् चार खर्ब ८२ अर्ब १० करोड ८० लाख र पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा ११.६६ प्रतिशत अर्थात् ४७ अर्ब ५४ करोड ४० लाख रुपैयाँ खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख छ । 

गत आवको तुलनामा यस अवधिको कूल चालु खर्च ३.३५ प्रतिशतले बढ्दा पुँजीगत खर्च ४.८६ प्रतिशतले घटेको छ । यस्तै, वित्तीय व्यवस्थातर्फको खर्च ५३.२९ प्रतिशतले बढेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । विवरणअनुसार पुँजीगत खर्चमा कमजोर मात्र नभई राजस्व संकलनमा पनि ठूलो चाप देखिएको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ४० अर्ब रुपैयाँको राजस्व उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्ममा सात खर्ब ११ अर्ब २० करोड ७९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो । तर यस अवधिमा पाँच खर्ब ८१ अर्ब ४० करोड ७२ लाख रुपैयाँबराबर मात्रै राजस्व उठेको छ । जुन लक्ष्यभन्दा एक खर्ब २९ अर्ब ८० करोड रुपैयाँ कम हो ।

Hardik health

पुँजीगत खर्च र राजस्व संकलनमा मात्रै होइन, अन्य लक्ष्यहरुमा पनि अर्थ मन्त्रालयले लक्ष्य हासिल गर्न नसकेको देखिन्छ । हुन त जेन–जी आन्दोलनको बलमा बनेको नागरिक सरकारको मुख्य कार्यभार निर्वाचन सम्पन्न गरी निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नु हो । त्यही भएर अन्य काममा भन्दा सरकारको बढी ध्यान निर्वाचनमै हुँदा लक्ष्यमा कमजोर देखिएको हुनसक्छ । यद्यपि, निर्वाचनसँगै सुशासन र विकासका कामलाई पनि चुस्त रुपमा अगाडि बढाउनु सरकारको दायित्व हो । त्यसैले बजेट कार्यान्वयनमा पनि सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । अन्यथा, विज्ञ अर्थमन्त्री हुँदा पनि नतिजा नदेखिँदा नकारात्मक सन्देशमात्रै जाने नभई मुलुकको अर्थतन्त्रलाई दूरगामी प्रभाव पार्ने निश्चित छ ।
 


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन शुक्रबार, जेठ १, २०८३
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’ बिहीबार, वैशाख ३१, २०८३
संसद्मा प्रधानमन्त्रीको अशोभनीय व्यवहार
संसद्मा प्रधानमन्त्रीको अशोभनीय व्यवहार मंगलबार, वैशाख २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP