काठमाडौैं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न नहुने बताएका छन् ।आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा आज आयोजित छलफलमा उनले बताएका हुन् ।
कार्यक्रममा महासचिव पोखरेलले नेपाली समाजको चरित्र कुनै पुस्ताका नाममा विभाजन नभई मिलनसारिता तथा संवाद भएकाले त्यसलाई बुझेर मतदातालाई विकास र समृद्धिमा जोड्न सक्नुपर्ने बताए । महासचिव पोखरेलले निर्वाचनलाई लोकतान्त्रिक अभ्यास तथा नीतिगत बहसका रूपमा लिनुपर्ने र नीतिका आधारमा एमाले पहिलो नम्बरमा आउने अपेक्षा गरे ।