Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की
क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १६, २०८२

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशहरूबाट आयात हुने सबै वस्तुमा कर लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका छन्  । यस कदमले क्युबाको प्रमुख तेल आपूर्तिकर्तामध्ये एक मानिएको मेक्सिकोमाथि विशेष दबाब पर्ने देखिएको छ । मेक्सिकोले क्युबाप्रति ऐक्यबद्धता देखाउँदै आएको भए पनि हाल ट्रम्प प्रशासनसँग सम्बन्ध सन्तुलनमा राख्न खोजिरहेको छ ।

पत्रकारहरूले क्युबालाई ‘दबाउने’ प्रयास भइरहेको हो कि भन्ने प्रश्न गर्दा ट्रम्पले त्यस्तो शब्द कडा भएको बताउँदै क्युबा दीर्घकालीन रूपमा टिक्न नसक्ने अवस्थामा देखिएको टिप्पणी गरेका थिए । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज र अन्य अधिकारीहरूले आदेशको कडा निन्दा गरेका छन्  । उनले यसलाई क्युबा र क्युबाली जनतामाथि गरिएको क्रुर आक्रमणको संज्ञा दिँदै अमेरिकी नाकाबन्दी नीतिमा अन्य देशलाई जबरजस्ती सहभागी गराउन दबाब र धम्की प्रयोग गरिएको आरोप लगाएका छन्  ।

गहिरो ऊर्जा र आर्थिक सङ्कटमा परेको क्युबा मेक्सिको, रूस र भेनेजुएला जस्ता सहयोगी राष्ट्रबाट आउने तेल आपूर्तिमा निर्भर रहँदै आएको छ । अमेरिकी प्रतिबन्ध र भेनेजुएलासँग सम्बन्धित पछिल्ला घटनापछि क्युबामा जाने तेल आपूर्ति घट्ने आशङ्का बढेको छ ।मेक्सिकोको सरकारी तेल कम्पनी पेमेक्सका अनुसार सन् २०२५ को सुरुदेखि सेप्टेम्बरसम्म क्युबामा दैनिक करिब २० हजार ब्यारेल तेल पठाइएको थियो । तर पछिल्ला हप्तामा यो मात्रा उल्लेखनीय रूपमा घटेको ऊर्जा विज्ञहरूले बताएका छन् ।

Hardik health

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले तेल ढुवानी अस्थायी रूपमा रोकिनु सामान्य उतारचढावको परिणाम भएको र अमेरिकी दबाबका कारण नभएको बताएका छन्  । उनले मेक्सिको क्युबाप्रति मानवीय सहयोग जारी राख्न प्रतिबद्ध रहेको जनाउनुभएको छ, तर भविष्यको आपूर्तिबारे स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्  ।

ट्रम्प र सेनबामबीच बिहीबार फोन वार्ता भए पनि क्युबाको विषयमा छलफल नभएको मेक्सिको पक्षको भनाइ छ । यद्यपि मेक्सिकोले अमेरिका र क्युबाबीच मध्यस्थको भूमिका खेल्न इच्छुक रहेको बताइएको छ । ट्रम्पको आदेशले क्युबाको ऊर्जा आपूर्ति र क्षेत्रीय राजनीतिमा कस्तो प्रभाव पार्ने भन्ने अझै स्पष्ट छैन ।  क्युबामा भने इन्धन अभावको चिन्ता बढ्दै गएको छ र पेट्रोलका लागि लामो लाइन देखिन थालेका छन् । क्युबाली अधिकारीहरूले दशकौँदेखि जारी आर्थिक दबाब असफल हुँदै आएको र नयाँ आदेशले नाकाबन्दीलाई थप कडा बनाएको प्रतिक्रिया दिएका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP