Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी सरकार सटडाउनतर्फ
अमेरिकी सरकार सटडाउनतर्फ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १६, २०८२

एएफपी- अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेट डेमोक्रेटबीच बढेको गतिरोधका कारण शनिबार मध्यरातपछि सटडाउन सुरु हुने देखिएको हो ।

असफल मतदानका कारण सङ्घीय सरकारको तीन चौथाइभन्दा बढी खर्च धान्ने छ-बिल खर्च प्याकेज रोकिएको छ । संशोधित प्याकेजमा फेरि मतदान गर्ने तयारी भए पनि त्यसलाई हाउस अफ रिप्रेजेन्टेटिभ्सले पनि पारित गर्नुपर्नेछ, तर हाउस अफ रिप्रेजेन्टेटिभ्स सोमबारसम्म विश्राममा रहने भएकाले समयसीमा नाघ्ने निश्चित जस्तै भएको छ ।

ट्रम्पले पद सम्हालेपछि यो दोस्रो सरकारी सटडाउन हुनेछ । यद्यपि अघिल्लो पटकको ४३ दिन लामो बन्दको तुलनामा यसपटक छोटो हुने अपेक्षा गरिएको छ । डेमोक्रेटहरूले गृह मन्त्रालयलका लागि छुट्टै कोष व्यवस्था र आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय आइसिइको कार्यशैलीमा कडा सर्त राख्ने माग गर्दै आएका छन् । सिनेटका डेमोक्रेट नेता चक शुमरले आइसिइको गतिविधिलाई राज्यद्वारा स्वीकृत ठगीको संज्ञा दिँदै कङ्ग्रेससँग त्यसलाई रोक्ने नैतिक दायित्व रहेको बताएका छन् ।

Hardik health

पछि शुमरले ह्वाइट हाउसले अस्थायी ढाँचामा सहमति जनाएको जानकारी दिए, तर अमेरिकी सञ्चारमाध्यमहरूले मतदान शुक्रबारसम्म ढिलाइ भएको जनाएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत द्विदलीय समर्थन जुटाउन आह्वान गर्दै सम्झौतालाई समर्थन गर्न आग्रह गरेका छन् । यदि सटडाउन लम्बियो भने लाखौँ सङ्घीय कर्मचारी बिदामा जाने वा तलबबिना काम गर्नुपर्ने अवस्था आउन सक्छ, जसको असर वासिङ्टन बाहिरसम्म फैलिन सक्नेछ ।

यस विवादलाई आप्रवासन प्रवर्तनसँग जोडिएका हालैका हिंसात्मक घटनाले थप चर्काएको छ । मिनियापोलिसमा ट्रम्प प्रशासनको निर्वासन अपरेसन अनुगमन गरिरहेका एक नर्सको सङ्घीय एजेन्टद्वारा गोली हानी हत्या भएपछि कङ्ग्रेसमा बहस तीव्र बनेको छ ।
डेमोक्रेटहरूले रक्षा, स्वास्थ्य, शिक्षा र यातायातलगायतका अन्य खर्च बिलहरू तुरुन्त पारित गर्न तयार रहेको बताएका छन् । तर उनीहरूले आइसिइका गस्ती, वारेन्ट प्रक्रिया, बल प्रयोगका नियम, शरीर क्यामेरा र पहिचानसम्बन्धी व्यवस्था कडा बनाउन डिएचएस बिल पुनर्लेखनको माग गरेका छन् ।

ह्वाइट हाउसको प्रस्तावले भने गृह मन्त्रालयलाई सटडाउन टार्न दुई हप्ताको समय दिने मात्र व्यवस्था गरेको छ । सांसदहरूले डिएचएस कोषमा अवरोध आए विशेषगरी देशभर कठोर जाडो मौसम फैलिँदै गएको बेला आपतकालीन व्यवस्थापन एजेन्सीजस्ता निकायहरू प्रभावित हुनसक्ने चेतावनी दिएका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१% गिरावट, वार्षिक आधारमा वृद्धि
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१% गिरावट, वार्षिक आधारमा वृद्धि शुक्रबार, माघ १६, २०८२
संवाद र दबाबको दोधारमा अमेरिका-इरान सम्बन्ध
संवाद र दबाबको दोधारमा अमेरिका-इरान सम्बन्ध शुक्रबार, माघ १६, २०८२
क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की
क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की शुक्रबार, माघ १६, २०८२
पाकिस्तानमा सुरक्षा कारबाही : पाँच आतंकवादी मारिए
पाकिस्तानमा सुरक्षा कारबाही : पाँच आतंकवादी मारिए शुक्रबार, माघ १६, २०८२
चुनावलाई आसियानले मान्यता दिएन
चुनावलाई आसियानले मान्यता दिएन शुक्रबार, माघ १६, २०८२
भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो
भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो शुक्रबार, माघ १६, २०८२
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP