Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
नुवाकोट- १ को चुनावी सरगर्मी ह्याट्रिकको दाउमा हितबहादुर, तगारो बन्दै प्रकाशशरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १६, २०८२
  • नेकपा उम्मेदवार तथा पूर्वमन्त्री हितबहादुर तामाङ तेस्रोपटक जितको खोजीमा 
  • काठमाडौंबाट फर्किएका कांग्रेस उम्मेदवार डा. प्रकाशशरण महत पहिलोपटक गृहजिल्लामा चुनाव लड्दै
  • एमालेका बद्री मैनाली र रास्वपाका डा. विक्रम तिमिल्सिना पनि प्रतिस्पर्धामा

हामीले विगतमा जनताले नदेखेका काम गरेका छौँ । मत लिएर गएपछि जनताको शिर निहुरिने कुनै गलत काम गरेका छैनौँ । स्थानीयको सुख-दुःखमा निरन्तर जोडिएको छु । मतदातासँगको संवादले पनि यो पटक जित सुनिश्चित भएको विश्वास दिलाएको छ ।
हितबहादुर तामाङ
उम्मेदवार, नेकपा 

काठमाडौं-  नुवाकोट क्षेत्र नम्बर १ बाट लगातार तेस्रोपटक प्रतिनिधिसभा सदस्य बन्ने लक्ष्यसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हितबहादुर तामाङ चुनावी मैदानमा छन् । अघिल्ला दुई निर्वाचनमा फरक-फरक गठबन्धनको समर्थनमा विजयी भएका तामाङ यसपटक भने कुनै ठूलो दलको औपचारिक साथ बिनै आफ्नै बलबुतामा चुनाव जित्ने प्रयासमा छन् । 

०७४ सालको निर्वाचनमा वाम गठबन्धन र २०७९ मा कांग्रेससँगको तालमेलमा तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बनेका तामाङ दुवैपटक संसद् पुगेका थिए । तर, यो पटक एमाले र कांग्रेस दुवैको साथ नपाउँदा उनको चुनावी यात्रा चुनौतीपूर्ण देखिएको छ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बढ्दो प्रभावका कारण नुवाकोट-१ मा तेस्रो शक्तिको मतले नतिजा निर्धारण गर्ने विश्लेषण भइरहेको छ । 

मलाई यसअघि नै आफ्नो जन्मथलोबाट चुनाव लड्ने मन थियो, के के मिलेको थिएन, यसपटक जुर्‍यो र म त्यहाँको जनादेश लिएर संसद् आउँछु । 
डा. प्रकाशशरण महत
उम्मेदवार, नेपाली कांग्रेस

Hardik health

तामाङ भने आफू जनताको असली प्रतिनिधि भएको दाबी गर्दै फेरि पनि विजयी हुनेमा ढुक्क छन् ।  ‘हामीले विगतमा जनताले नदेखेका काम गरेका छौँ । मत लिएर गएपछि जनताको शिर निहुरिने कुनै गलत काम गरेका छैनौँ,’ तामाङ भन्छन्, ‘स्थानीयको सुख-दुःखमा निरन्तर जोडिएको छु । मतदातासँगको संवादले पनि यो पटक जित सुनिश्चित भएको विश्वास दिलाएको छ ।’

वाकोट-१ का सात पालिकामध्ये तीन पालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत जनप्रतिनिधि आफ्नो पक्षमा रहेको उल्लेख गर्दै उनले संगठनात्मक आधार मजबुत रहेको बताए । ककनी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकामा नेकपाको जितले आत्मविश्वास बढाएको उनको भनाइ छ ।

यस निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौंबाट डा. प्रकाशशरण महतलाई गृह जिल्ला नुवाकोट फर्काएको छ । डा. महत काठमाडौं-४ बाट २०७४ मा उम्मेदवार थिए । त्यसबेला उनी पराजित भए । २०७९ मा उनी समानुपातिक सांसद भए । डा. महतलाई कांग्रेसमा निर्वाचन जित्न नसक्ने नेताको रूपमा लिइन्छ । उनी जतिपटक संसद् पुगे, समानुपातिकबाट मात्रै हो ।  यसपटक उनको नाम काठमाडौं-५ बाट पनि उम्मेदवारको रूपमा सिफारिस भएको थियो । तर, उनी गृहजिल्ला नुवाकोट फर्किएका हुन् । 

उनको चुनावी भिडन्त नेकपाका पूर्वमन्त्रीसमेत रहेका हितबहादुरसँग हुने भएको हो । तामाङले २०७४ मा डा. प्रकाशशरण महतकै दाजु डा. रामशरण महतलाई पराजित गरेका थिए । त्यसअघि पहिलो र दोस्रो संविधानसभामा पनि रामशरणसँगै तामाङले पराजय बेहोरेका थिए ।  यसपटक भने भाइ प्रकाशशरणले तामाङसँग प्रतिस्पर्धा गर्ने भएका हुन् । 

‘मलाई यसअघि नै आफ्नो जन्मथलोबाट चुनाव लड्ने मन थियो, के के मिलेको थिएन, यसपटक जुर्‍यो र म त्यहाँको जनादेश लिएर संसद् आउँछु,’ उनले प्रभावसँग भने । नेकपा एमालेले तामाङसँग अघिल्लोपटक (२०७९) मै प्रतिस्पर्धा गरेका नेता बद्री मैनालीलाई उम्मेदवार बनाएको छ । मैनाली तामाङसँग झिनो मतान्तरले पराजित भएका थिए ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. विक्रम तिमिल्सिनालाई मैदानमा उतारेको छ ।

डा. तिमिल्सिना भन्छन्, ‘अहिलेको राजनीतिले देशलाई अघि बढाउन सकेन भनेर आम असन्तुष्टि छ । देशको राजनीतिलाई सङ्ल्याउन, बदल्न र सही बाटो हिँडाउन लागेको छु । जिल्ला र उम्मेदवारको कुरा होइन, देशभर महाअभियान सुरु भएको छ ।’
२०७९ को प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ १६ हजार २६७ मतसहित एमाले पहिलो, १५ हजार ७५१ मतसहित कांग्रेस दोस्रो र १५ हजार १२७ मतसहित माओवादी तेस्रो भएको थियो । त्यसबेला रास्वपाले ५ हजार ४४९ मत ल्याएको थियो । यसरी एमाले, कांग्रेस र माओवादीबीच मतान्तर निकै कम रहेको र रास्वपाले पनि उल्लेख्य मत ल्याएको तथ्यले यस पटकको चुनाव झनै रोचक बनेको छ ।

नुवाकोट-१ को चुनावी मैदानमा २३ उम्मेदवार रहेका छन् ।  यद्यपि हितबहादुर तामाङ, डा. प्रकाशशरण महत, बद्री मैनाली र डा. विक्रम तिमिल्सिनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।ह्याट्रिकको लक्ष्यसहित मैदानमा उत्रिएका तामाङका लागि यो निर्वाचन व्यक्तिगत प्रतिष्ठासँगै आफ्नै राजनीतिक हैसियत प्रमाणित गर्ने अवसरका रूपमा हेरिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण शुक्रबार, माघ १६, २०८२
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते शुक्रबार, माघ १६, २०८२
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील शुक्रबार, माघ १६, २०८२
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली शुक्रबार, माघ १६, २०८२
हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित
हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित शुक्रबार, माघ १६, २०८२
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP