Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा
क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १४, २०८२

लस एन्जलस- अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे नामक स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी सोमबार बिहानदेखि खुला अवधिको हडतालमा उत्रिएका छन् । यो हडताल अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलन हो ।

क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका करिब ३१ हजार कर्मचारी हडतालमा सहभागी छन् । हडतालमा दर्ता प्राप्त नर्स, नर्स एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, सुँडेनी, चिकित्सक सहयोगी, उपचारक, पोषण विज्ञ तथा अन्य विशेषज्ञ स्वास्थ्यकर्मीहरू सहभागी छन् ।

क्यालिफोर्नियाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा बिहानैदेखि धर्ना सुरु गरिएको छ । उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डस्थित प्रमुख अस्पतालहरूमा प्रदर्शन भइरहेको छ । ओकल्यान्डमै काइजर पर्मानेन्टेको केन्द्रीय कार्यालय रहेको छ ।

Hardik health

उत्तरी र दक्षिणी क्यालिफोर्नियाका अन्य क्षेत्रमा पनि आन्दोलन विस्तार गरिने योजना रहेको छ भने हवाई राज्यको एक अस्पतालमा समेत हडताल गरिने जनाइएको छ ।“यो हडताल टार्नै नसकिने अवस्थामा पुगेको थियो,” पश्चिमी तटमा कार्यरत एक नर्स साराह एचले भन्नुभयो ।“सधैं कर्मचारी अभाव हुन्छ, अत्यधिक काम र लामो कार्यघण्टाका कारण शारीरिक तथा मानसिक थकान बढेको छ ।”

लामो समयदेखि श्रम सम्झौतासम्बन्धी वार्ता अवरुद्ध भएपछि हडताल सुरु भएको हो । यसअघि मार्च महिनामा पाँच दिनसम्म चलेको हडतालमा पश्चिमी अमेरिकाका विभिन्न राज्यका ४० हजारभन्दा बढी कर्मचारी सहभागी भएका थिए । श्रमिक सम्झौता मार्च ३० गते समाप्त भएको थियो भने वार्ता सात महिनाभन्दा बढी समयदेखि जारी छ ।

युनियन नेताहरूका अनुसार तलब वृद्धि, दीर्घकालीन कर्मचारी अभाव, कार्यस्थलको सुरक्षा र बढ्दो थकानजस्ता विषयमा सहमति नजुटेकाले हडतालको निर्णय गरिएको हो । युनियनले चार वर्षमा कुल २५ प्रतिशत तलब वृद्धि माग गरेको छ भने काइजर पर्मानेन्टेले २१ दशमलव ५ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ, जसलाई संस्थाले हालसम्मकै सबैभन्दा बलियो प्रस्ताव भनेको छ ।

हडतालका क्रममा पनि बिरामी सेवामा असर नपरोस् भनेर वैकल्पिक व्यवस्था गरिएको काइजर पर्मानेन्टेको भनाइ छ । चिकित्सक, व्यवस्थापक, स्थानान्तरण गरिएका कर्मचारी तथा अस्थायी स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ । अधिकांश अस्पताल र स्वास्थ्य केन्द्र खुला रहनेछन् भने आपतकालीन सेवा निरन्तर सञ्चालन हुनेछ ।युनियनको अनुमानअनुसार क्यालिफोर्नियाका करिब प्रत्येक चार जनामध्ये एक जनाले काइजर पर्मानेन्टेबाट स्वास्थ्य सेवा लिन्छन् ।


 


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP