Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • संयुक्त राष्ट्रसङ्घ-केन्द्रित विश्व व्यवस्थामा चीन प्रतिबद्ध
संयुक्त राष्ट्रसङ्घ-केन्द्रित विश्व व्यवस्थामा चीन प्रतिबद्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १३, २०८२

एएफपी- चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार बेइजिङमा फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोसँग भेटवार्ता गर्दै चीन संयुक्त राष्ट्रसङ्घमा आधारित विश्व व्यवस्थालाई दृढतापूर्वक कायम राख्न इच्छुक रहेको बताए  छन् । राष्ट्रपति सीको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना नयाँ ‘शान्ति बोर्ड’ स्थापना गर्ने योजना सार्वजनिक गरेपछि आएको हो ।

उक्त योजनाले संयुक्त राष्ट्रसङ्घको विकल्प वा प्रतिद्वन्द्वी संरचना सिर्जना हुनसक्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा पैदा गरेको छ । बेइजिङस्थित भव्य ग्रेट हल अफ द पिपुलमा भएको भेटका क्रममा राष्ट्रपति सीले प्रधानमन्त्री ओर्पोसँग भने, “चीन संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रणालीलाई दृढतापूर्वक जोगाइराख्न फिनल्यान्डसँग मिलेर काम गर्न इच्छुक छ ।” चिनियाँ राज्य प्रसारणकर्ता सिसिटिभीले यो भनाइ सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेकाे  नयाँ समूहमा चीनलाई पनि सामेल हुन आमन्त्रण गरिएको भए पनि बेइजिङले हालसम्म सहभागिताबारे औपचारिक पुष्टि गरेको छैन । यद्यपि, राष्ट्रपति सीले संयुक्त राष्ट्रसङ्घ-केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्थाको महत्त्वमा जोड दिँदै आएको सन्देश यस भेटमार्फत पुनः स्पष्ट पारेका छन् ।

Hardik health

प्रधानमन्त्री ओर्पोले पनि राष्ट्रपति सीसँग ‘अन्तर्राष्ट्रिय मुद्दाहरू’ तथा ‘द्विपक्षीय सहकार्य’ का विषयमा खुला र गहिरो छलफल गर्न इच्छुक रहेको बताएका थिए । उनी चार दिने औपचारिक भ्रमणका क्रममा बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री ओर्पो पछिल्ला दिनहरूमा बेइजिङ भ्रमण गर्ने पश्चिमी नेताहरूको शृङ्खलामा पर्छन्। अमेरिकी राष्ट्रपति ट्रम्पका अस्थिर र अप्रत्याशित नीतिहरूका कारण उनका परम्परागत सहयोगीहरूमा असहजता बढिरहेका बेला चीनतर्फ कूटनीतिक ध्यान केन्द्रित भएको देखिएको छ । हालै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि बेइजिङ भ्रमण गर्नुभएको थियो भने बेलायतका प्रधानमन्त्री किर स्टार्मर बुधबार यहाँ आइपुग्ने अपेक्षा गरिएको छ ।

यद्यपि, मैत्रीपूर्ण प्रस्ताव र संवादका बावजुद बेइजिङ र हेलसिन्कीबीच केही संवेदनशील विषयमा मतभेद कायमै देखिन्छ । विशेष गरी युक्रेनमा रुसले थालेको युद्ध र आर्कटिक क्षेत्रमा प्रभाव विस्तारलाई लिएर दुवै देशका दृष्टिकोण समान छैनन् । फिनल्यान्डका रक्षामन्त्री एन्टी हक्कानेनले गत नोभेम्बरमा चीनले रुसको युद्ध प्रयासलाई ‘व्यापक रूपमा’ आर्थिक सहयोग गरिरहेको आरोप लगाएका  थिए । चीन भने आफू युद्धमा तटस्थ रहेको दाबी गर्दै आएको छ र उसले मस्कोको युक्रेन आक्रमणको सार्वजनिक रूपमा कहिल्यै निन्दा गरेको छैन । चीन रुसको प्रमुख व्यापारिक साझेदारमध्ये एक पनि हो ।

यसैबीच नाटोका महासचिव मार्क रुटले रुस र चीनको बढ्दो गतिविधि तथा प्रभावलाई ध्यानमा राख्दै फिनल्यान्डसहित अन्य आर्कटिक राष्ट्रहरूको सुरक्षाका लागि सामूहिक रक्षा रणनीति निर्माण गर्न आह्वान गरेका छन्।


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP