सिन्ह्वा- मंगाेलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो ९हाइपोथर्मिया० को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी ९एनपिए० ले मङ्गलबार जनाएको छ । मृतक मध्ये अधिकाशंले रक्सी पिएको एनपिएले विज्ञप्ति मार्फत जनाएको हाे ।
चिसोको उच्च जोखिमको समयमा हाइपोथर्मियाको कारण मृत्यु हुनुको मुख्य कारक रक्सीको सेवन भएको एनपिएले जनाएको छ । जनवरीको मध्यदेखि, रूसको साइबेरियामा उत्पत्ति भएको चिसो हावा मंगाेलियाको ठुलो भागहरूमा फैलिए पछि मंगाेलियाको तापक्रममा गिरावट आएको जनाइएको छ ।
जनवरी-२१ मा, देशको मौसम विज्ञान विभागका अनुसार उत्तरी मंगाेलियन प्रान्त सेलेन्जको प्रशासनिक उपविभाग एरु सोममा रातको तापक्रम माइनस ४५।२ डिग्री सेल्सियसमा झरेको जनाइएको छ । मंगाेलियामा चिसो तथा जाडो लामो समयसम्म रहने र तापक्रम माइनस २५ डिग्री सेल्सियस र माइनस ४५ डिग्री सेल्सियसको बीचमा हुने जनाइएको छ ।