Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • युक्रेन युद्धमा बंगलादेशी कामदारको पीडा
युक्रेन युद्धमा बंगलादेशी कामदारको पीडा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १३, २०८२

एपी- युक्रेन युद्धमा बंगलादेशी कामदारहरूलाई नागरिक कामको झुटो आश्वासन दिएर रुस लगिएको र पछि लडाइँमा जबर्जस्ती धकेलिएको एसोसिएटेड प्रेस (एपी) को अनुसन्धानले खुलासा गरेको छ । एपीले रुसबाट भाग्न सफल तीन जना बंगलादेशी पुरुष तथा अझै बेपत्ता रहेका अन्य तीन जनाका परिवारसँग गरेको अन्तर्वार्ताका आधारमा श्रम भर्तीकर्ताहरूले गरेको संगठित छलकपटको विस्तृत तस्बिर प्रस्तुत गरेको हो ।

एपीका अनुसार मकसुदुर रहमान, मोहन मियाजी र जहाँगीर आलमले आफूहरूलाई खाना पकाउने, सरसफाइ गर्ने र लुगा धुनेजस्ता नागरिक कामको वाचा गरेर रुस लगिएको तर त्यहाँ पुगेपछि अनजानमै सैन्य सेवाको सम्झौतामा हस्ताक्षर गराइएको बताएका छन् । पछि उनीहरूलाई युक्रेन युद्धको अग्रपंक्तिमा आपूर्ति ढुवानी, घाइतेहरू उद्धार र शव संकलनजस्ता अत्यन्त जोखिमपूर्ण काममा बाध्य पारिएको थियो ।

एपीले पठाएका प्रश्नहरूको औपचारिक जवाफ रुसी रक्षा मन्त्रालय तथा बंगलादेश सरकार दुवैै तर्फबाट आएको छैन । तर एपीले प्राप्त गरेका भिसा, सैन्य सम्झौता र सेनासम्बन्धी कागजातहरूले यी कथनहरूलाई पुष्टि गरेका छन् । एपीको अनुसन्धानअनुसार बंगलादेशका गरिब समुदायमा सक्रिय श्रम एजेन्टहरूले सन् २०२४ को अन्त्यतिर पुरुषहरूलाई आकर्षक तलब र भविष्यमा रुसमा बसोबासको अवसरको आशा देखाउँदै प्रलोभनमा पारेका थिए । धेरैले एजेन्टलाई तिर्नुपर्ने शुल्क जुटाउन ऋण लिनु पर्‍यो वा सम्पत्ति बेच्नुपर्‍यो । उनीहरूले सजिलै कमाइ फिर्ता हुने विश्वास गरेका थिए ।

Hardik health

हाल युक्रेन युद्धमा कति बंगलादेशी लडिरहेका छन् भन्ने स्पष्ट तथ्यांक छैन । तर फर्केका ती तीन जनाले यो सङ्ख्या सयौँमा हुनसक्ने अनुमान गरेका छन् । एक बंगलादेशी प्रहरी अनुसन्धानकर्ताका अनुसार युद्धमा करिब ४० जना बंगलादेशीको ज्यान गएको हुनसक्ने आशंका छ ।

रुस पुगेपछि धेरैलाई उनीहरूले नबुझेको रुसी भाषामा लेखिएका सैन्य सम्झौतामा हस्ताक्षर गर्न बाध्य पारिएको थियो । सुरुमा यो सामान्य प्रक्रिया हो भन्ने विश्वास दिलाइए पनि केही समयमै उनीहरूलाई सैनिक शिविरमा लगेर आधारभूत तालिम दिइयो । ड्रोनसम्बन्धी तालिमसमेत दिइएपछि उनीहरूलाई शंका पैदा भयो । परिवार र स्थानीय एजेन्टलाई सोध्दा युद्धग्रस्त देशमा यस्तो तालिम अनिवार्य भएको जवाफ दिइयो ।

जब अग्रपंक्तिमा पठाइने कुरा स्पष्ट भयो, केहीले विरोध गरे । तर जेल, कुटपिट र मृत्युसम्मको धम्की दिइएपछि उनीहरू आफू फसेको महसुस गर्न बाध्य भए । कतिपयलाई द्वन्द्वमा मानव ढालझैँ प्रयोग गरिएको अनुभव पनि रहेको उनीहरूको भनाइ छ । एपीले स्वेच्छाले सैन्य सेवामा साइन अप गरेका केही बंगलादेशीहरू पनि झूटा आश्वासनमा परेको उल्लेख गरेको छ । दुर्गम क्षेत्रमा ग्यास प्रशोधन केन्द्रमा काम गरिरहेका एकजना व्यक्तिलाई लडाइँबाट टाढाको प्राविधिक भूमिका दिने भनिए पनि अन्ततः उनलाई युक्रेनको युद्ध क्षेत्रमा पठाइयो । आदेश नमानेपछि उनले धम्की र कुटपिट सहनुपरेको र अन्ततः शव संकलनको काम गर्न बाध्य पारिएको बताएका छन् ।

यसैबीच, बंगलादेशी अधिकारीहरूले युक्रेन युद्धमा लड्न मानिसहरू पठाउने मानव बेचबिखन सञ्जालको अनुसन्धान थालेका छन् । जनवरी २०२५ मा एक व्यक्ति रुसबाट फर्किएपछि आफू ठगिएको उजुरी दिएसँगै अनुसन्धान सुरु भएको थियो । यस क्रममा मस्कोमा बसोबास गर्ने रुसी नागरिकता लिएका एक बंगलादेशीमाथि समेत आरोप लागेको छ ।

एपीका अनुसार ती पुरुषहरूलाई एसपी ग्लोबल नामक स्थानीय भर्ती एजेन्सीमार्फत रुस पठाइएको थियो ।  हाल उक्त कम्पनी निष्क्रिय रहेको र सन् २०२५ मै यसको गतिविधि बन्द भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । कम्पनीले भने एपीको सम्पर्क प्रयासमा कुनै प्रतिक्रिया दिएको छैन ।
 


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP