काठमाडौं -अनुसन्धानकर्ताले करिब एक सेकेन्डमै गम्भीर रक्तस्राव रोक्न सक्ने ‘एजिसी’ हेमोस्टेटिक पाउडर विकास गरेका छन्।
कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (केएआईएसटी) का अनुसन्धानकर्ताले करिब एक सेकेन्डमै गम्भीर रक्तस्राव रोक्न सक्ने ‘एजिसी’ हेमोस्टेटिक पाउडर विकास गरेका हुन्।
अल्जिनेट, गेलान गम र चिटोसनबाट बनेको यो पाउडर रगतसँग सम्पर्कमा आएपछि तुरुन्तै हाइड्रोजेल बनेर घाउ बन्द गर्छ। प्राकृतिक र जैविक सामग्रीबाट बनेकाले यसले उच्च एन्टिब्याक्टेरियल प्रभाव देखाउनुका साथै घाउ निको पार्न मद्दत गर्छ।
युद्धमैदानदेखि नागरिक आपत्कालीन उपचारसम्म उपयोगी मानिएको यो प्रविधि कोठाको तापक्रममै दुई वर्षसम्म सुरक्षित रहने बताइएको छ।